All Posts By कोशी प्रेस

    Showing ४,६६१-४,६७० of १२,९०९ items.
  • ईटहरी–९ मा तीज विशेष कार्यक्रम सम्पन्न, ७ सय जनाको उत्साहजनक सहभागिता

    इटहरी । ईटहरी उपमहानगरपालिका–९ स्थित ईटहरी आवास टोल विकास संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । करिब ७ सय जना पुरुष तथा महिलाको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीनेश कार्कीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जितेन्द्र थापा रहनु भएको थियो भने अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै उनीहरूको मनोरञ्जनका लागि विभिन्न खेलकुद कार्यक्रम गराइएको थियो । खेलतर्फ ७७ वर्षका तेजकुमार पन्धक लिम्बू प्रथम, ८२ वर्षीया छत्रमाया आचार्य द्वितीय र ७१ वर्षीया पद्मादेवी निरौला तृतीय हुनुभएको थियो । त्यस्त

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३०७ पटक पढिएको
  • सम्बन्धका कथाहरुले रुवाउने फिल्म हो ’जनै हराएको मान्छे’

    इटहरी । नेपालका फिल्म हलहरुमा हाल प्रदर्शनरत नेपाली फिल्म ‘जनै हराएको मान्छे’ले भावनात्मक कथावाचन मार्फत दर्शकको मन छुने प्रयास गरेको छ । कोरिया जाने सपना बोकेर शहर पसेको एक सोझो युवाको जीवनमा आएको पीडा र परिस्थितिले ल्याएको अनेक दुःख र सुखका मोडलाई यसमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । फिल्मको सुरुवातदेखि नै कलाकारको जीवन्त अभिनय, संवाद र दृश्यहरूले दर्शकलाई भावनामा डुबाउन सफल देखिन्छ । विशेषगरी ’जनै संस्कार’को बन्धनमा बाँधिएको अवस्थाको पीडा र त्यसबीच अनायास भेटिएका साथीहरू बाट पाएको अकल्पनीय काम र दवाव मात्रै हैन यथार्थ बुझेपछि ती साथीहरूबाट पाएको न्यानो साथ र सहयोगलाई  निर्देशकले निकै

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २८२ पटक पढिएको
  • बिराटनगरमा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता हुने

    इटहरी । लायन्स एण्ड लियो क्लब अफ बिराटनगर यङ्ग हर्टले स्व. पुष्प थारुको सम्झनामा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ १३ गते शुक्रबार बिहान मोरङ मर्चेन्ट्स एशोसिएसनको सभाहलमा हुने कार्यक्रममा १६ वटा विद्यालय तथा कलेज सहभागी हुनेछन् । बिहीबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिँदै लियो क्लब अफ बिराटनगर यङ्ग हर्टका अध्यक्ष कुशल कोइरालाले समाजसेवी स्व. थारुको योगदान, नेतृत्व र समर्पणलाई स्मरण गर्दै युवाहरुलाई आत्मविश्वासी र अभिव्यक्तिशील बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताको सञ्चालन अभिष निरौला र आयुषा बान्तवा राईले गर्नुहुने छ भने निर्

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २०२ पटक पढिएको
  • मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा पिता सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक समाज सुन्दरहरैचा  ३ ले कुसे औसी तथा बुवाको मुख हेर्ने पर्वको अवसरमा पिता सम्मान कार्यक्रम गरेको हो।  जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ का अध्यक्ष भीम बहादुर कार्कीको अध्यक्षता तथा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा लक्ष्मी नारायण मन्दीरको सभाहलमा भएको कार्यक्रममा ७० वर्ष नाघेका पुरुष ज्येष्ठ नागरिकहरुको सामुहिक पिता सम्मान गरिएको छ ।  कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष ढुंगानाले सामुहिक

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २७९ पटक पढिएको
  • दुहवीमा आठौँ श्री गणेश पूजा महोत्सव हुँने

    इटहरी । सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि २०८२ साल भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने आज शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिएका छन । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले बताए । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । गणेश

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३४२ पटक पढिएको
  • सोयाबिन र सनफ्लावर तेल उद्योगमा भारतीय निरीक्षण

    इटहरी । नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ । नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले बुधबार निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ ।  भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो । यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडमा वि

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २५२ पटक पढिएको
  • माघाङ्ग वरपर ४.४ रेक्टर स्केलको भूकम्प, जिल्लाभर महसुस

    इटहरी । सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्करडिएमजी) का अनुसार भूकम्पको धक्का जिल्लाको विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३५४ पटक पढिएको
  • शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमनको कार्य सुरु

    इटहरी । शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गर्नुभएको हो । ३६ वटा विद्यालय रहेको पालिकाको पहिलो चरणमा १ नम्बर वडा थिङ्लाबुको श्री सिंहकाली माध्यमिक विद्यालय र ४ नम्बर वडा लिङ्तेपको श्री देवी आधारभुत विद्यालयमा अनुगमन गरिएको पालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । अनुगमनको क्रममा पालिकाको टोलीले प्रत्यक्ष विद्यार्थीसँग साक्षात्कार गरी पढाइको विषयमा प्रतिक्रिया लिएको थियो ।त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ४४१ पटक पढिएको
  • ताप्लेजुङमा नयाँ अलैँचीको मूल्यले किसान उत्साहित

    इटहरी । ताप्लेजुङमा नयाँ अलैँचीको मूल्यले किसान उत्साहित भएका छन् । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेको र नयाँ अलैँचीले आकर्षक मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । भदौयता बजारमा आउन थालेको नयाँ अलैँची प्रतिमन (४) किलोग्राम ८८ हजार रुपियाँमा कारोबार हुन थालेको छ । गत वर्षभन्दा यसवर्ष सुरुमै प्रतिमन छ हजार रुपियाँ बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेपछि स्थानीय किसान तथा व्यवसायी उत्साहित भएका हुन् । अलैँचीको नयाँ उत्पादनले सुरुमै मनको ८८ हजार रुपियाँमा कारोबार हुनु आकर्षक मूल्य भएको अलैँची व्यवसायी सङ्घले जनाएको छ । गत वर्ष नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन ८२ हजार रुपियाँमा क

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३१९ पटक पढिएको
  • महिला स-शक्तिकरण समूह इटहरीको आयोजनामा दर खाने कार्यक्रम

    इटहरी | हरितालिका तीजको अवसर पारेर महिला सशक्तिकरण समूह इटहरीले मंगलबार एक विशेष दर खाने कार्यक्रम आयोजना गरेको छ।समूहकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाहरूको सांस्कृतिक पर्व तीजलाई सामाजिक सद्भाव र सशक्तीकरणको अभियानमा जोड्ने विषयलाई विशेष महत्व दिइएको थियो।अध्यक्ष घिमिरेले संस्थाले निरन्तर रूपमा समाजमा महिलाको पहिचान र अग्रसरतालाई प्रोत्साहित गर्दै आएको बताइन्। सोही अवसरमा प्रमुख अतिथि चौधरीले तीज केवल मनोरञ्जनको पर्व नभई महिलाको अधिकार, आत्मसम्मान र सहकार्यको अभियानमा परिणत भएको उल्लेख गर्दै

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ४२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]