इटहरी । सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र मन्दिर निर्माण भइरहेको पाथीभरा माताको मन्दिरको प्रवेश स्थलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। युवा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले निर्माणाधीन पाथीभरा माताको मन्दिर नजिकै राष्ट्रिय गौरवको प्रतीक नेपाली झण्डा फहराएका हुन्। माताको दर्शन गर्न आउजाउ गर्ने जो कोहीलाई पनि मंदर नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने अभियन्ता चौलागाईले जानकारी दिए। राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनले विश्वास व्यक्त गरे । भियन्ता चौलागाईको एक इट्टा अभिय
इटहरी । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका –८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् । फुङलिङ –८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । उहाँका अनुसार उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरेमा तत्काल सेवा पाउनेछन् । अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धव
इटहरी । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्
इटहरी । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उहाँको भनाइ छ । यहाँ गाउँपा
इटहरी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट गएको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो। बिहीबार बिहान बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गर्नुभयो। आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा
इटहरी | इटहरी उपमहानगरपालिका–२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट २ सय ५३ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन्।रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा जाँच, औषधि वितरण, चश्मा वितरण तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान तथा सहजीकरण गरिएको थियो।संस्थाका अध्यक्ष विकास भण्डारीका अनुसार, शिविरबाट विशेष गरी वृद्धवृद्धा र आँखाका समस्या भोगिरहेका नागरिकले राहत महसुस गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नम्बर २ का वडा सदस्य दुर्गाबहादुर धमलाले यस्तो प्रकारका सेवा कार्यक
इटहरी/ हलुवाइ सेवा समाज इटहरीको आयोजनामा २०८२ सालको प्रत्येक सोमबार बिहान ५:३० बजे इटहरी को पबित्र नदी बृद्द गगां जमुना मुक्ती घाट बाट जल उठाइ इटहरी मै रहेको श्रीराधा कृष्ण शिव मन्दिर मा अर्पन गर्ने र प्रसाद भण्डारा ग्रहण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। टाढा बोलबम जान नसक्ने सहित सम्पुर्ण नगरबासी धर्मानुरागी भक्तजन हरु लाई जानकारी गराउदै उपस्तिथि को लागि अनुरोध गरेकोछ ! हलुवाइ सेवा समाज इटहरीले छैठ पर्व, श्री कृष्ण जन्माष्टमी, रथयात्रा लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू फलफुल, पानी, खाधान्न लगायतका सामग्री बितरण गर्ने गरिरहेको छ । व्यवसायिक सँगसँगै धार्मिक तथा सामाजिक
इटहरी | संघीय खानेपानी मन्त्री प्रदीप यादवले शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन्।उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले खानेपानीलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समानरूपमा सेवा पुर्याउनेतर्फ सरकार केन्द्रित रहेको बताएका हुन्।“कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ,” मन्त्री यादवले भने, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”उनले समावेशी दृष्टिकोणमार्फत विकासको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, झुम्का ख
इटहरी । संखुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्। शनिबार आयोजित उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुबै पुल उद्घाटन गर्नुभएको हो । पुल सञ्चालनपछि स्थानीयवासीको आवागमन सहज हुने बताउनुभयो। मन्त्री खड्काले पुलमार्फत कृषकले उत्पादन गरेका कृषिबाली सहज रूपमा बजारसम्म पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाउँदै ठेकेदारको लापरवाहीका कारण जनताले समयमा सेवा पाउन नसकेको उल्लेख गर्नुभयो। चैनपुर–१ र मादी–९ जोड्ने यावरा खो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.