All Posts By कोशी प्रेस

    Showing ४,९०१-४,९१० of १२,९११ items.
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विशेष पुस्तक प्रकाशन गर्ने

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विशेष पुस्तक प्रकाशन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो भूगोलभित्र जन्मिएर व्यक्तित्वहरूको जीवन यात्रा र प्रेरणादायी पाटोलाई उजागर गर्न विशेष पुस्तक प्रकाशन गर्ने भएको हो । पुस्तकमा गाउँपालिका भित्रका सामाजिक, राजनीतिक, शैक्षिक, प्रशासनिक, कला, संस्कृति तथा साहित्य जस्ता विभिन्न क्षेत्रमार्फत समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई समेटिने छ । ‘शिखरतिर समर्पणः मैवाखोलाका प्रेरणादायी अनुहार’ नामक उक्त पुस्तकमार्फत ती व्यक्तित्वहरूको परिचय, योगदान, अनुभव तथा भाबी पुस्ताले उनीहरूबाट सिक्न सक्ने ज्ञान र मार्गदर्शनलाई समेट्ने उद्देश्य रहेको गा

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ४११ पटक पढिएको
  • उर्लाबारी र बेलबारीमा दुई पुरुष मृत फेला, अनुसन्धान जारी

    इटहरी । मोरङका दुई फरक स्थानमा २ जना व्यक्तिको शव भेटिएको छ । उर्लाबारी र बेलबारी नगरपालिकास्थित धानखेतमा शव फेला परेको हो । दुवै घटनामा मृत्युको कारण खुलेको छैन । उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको शव खेतमा घोप्टो परेको अवस्थामा भेटिएको र नाकबाट रगत बगिरहेको तथा हातखुट्टा कक्रिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ  । घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाएको छ । घटना अनुसन्धानको ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • २९७ पटक पढिएको
  • पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला

    इटहरी । पाँचथरको याङवरक गाउँपालिका(१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका बालबालिका स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार विहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बालबालिका साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका थिए । बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी चौकी, वडा कार्यालय तथा जनप्रतिनिधिहरू  गाउँ र आसपासको जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए ।यसैबिच साविक च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने विरुवा खोलामा द

    • प्रकाशित मितिः साउन २०, २०८२
    • २९३ पटक पढिएको
  • "रक्तदान जीवनदान" भन्ने नारासहित सुदर्शन सेक्युरिटीको २७औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी | "रक्तदान जीवनदान" भन्ने नारासहित सुदर्शन सेक्युरिटी सर्भिसेस प्रा.लि.ले आफ्नो २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इटहरीको ओशीयस पार्क एण्ड रिसोर्ट परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा, पूर्व डिएसपी रमेश तामाङको अध्यक्षता र केशव अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रुद्रराज शर्माले गर्नुभएको थियो।रक्तदान कार्यक्रममा सुदर्शन सेक्युरिटी, सगरमाथा गार्मेन्ट्स, ओशीयस पार्क र सुदर्शन ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतका विभिन्न निकायहरूमार्फत १५ महिला र ४५ पुरुष गरी

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३९५ पटक पढिएको
  • डोको व्यवसायबाट आर्थिक आत्मनिर्भरता, मासिक ३५ हजारसम्म आम्दानी

    इटहरी । भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १०

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३९६ पटक पढिएको
  • पूर्णिया विमानस्थल सञ्चालनको तयारी, विराटनगरमा पर्यटन र उद्योग क्षेत्रमा लाभको अपेक्षा

    इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटरको दुरीमा भारतको पूर्णियामा विमानस्थल सञ्चालनको तयारी छ । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाई सेवा सञ्चालनमा आएसँगै त्यसबाट फाइदा लिने विषयमा बहस सुरु भएको छ । विराटनगरका होटेल व्यवसायी तथा नेपाल पर्यटन व्यवसायी एसोसिएसनका उपाध्यक्ष राजन श्रेष्ठले विमानस्थल सञ्चालनसँगै प्रशस्त लाभ लिने अवसर सिर्जना हुने बताउनुहुन्छ । उहाँका अनुसार पहिलो लाभ ट्राभल्स एन्ड टुर एसोसिएसन अन्तर्गतको सेवा दिँदै आएका नेपाली व्यवसायीले पाउने छन् । त्यसपछि होटेलमा यसको प्रत्यक्ष लाभ हुने छ । तेस्रो र महत्वपूर्ण चाहिँ विराटनगर विमानस्थलबाट पर्यतीय उडानका

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३८२ पटक पढिएको
  • राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमनमा प्रधानमन्त्री कार्यालय सक्रिय

    इटहरी | राष्ट्रिय गौरवका आयोजनाहरूको समयमै सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेदेखि नै विशेष अनुगमन र प्रगति विवरण सङ्कलन कार्यलाई तीव्रता दिइएको छ । यसै क्रममा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव बिनोद कुँवरको नेतृत्वमा आएको टोलीले काँकडभिट्टादेखि इटहरी र कञ्चनपुरसम्म निर्माणधीन सडक खण्डहरूको स्थलगत अनुगमन सहीत छलफल गरेको छ । टोलीले इलाम, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका डिभिजन प्रमुखहरूसँग इटहरीमा छलफल गरेको हो । छलफलमा आयोजनाका रेकर्ड, आवश्यकता र चुनौतीहरु बारे जानकारी लिइएको थियो। डिभिजन प्रमुखहरूले आयोजनालाई

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३१९ पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा

    इटहरी । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका हुन् । बेलका–२, ३, ६ ८ र वडा नं ९ सप्तकोशी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनु

    • प्रकाशित मितिः साउन २०, २०८२
    • २५८ पटक पढिएको
  • कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

    इटहरी । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा बसेको बैठकमा प्रदेशको समग्र शान्तिसुरक्षा, विपत् व्यवस्थापन र सीमा सुरक्षाको अवस्थाबारे गहन छलफल गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार हाल देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने कार्य र सीमा सुरक्षा सुदृढीकरणका उपायमाथि विस्तृत छलफल गरिएको छ । बैठकको अध्यक्षतासमेत गर्नुभएका कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशमा थप

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३९३ पटक पढिएको
  • सप्तकोशी नदीमा बालुवा थुप्रिँदै सतह उच्च, धार परिवर्तनले स्थानीय त्रसित

    इटहरी । सप्तकोशी नदीमा हिउँदमा देखिने बालुवाका टापु वर्षासँगै बढेको पानीको सतहले छोपिएर देखिन छाडेका छन् । नदीमा बालुवाको सतह प्रत्येक वर्ष वृद्धि हुँदै जाँदा हिउँदमा बालुवाका टापु देखिने र वर्षामा पानीको सतह बढेर ती टापु पुरिने गरेका छन् । नदीमा बालुवाको सतह बढ्दै जाँदा नदीले आफ्नो धार परिवर्तन गर्दै आएको नदीसँगै लुकामारी खेलेर हुर्किएकाले बताएका छन् । वराहक्षेत्र–१० का ८६ वर्षीय कृष्णप्रसाद नेपालले आफूले बालापन र युवावस्थामा देखेको नदीको स्वरूप हालको स्वरूप जस्तो नरहेको बताउनुभयो । नदीमा प्रत्येक वर्ष बाढीसँगै थुप्रिने बालुवा र गेग्य्रानको टापुले नदीको सतह पुरिँदै आएको छ । सतह पुरिँदा सानो ब

    • प्रकाशित मितिः साउन २०, २०८२
    • १८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]