All Posts By कोशी प्रेस

    Showing ५,०७१-५,०८० of १३,७२१ items.
  • आन्दोलनमा क्षतिग्रस्त ट्राफिक प्रहरी कार्यालय पुनः सञ्चालनका लागि इटहरीवासी सक्रिय

    इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रयोग विहिन बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई पुनः सञ्चालनमा ल्याउन स्थानीय नागरिकहरू सक्रिय भएका छन् । उद्योग वाणिज्य संघ इटहरीको संयोजनमा तत्काल ट्राफिक प्रहरीलाई वसेर काम गर्ने वातावरण तयार गर्दै कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिनुभयो । उहाँले विभिन्न संघसंस्था र व्यक्तिहरूलाई आर्थिक सहयोग तथा श्रमदान मार्फत कार्यालयलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन आह्वान गर्नुभएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका इटहरीका सरकारी कार्यालयहरूक

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३९० पटक पढिएको
  • मिक्लाजुङ–२ मा निधन भएकाको अन्त्येष्टि खर्च वडा कार्यालयले सहयोग गर्ने

    इटहरी । मिक्लाजुङ गाउँपालिका–२ नं वडा कार्यालयले कुनै पनि घरपरिवारमा असामयिक निधन भएमा मृतक परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । वडा कार्यालयको २०८२ असोज ९ गतेको निर्णय अनुसार स्थायी रूपमा बसोबास गर्दै आएका परिवारका सदस्यको असामयिक निधन भएको अवस्थामा मृतकको अन्त्येष्टि मलामी खाजा तथा सदगद कार्यक्रमका लागि १० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस कार्यक्रमबाट मृतक परिवारलाई दुःखको घडीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मृतकका परिवारजनलाई आवश्यक जानकारी सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ५११ पटक पढिएको
  • प्रहरी चौकीलाई झ्यालमा लगाउने पर्दा वितरण

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ७ मा अवस्तित गछियामा रहेको प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा मोरङले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ । वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई लगायतको टिमले उक्त पर्दा वितरण गरेको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । प्रवक्ता गुरुङका अनुसार प्रहरी चौकीलाई २९ थान झ्यालमा लगाउने पर्दा उपलब्ध गराएको बताउनुभयो । संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले स्वतन्त्र नागरिक समाजले जनताको शान्ति सुरक्षाको लागि बसेका प्रहरी चौकीलाई पर्दा वितरण गरेर प्र

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २८१ पटक पढिएको
  • इटहरी सहित ४० स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन

    इटहरी । दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा पूर्व–पश्चिम राजमार्ग र सहरी केन्द्रहरूमा यात्रुको  चाप तीव्र बन्दै गएको छ । यात्रामा भीडसँगै ठगी र दुर्घटनाको जोखिम बढ्ने भएकाले यसपटक कोशी प्रदेशका १४ वटै जिल्लाका ४० स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । इटहरी उपमहानगरपालिका–९, बसपार्कमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, मजदुर संगठनका प्रतिनिधि, सञ्चारकर्मी, चालक–परिचालक तथा यात्रुहरूको उपस्थितिमा सहायता कक्षको औपचारिक शुभारम्भ गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डिएसपी सन्तोष श्रेष्ठले चाडपर्वको सम

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३३० पटक पढिएको
  • सिंधुवामा बजार अनुगमन, अखाद्य बस्तु जफत गरी नष्ट

    इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका –६ स्थित सिंधुवामा चाडपर्वलक्षित बजार पसल अनुगमन गरिएको छ । बिहीबार सिंधुवा बजर क्षेत्रका करिब एक दर्जनभन्दा बढी किराना तथा खुद्रा पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका अखाद्य बस्तु तथा पेयपदार्थ भेटिएको थियो । पसलबाट म्याद गुज्रिएका स्प्राइट, ड्यू, कोक, फेन्टा र लगायतका पेयपदार्थमा भेटिएको थियो । यस्तै, अखाद्य बस्तु बिस्कुट, चिप्स, बेकरीजन्य बस्तु, आटा र प्याकेजिङजन्य म्याद गुज्रिएका खाद्यान्न भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताउनुभयो । उहाँका अनुसार किराना तथा ख

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३१३ पटक पढिएको
  • आगलागीबाट २० लाख बढीको क्षति

    इटहरी । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका(७ देउसाका हरिसचन्द्र राईको घरमा बिहीबार बिहान आगलागी भएको छ। आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३३८ पटक पढिएको
  • फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन

    इटहरी । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो । सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा फिक्कल बजारमा झापा र भारतबाट आएर हटियाको दिन ब्यापार गर्ने ब्यपारीले सञ्चालन गरेको पसलमा म्याद गुज्रिएका र लेवलिङ नभएका बस्तु जफत गरिएको अनुगमन समितिका संयोजक नवीन ढकालले जानकारी दिनुभयो । अनुगमनका क्रममा खुल्ला रुपमा बिक्रीका लागि राखिएको सुर्ती, भोला, मधु, चुरोट, मिठाई, गरम मसला, पापड, बिस्कुट, मु

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ४५० पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

    इटहरी ।  विराटनगर महानगरपालिका(१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  साथै प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल ३ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २८३ पटक पढिएको
  • पाथीभरा मन्दिरमा भक्तजनको सहजताका लागि तयारी तिव्र

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो । दर्शनार्थीलाई मन्दिर क्षेत्रका बारेमा जानकारीसहित यात्रा सहजताका लागि तोक्मेडाँडा, नयाँ बसपार्क, सुकेटार, काफ्ले पाटी, ठुलो फेदी र मन्दिरसम्म नै यात्रु साहयता कक्ष स्थापना गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाले बताउनुभयो ।यस्तै, पाथीभरा मन्दिरको काफ्ले पाटीसम्म पुग्ने यातायात मार्ग धमाधम स्तरोन्नतिको क्रममा रहेकाले पानी परेको समयमा उक्त मार्ग हिलाम्मे हुने गर्दछ । यसको अस्थायी समाधान गर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २८१ पटक पढिएको
  • भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

    इटहरी ।  जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिनुभयो । निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५र२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]