इटहरी । ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको पहिचान गर्दै जिल्लाका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । बाढी पहिरोको उच्च र मध्यम जोखिम क्षेत्रका पहिचान गरी सतर्क र सुरक्षित रहनका लागि पूर्वतयारी गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ । विपद् प्रभावित क्षेत्रको पहिचान गरिएसँगै सतर्कता अपनाउन विपद् प्रतिकार्य योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी
इटहरी । झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ । जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ । बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रम
इटहरी, | हेल्पिङ ह्याण्ड्स क्लब इटहरी–५ र राष्ट्रिय युवा संघ नेपाल सुनसरीका युवा फोर्स प्रमुख सबिन श्रेष्ठ तथा समाजसेवी सजन गौर्हाङको संयुक्त पहलमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान सञ्चालन गरिएको छ।"दुर्व्यसन एउटा रोग हो, सुधार सम्भव छ" भन्ने नाराका साथ आर्थिक रूपमा विपन्न र कमजोर अवस्थामा रहेका दुई युवालाई अभिभावकको अनुमति लिएर मोक्ष पुनर्जीवन केन्द्र र मुक्ति सुधार गृहमा निःशुल्क उपचारका लागि राखिएको आयोजकले जनाएका छन्।साथै, उनीहरूले इटहरीस्थित निशाहाय बालबालिका सेवा आश्रममा पुगेर सम्पूर्ण बालबालिकासँग खुसी साटासाट गरेका थिए। बालबालिकासँग रमाइलो गर्दै उनीहरूलाई रात्रिकालीन खानपिनको समेत व्य
इटहरी | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन्। नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किएका हुन्।मन्त्री भण्डारीको सचिवालयसहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई सम्बोधन गर्
इटहरी | गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि मान्यता दिँदै विधेयक पारित गरेपछि इटहरीमा रहेको गुरुङ समुदायले बिहीबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदसहित विभिन्न गुरुङ संघसंस्थाहरूको संयुक्त आयोजनामा इटहरी चौकमा दीप प्रज्वलन गरिएको हो। ऐतिहासिक निर्णयप्रति खुशी व्यक्त गर्दै आयोजकहरूले यसलाई आदिवासी जनजातिको पहिचान र अधिकारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ रहेका थिए। कार्यक्रमको अध्यक्षता परिषदका सुनसरी
मोरङ | केराबारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. १, २, ३ र ४ अन्तर्गत सञ्चालित ६ वटा विद्यालयमा रहेका बालविकास केन्द्रहरूलाई शैक्षिक, खेलकुद तथा कक्षा कोठा व्यवस्थापनका सामग्रीहरू वितरण गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्रीहरू पनि प्रदान गरिएको छ।सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक मनमाया मगरको अध्यक्षता र प्रशासन शाखा प्रमुख नविनराज भट्टराईको आतिथ्यतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मनमाया मगरले कार्यक्रममा बोल्दै पहाडी क्षेत्रमा रहेका विद्यालयहरू र त्यहाँका
इटहरी । झापामा हात्तीको कारण जनजीवन प्रभावित बनेको छ । झापाका अधिकांश पालिकाहरुमा हात्तीको दैनिक आवत–जावत हुनेगरेको छ । यसैबिच कचनकवल गाउँपालिकाको दुई घरमा हात्तीले बुधबार राति क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारकोशे जङ्गलबाट निस्किएका दुई वटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ मा बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएर क्षति गरेको हो । टिनको छानो र टाँटी बेरा भएको दुई वटै घरलाई स्थानीय जंगलबाट निस्केका हात्तीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँहरुको घरभित्र भएको अन्नपात नष्ट गरेको छ । बुद्धशान्ति गाउँपालिकामा पनि हात्तीले एक पक्की घरमा क्षति
इटहरी । सुनसरीको देवानगंज गाउँपालिकाबाट लागू औषध गाँजा सहित दुई युवक पक्राउ परेका छन । प्रहरीले करिब ५ केजी गाँजा जस्तो देखिने पदार्थ सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले देवानगंज–२ स्थित गुरुदयाल यादवको घरमा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा गोठघरमा मकैको ढोडभित्र बोरामा छोपेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गुरुदयाल यादवका २० वर्षीय छोरा प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई पक्राउ गरेको हो। उनीहरूलाई बरामद गाँजा सहित थप अनुसन्धानका लागि जिल
इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९।११ प्रतिशत खर्च गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७।४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०।०५ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यररत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्
इटहरी । कोशी प्रदेशमा हाल सम्म ३ हजार ९६ जना डेंगीका संक्रमित रहेको पाइएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको स्वास्थ्य प्रवद्र्धनका लागि पत्रकार तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङं्क सार्वजनिक गरेको हो । जसमा सबैभन्दा बढी मोरङमा ९ सय १३ जना, सबैभन्दा कम तेह्रथुम र ताप्लेजुङमा २÷२ संक्रमित रहेका छन् । यस्तै झापामा ८ सय १२, सुनसरीमा ३ सय ७७, उदयपुरमा २ सय ७५, भोजपुरमा २ सय २६, धनकुटामा १ सय ४३, संखुवासभामा १ सय ३४, ओखलढुंगामा १ सय २१, पाँचथरमा ७०, खोटाङमा १०, सोलुखुम्बुमा ६ र इलाममा ५ जना संक्रमित रहेका छन् । यसैगरि कोशी प्रदेशमा उच्च रक्तचाप, कालाजा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.