इटहरी। बेलायतमा बसोबास गर्दै आउनुभएका रामप्रसाद अधिकारीले पुर्खौली थलोको विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । अधिकारीले धनकुटाको महालक्ष्मी नगरपालिका बडा ४ चानुवाको श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख रुपियाँ बराबरको दुई रोपनी तीन आना जग्गा हस्तान्तरण गर्नुभएको हो । अधिकारीको हजुरबुवा प्रभाकर अधिकारी र हजुरआमा प्रतिमा अधिकारीको नाममा जग्गा हस्तान्तरण गर्नु भयो । उहाँका हजुरबुवा हजुरआमा सोही स्थानमा बसोबास गर्नु भएको थियो । अधिकारीका बुवा सपरिवार काठमाडौँ बसाई सर्नुभएको थियो । पितापुर्खाको थातथलोमा सहयोग गर्दा धेरै आनन्द लागेको अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय भक्त अधिकारीबाट
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा अवस्थित बालग्राम टोल विकास समितिद्वारा एसईई परीक्षा उत्तीर्ण गरेका ६६ जना विद्यार्थीलाई सम्मान गर्दै उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ । समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बालग्राम टोल विकास समिति भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षाविद तथा प्राध्यापक डा. दिवाकर रेग्मी, शिक्षाविद ममता पराजुली र कलाकार रमेश प्रसाईंले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै आगामी जीवनमा अझ उत्साहका सा
इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाले वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्तासहितका सेवा प्रवाह गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार बैँकसँग समन्वय गरेर प्रत्येक वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र स्वास्थ
इटहरी। इलामको माइजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जंगली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ । गए राति माइजोगमाई –२ लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउ बाख्रा मारेको छ । केही दिनअघि पनि लोसेमा तीनवटा बाख्रा चितुवाले खोरमै खाएको यहाँका पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुुभयो । यस्तै, गएराति नै माईजोगमाई –२ मुलखर्कका हर्कसिंह राई र माईजोगमाई –२ बिज्जेका गोपाल खड्काको बाख्रालाई चितुवाले मारेको जानकारी आएको छ । पछिल्लो समय चितुवा, बँदेल र बाँदरजस्ता जंगली जनावरले दिनहुँजसो घरपालुवा
इटहरी । गएको आर्थिक वर्ष २०८१ /०८२ मा धनकुटामा जम्मा ३ सय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गएको आर्थिक वर्षमा प्रशासनतर्फ १ सय ४१ उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटामा एक सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ १९ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार उत्पादक मूलक ९ वटा, कृषि तथा वन ४४ वटा, पर्यटन
इटहरी। जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगन्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिनुभयो । जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छभने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ । लम्पी स्किनका कारण जिल्लामा हालसम्म
इटहरी । दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत खोटाङको फोक्सिङटार सुनकोशी नदीको मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ । मोटरेबल पुल गएको वर्ष असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो । फोक्सिङटारमा गएको पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि स
इटहरी । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ। आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका विरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षण साथै उपचार गरिएको छ। सदरमुकाम फ
इटहरी । एकै व्यक्तिले फरक फरक व्यावसायिक फर्मबाट एकै स्थानको स्टक देखाएर बैङ्कबाट कर्जा लिएर भुक्तानी नगरेपछि विराटनगर–७ स्थित मेगाटेक सोलुसन प्रालि रहेको कार्यालय तथा यससँग सम्बन्धित गोदाममा ताला लगाउन बैङ्कको होडबाजी चलेको छ । कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको बिक्री गर्दै आएको मेगाटेक सोलुसन प्रालि विराटनगरका आशिष धनावत सञ्चालक रहेको व्यावसायिक फर्महरूमा बैङ्कले ताला लगाएका हुन् । विराटनगर–७, मेनरोडस्थित मेगाटेक सोलुसन प्रालिको पसल र यसको गोदाममा नबिल बैङ्कले गत बुधबार शिलबन्दी गरेको थियो । व्यवसायी धनावत परिवारले सञ्चालन गरेको विराटनगर–७ स्थित मेगाटेक, विराटनगर ३ स्थित एचडी ट्रेडिङ कन्सर्
इटहरी। झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१र०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् । उनीहरुलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीहरुले पनि क्षति व्यहोरिरहेका छन् । एक वर्षमा चार वटाको हात्ती विभिन्न कारणले मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२ रुपियाँ प्रदान गरिएको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.