इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ। स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो। दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिए। रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो। सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र
इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र दोभान जोड्ने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहान ९ बजेको समयमा उक्त कच्ची सडक खण्डमा ढुङ्गा झर्दा सडक अवरुद्ध भई यातायात ठप्प भएको सूचना अधिकारि तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आठराई त्रिवेणीदेखि दोभान आवतजावत हुने सवारीसाधन ठप्प भएको छ । दुवैतर्फ सडक अवरुद्ध हुने गरि ढुङ्गा झरेका कारण तत्काल सडक खुलाउन नसक्ने अवस्था रहेको प्रहरीको भनाइ छ । साथै ढुङ्गा हटाउनका लागि पालिकासँग समन्वय भइरहेको छ ।
बिराटनगर, मोरङ / हालैको निरन्तर वर्षाका कारण इलाम जिल्लाका मङ्सेवुङ गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न क्षेत्रहरू बाढी–पहिरोबाट प्रभावित भएका छन्। उक्त विपद्का कारण जनधनको समेत क्षति भएपछि मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा तत्कालीन त्यसै क्षेत्रबाट अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको र अन्य राहत सामग्री समेत पठाउने तयारी गरिएको हो।कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले विपद् व्यवस्थापन तथा राहतका लागि समन्वय गर्दै हिजो नै राहत सामग्री पठाउने तयारी भए पनि इलाम क्षेत्रमा मौसम अत्यधिक प्रतिकूल रहँदा आजमात्रै सामग्री पठाउन सम्भव भएको बताए ।सडक
सुनसरी | महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती तथा शुभ दीपावली २०८२ को अवसरमा ‘पूर्वेली साहित्यिक मञ्च’ द्वारा आयोजित “चौथो कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता–२०८२” मा सहभागी हुनका लागि कविहरूलाई आफ्ना मौलिक कविता पठाउन आह्वान गरिएको छ।वराहक्षेत्र नगरपालिका, चक्रघट्टी स्थित मञ्चले आयोजना गर्न लागेको यो प्रदेशस्तरीय प्रतियोगिताको उद्देश्य प्रदेशभित्रका प्रतिभावान् कविहरूलाई प्रोत्साहन गर्नु र नेपाली भाषामा मौलिक सिर्जनालाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने कविले नगद १२ हजार, दोस्रोले ७ हजार, तेस्रोले ४ हजार र सान्त्वना प्राप्तकर्ताले २ हजार रुपैयाँसहित प्र
इटहरी । लगातारको भारी वर्षाका कारण इटहरी–खानार क्षेत्रमा रहेको जनता केवल इण्डस्ट्रीज प्रा.लि. डुबानमा परेको छ । लगातार तीन दिनदेखिको अविरल वर्षाले निकासी नालाहरू बन्द हुँदा कारखाना भित्र पानी पसेको हो। स्थानीयका अनुसार उद्योगको भण्डारण कक्ष र उत्पादन लाइन दुवै क्षेत्रमा करिब दुई फिट सम्म पानी पुगेकाले उत्पादन गतिविधि पूर्णरूपमा अवरुद्ध भएको उद्योग स्रोतले जनाएको छ । उद्योग प्रशासनका अनुसार लाखौँ मूल्यका तार र कन्डक्टर सामग्रीहरू पनि क्षतिग्रस्त भएका छन् । जनता केवल इण्डस्ट्रीज नेपालको प्रमुख तार तथा कन्डक्टर उत्पादक कम्पनी मध्ये एक हो, जसले देशभरका विद्युत् आयोजना र निर्माण परियोजनामा सामग्री
इटहरी । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् । आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् । बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन
इटहरी । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् । बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी
इटहरी । कोशी प्रदेश सरकारले अहिलेको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधनलाई भ्याएसम्म परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रूपमा उद्धार तथा राहत कार्यमा सहभागी भएका कार्यालयले जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रूपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिनुभयो । उहाँले भौतिक तथा पूर्वाधार मन्त्रा
सुनसरी, इटहरी । लगातारको भारी वर्षाका कारण इटहरी–खानार क्षेत्रमा रहेको जन्ता केवल इण्डस्ट्रीज प्रा. लि. (Janta Cable Industries Pvt. Ltd.) डुबानमा परेको छ। लगातार तीन दिनदेखिको अविरल वर्षाले निकासी नालाहरू बन्द हुँदा कारखानाभित्र पानी पसेको हो।स्थानीयका अनुसार उद्योगको भण्डारण कक्ष र उत्पादन लाइन दुवै क्षेत्रमा करिब दुई फिटसम्म पानी पुगेको छ। यसका कारण उत्पादन गतिविधि पूर्णरूपमा अवरुद्ध भएको उद्योग स्रोतले जनाएको छ।उद्योग प्रशासनका अनुसार लाखौँ मूल्यका तार र कन्डक्टर सामग्रीहरू पनि क्षतिग्रस्त भएका छन्। “हामीले केही मेसिन र कच्चा पदार्थ सुरक्षित गर्ने प्रयास गरेका थियौं, तर पानीको स्तर तीव्रगत
धनकुटा | अविरल वर्षाका कारण धनकुटाको मुलघाट–नमस्ते झरना आसपासको क्षेत्रमा ठूलो पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ।राजमार्ग अबरुद्ध भएपछि धनकुटातर्फ जाँदै गरेका यात्रुहरू बाटैमा अलपत्र परेका छन्। धरान–धनकुटा सडक पूर्ण रूपमा बन्द हुँदा बस, जीप तथा मालबाहक गाडीहरू भेडेटारमै रोकिएका छन्। दशैं नजिकिँदै गर्दा घर फर्कन लागेका यात्रुहरू सडक अवरोधका कारण ठूलो मर्कामा परेका छन्।स्थानीय प्रशासनले थप पहिरो खस्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।यसैबीच, वर्षाको कारण धनकुटाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ जसमा मध्य पहाडी लोकमार्ग – पाख्रिबास नगरपालिका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.