All Posts By कोशी प्रेस

    Showing ४,४११-४,४२० of १२,९०९ items.
  • धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला

    इटहरी ।  धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा तीनवटा शव पूरै जलेको अवस्थामा भेटिएको हो । मङ्गलबार चर्किएको जेन(जी प्रदर्शन क्रममा अराजक समूहले धरान उपमहानगरपालिका(१०, पुतलीलाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो । एउटा समूह लुटेर निस्केपछि आगो लगाउँदा भवनबाट निस्कन नभ्याएको अर्को समूहका सदस्यहरू जलेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगजनी भएको चौथो दिन आजसम्म पनि उक्त भवनमा लागेको आगो निभेको छैन । आज मध्याह्न पहिलो तल्लामा एउटा शव फेला परेपछि अरू तलामा पनि शव भएको हुनसक्ने

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४७८ पटक पढिएको
  • फरवार्ड सुपर मार्केटमा लुटपाट र तोडफोड, कम्पनीले गरे विज्ञप्ति जारी

    सुनसरी – सुनसरीको दुहबी नगरपालिका स्थित फरवार्ड सुपर मार्केटमा भाद्र २४ गते केही अराजक समूहले बन्द रहेको स्टोरमा प्रवेश गरी सामान लुटपाट र स्टोरको फर्निचर तथा डेकोरेशन तोडफोड गरेको घटना भएको छ।फरवार्ड इन्टरप्राइजेज प्रा. लि.ले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीले घटनाको घोर भत्सर्ना गर्दै आन्दोलनको नाममा सार्वजनिक वा निजी सम्पत्तिमा भएको तोडफोडलाई अस्वीकार गरेको छ। विज्ञप्तिमा भनिएको छ कि फरवार्ड सुपर मार्केट कुनै एक व्यक्तिको नभई सर्वसाधारण लगानीकर्ताको साझा लगानीमा सञ्चालन भइरहेको कम्पनी हो र यसमार्फत विपन्न तथा गरिब वर्गलाई आपत् परिस्थितिमा सहयोग पनि गरिँदै आएको छ।कम्पनीका अनुसार, लुटपाटबा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४६२ पटक पढिएको
  • धनकुटामा निषेधाज्ञा खुकुलो

    इटहरी । देशैभर जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेसँगै त्यसको प्रत्यक्ष असर धनकुटामा पनि परेको छ । तर शुक्रबारदेखि भने यहाँको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएसँगै चहलपहल समेत बढ्दै गएको छ । जिल्ला प्रशानन कार्यालय धनकुटाले दिउँसो निषेधाज्ञा र राती कफ्र्यू जारी गरेको छ । प्रशासनले आज बेलुकी ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म कर्फ्यू जारी गरेको छ । तर दिउँसो निषेधाज्ञा खुकुलो भएपछि मान्छेको चहलपहल बढेको छ । त्यसो त छोटा तथा लामा दुरीका केही यातायातका साधन समेत सञ्चालन हुन थालेका छन् । दैनिक जनजीवनलाई मध्यनजर गर्दै निषेधाज्ञा केहि खुकुलो परिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकार

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ३८१ पटक पढिएको
  • झापामा एक युवाको हत्या

    इटहरी । झापामा एक युवाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका –३ जुकेखाडीका कोशी भनेर चिनिने बिजय लिम्बूको घरनजिक हत्या भएको हो । बुधबार राति करिब १२ बजे दुर्गापुर–दानाबारी सडक खण्डअन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अबस्थामा उहाँको शव भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाको बिषयमा विहान जानकारी पाएपछि प्रहरी टोली खटिएर घटनाको बिषयमा अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २४८ पटक पढिएको
  • भोजपुरको अरुण गाउँका पाँच प्रमुख राजनीतिक दलको संयुक्त विज्ञप्ति

    भोजपुर । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अरुण गाउँ कार्य समितिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालै सम्पन्न Gen-Z आन्दोलनका क्रममा शहीद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।भदौ २३ र २४ गते देशभर भएको सुशासन र भ्रष्टाचार अन्त्यको मागमा केन्द्रित Gen-Z आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व घटनाको रूपमा स्मरण गर्दै, उनीहरूले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा संवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।संयुक्त विज्ञप्तिमा आन्दोलनका मूल

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४७२ पटक पढिएको
  • भ्रामक समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

    काठमाडौँ । भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रवार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा आग्रह गरेको हो । ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आए

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २६८ पटक पढिएको
  • झुम्का कारागारबाट फरार भएका दुई कैदी धरानबाट पक्राउ

    इटहरी ।  झुम्का कारागारबाट भदौ २४ गते फरार भएका दुई कैदीलाई प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन् । उनलाई नेपाली सेनाको श्री कालीशक्ति इन्जिनियर गण याङ्शिला ब्यारेकका सह–सेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक (प्रसनि) वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । त्यस्तै, लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्दै आएका ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशील

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४७३ पटक पढिएको
  • धरान भाटभटेनीमा शव फेला

    इटहरी । धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एउटा शव फेला परेको छ । शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् । आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा धरानसहित कोशीका विभिन्न स्थानका भाटभटेनीमा आगजनी र लुटपाट भएको थियो । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २७० पटक पढिएको
  • पानीमा डुबेर बालबालिकाको मृत्यु

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा खाडलमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मैवाखोला गाउँपालिका –३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् विवेक बस्नेतका अनुसार नारायणी माविको निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा –३ साँघुका चन्द्रबहादुर थक्लुङ लिम्बूका नौ वर्षीय छोरा मौसम लिम्बू र वडा ४ साँघुकै लाक्पा शेर्पाकी छोरी नौ वर्षीया याङ्जु शेर्पा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २४४ पटक पढिएको
  • निर्माणधीन सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु

    इटहरी । ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बूको मृत्यु भएको हो । बुधबार नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खाल्टो करीब ७ देखि ८ फिट गहिरो खनिएको थियो । दुवै जनालाई मृत अवस्थामा फेला पारिएको र आवश्यक काुनी प्रक्रिया समेत पूर

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]