इटहरी । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिने भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउन
इटहरी । विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति करिब ११ः४५ बजेतिर तीन तले घरको छतबाट खसेका पौडेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी विराट नर्सिङ होम पुर्याइएको थियो । तर, उपचार सुरु हुनुअघि नै चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पौडेल के गर्ने क्रममा छतबाट खसे भन्नेबारे प्रष्ट हुन बाँकी छ । शव अहिले विराट नर्सिङ होममै राखि घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो । काठमाडौँ महानगरले सिदिङ्वा गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बुझ्नुभएको छ । महानगरबाट ‘ख’ वर्गको एम्बुलेन्स प्राप्त भएको र सो एम्बुलेन्स आफूले बुझेको उपाध्यक्ष कडरियाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई प्राप्त भएको एम्बुलेन्स साब्लाखु स्
इटहरी । कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले बैठक बस्न सकिने वैकल्पिक स्थान खोजी गर्न थालेको छ । बैठकमा विराटनगरसँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा रहेको कृृषि बजारको भवन र विराटनगरको वीरेन्द्र सभागृहलाई विकल्पका रूपमा प्रयोग गर्नेबारे छलफल सुरु भएको छ । कृषि बजार प्रदेश सरकारमातहत रहेको संरचना
इटहरी । टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताउनुभयो । टहरामा त्रिपाल हालेर वषौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उहाँको भनाइ छ । खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइ दिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फुलमाया विश्वकर्माले बताउनुभयो । घर नहुँदा चिसोका कारण दैनिक जसो बालबच
दुहबी | दुहबी खानेपानी समितिले केही महिनाअघि एकपक्षीय रूपमा गरेको ४० प्रतिशत शुल्क वृद्धिविरुद्ध स्थानीयवासी आक्रोशित भएका छन्।पानी जीवनको आधारभूत आवश्यकता भएको र सबैलाई सस्तो तथा सहज रूपमा उपलब्ध हुनुपर्नेमा समितिले महँगो बनाएको भन्दै उपभोक्ताले आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, चौतर्फी विरोध हुँदाहुँदै पनि समितिले गुनासो बेवास्ता गरेको छ।“जनताको माग सम्बोधन होस्, अन्यथा दुहबीबासी खानेपानीको भ्रष्टाचारविरुद्ध एक भएर अघि बढ्छौं,” स्थानीयवासीले चेतावनी दिएका छन्।उपभोक्ताले खानेपानी समितिका अध्यक्ष जिवन थापामाथि धाँधली गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले शुल्क वृद्धि खारेज गर्दै सबैलाई सस्तो र
इटहरी । रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ। घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ। भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्। सामान्य घरायसी विवादबाट बढेर तेजाब प्रहारजस्तो गम्भीर अवस्था निम्तिएको देखिएको छ। पीडितका पति सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार र
इटहरी । मोरङको बेलबारीस्थित एलएक्स सिटी फुटबल क्लब असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म बेलबारी गोल्डकपको आठौं संस्करण आयोजना गर्ने भएको छ । आयोजक क्लबले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । बेलबारी ११ को लक्ष्मी खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहनेछ । नेपालका आयोजक एलएक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडे
इटहरी । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारसँगको प्रत्यक्ष पहुँच बढ्दा त्यस क्षेत्रको आर्थिक परिचालनमा ठुलो परिवर्तन आएको मोरङ क्षेत्र नं २ ९१० का प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताउनुभयो । हुलाकी राजमार्ग निर्माणले प्रदेश राजधानीसमेत रहेको व्यापारिक केन्द्र विराटनगरसँगको प्रत्यक्ष पहुँच जोडिएको छ । पहिले डाइनिया, झुर्किया, आमबारी, सिजुवा,
इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय मिलन गुरुङको मतान घरमा सोमबार अपराह्न करिब ४ बजे आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको अनुमान गरिएको फुङलिङ नगरपालिका– ६ का वडाध्यक्ष मदन गुरुङ ९तेज० ले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको दुई तले मतान घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीका कारण भने खुल्न सकेको छैन । वडाध्यक्ष गुरुङका अनुसार घरमा कोही नभएको समयमा आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थिति नियन्त्रण लिइएको हो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.