इटहरी । ताप्लेजुङमा साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको छ । बर्सेनि नयाँ उद्योगहरु थपिने क्रमसँगै हाल साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हालसम्म साना तथा लघु उद्योगको सङ्ख्या कुल तीन हजार १९४ पुगेको छ । हालसम्मको कुल सङ्ख्यामध्ये साना उद्योगतर्फ दुई हजार ३१५ र वाणिज्यतर्फका ८७९ वटा उद्योग रहेका घरेलु कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी एवम् उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा मात्र ९२ वटा नयाँ उद्योग दर्ता अर्थात थप भएका छन् । कृषि तथा वनजन्य ४९ वटा, प
इटहरी । एक साताअघिदेखि आन्दोलनमा रहेका चिया श्रमिकको आन्दोलन अझै टुङ्गिएको छैन । सरकारले चिया श्रमिकलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै झापाका चिया श्रमिकले थालेको आन्दोलन अझै जारी रहेको छ । झापाको भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषि गणेश तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिकले साउन १८ देखि काम छाडेर आन्दोलनमा छन् । आन्दोलनरत श्रमिकमध्ये योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी गराउने सर्तमा मेचीनगर–३ को नाज स्टेटका श्रमिक भने काममा फर्किएको नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनुभयो । अन्य तीन बगानमा भने अझै काम ठप्प रह
इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ ललितपुरको चर्च ब्वाइज क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीबिच भिडन्त हुँदैछ ।आजको विजेताले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गर्नेछ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुग
इटहरी । सुनसरीमा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच(बलुवा चौक) मा सडक दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । राजविराजबाट विराटनगर जाँदै गरेको माइक्रो र काकडभिट्टाबाट आइरहेको बस एकआपासमा ठोक्किँएर दुर्घटना भएको छ । १२ जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।
इटहरी | नेपाल खेलकुद महासंघ इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशनबाट खगेन्द्र कट्वाल सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनको अध्यक्षता ढुण्डीराज गुरागाईंले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहेका थिए।नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष भरत केसी र रन्जु मगर, सचिव सन्तोष तिम्सिना, उपसचिव; आनन्द आचार्य र सुमित थापा रहेका छन्। सदस्यमा सुमन कार्की, मनिश कार्की, जीवन बराल, आस्था खड्का, विरेन्द्र भण्डारी र यामकुमार राई लगायत १६ सदस्य कार्यसमिति चयन भएका छन्।अध्यक्ष कट्वालले जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको संस्थ
इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्थाले दोस्रो तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विकाश भण्डारीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कलाकार सुपर सुरेश (कार्की) सहित कल्पना तामाङ, सिम्ला धिताल र टेनिसा परियारले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । सहभागी महिलाहरू परम्परागत भेषभूषामा सजिएर तीजको उल्लासमय गीत, नृत्य र रमाइलोमा सहभागी भएका थिए । प्रमुख अतिथि चौधरीले तीज केवल नाचगान र रमाइलोको पर्व मात्र नभई संस्कार, सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएकाले यसलाई
इटहरी । मोरङ क्षेत्र नं ३ का सांसद डा.सुनिल कुमार शर्मा र प्रदेश सांसद मान बहादुर लिम्बुको पहलमा अर्थिक बर्ष २०८२÷०८३ को लामाटोली देखि भोटेघुम्ती सम्म ६ मिटर चौडाइको सडकमा कालोपत्रे गरिने भएको छ । आईतबार उक्त सडकको स्थानीय, प्रदेश तथा सङ्घीय प्राविधिक टोलीसहित जनप्रतिनिधिहरूले निरीक्षण तथा सर्बेक्षेण गर्ने कार्य सम्पन्न गर्नुभएको हो । त्यस्तै, निरीक्षण तथा सर्वेक्षणका क्रममा पथरी शनिश्चरे बजार भित्रका कालोपत्रे सडक निर्माणको लागि जनआन्दोलन चोकदेखि पुरानो वाणिज्य बैंकसम्म , बि.पी. चोकदेखि आरति सहकारी संस्थाको भवन सम्म, गोर्खा गल्लीदेखि पुरानो फिल्म हल हुँदै धिमाल चोकदेखि एभरेष्ट स्कुल सम्
इटहरी । रोट्रयाक्ट क्लब अफ इटहरीले आफ्नो १८औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी वर्ष २०२५–२६ का लागि अध्यक्षमा सितल धिताल निर्वाचित भइसक्नुभएको छ । नवनिर्मित कार्यसमितिमा उपाध्यक्ष मेघा बराइली , सचिव जेनिसा जुनेरा, कोषाध्यक्ष प्रदोस ढकाल, सदस्यहरू विवस पराजुली र संजय ठाकुर, सहसचिव अनुप्रास विष्ट, क्लब प्रशासक अध्यक्ष अंकिता चौहान, ट्राफ चेट अर्जुन धमला लगायत २० जना सदस्य रहनुभएको छ । साथै, ७ जना सल्लाहकारको समेत सहभागिता रहने गरी विस्तारित समिति गठन गरिएको हो। यस अवसरमा रोटरी वर्ष २०२४–२५ का अध्यक्ष देभराज काफ्लेलाई संस्थामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपू
इटहरी । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को।२ च।२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो । घाइते हुनेहरुमा ८ बस्ने १४ वर्षीया सविना डङ्गोल ६४ वर्षीया चन्द्र भक्त डङ्गोल, टेकनाला बस्ने ३५ वर्षीया हरिबहादुर डङ्गोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीया गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका(८ बस्ने ७२ वर्षीया मोहन डङ्गोल, सोही स्थान बस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा(७ बस्ने २७ वर्षीया राम श्रेष्ठ र ३८ वर्षीया जितबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थाप
इटहरी । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा।२ च।२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी पिकअपमा सवार २१ जना सवार थिए । जसमध्ये १७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइते हुनेहरुमध्ये तिनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.