All Posts By कोशी प्रेस

    Showing ५,७३१-५,७४० of १२,९९९ items.
  • हलेसी तुवाचुङमा ‘बायो स्याण्ड फिल्टर’ वितरण

    इटहरी । यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए । नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्नेगरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभयो । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् । गाउँभन्दा करिब ८०० मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपा

    • प्रकाशित मितिः असार २, २०८२
    • १७६ पटक पढिएको
  • ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी विधिअनुरुप वृक्षरोपण

    मौसम कोइरालाइटहरी । जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी बिधिअनुसार वृक्षरोपण गरिएको छ । मुन्धुमी संस्कारअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले नागरिकको तर्फबाट माफ मागेपछि मात्र जमिन खनेर विरुवा रोप्ने परम्परा छ । बृक्षरोपणमा पूर्वी नेपालको नौ जिल्लाका प्रकृति प्रेमीहरुले केवलकार निर्माणका लागि रुख काटेको स्थानमा करिब ६ हजार विरुवा रोपेको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको संयोजक लिङखिमलेले जानकारी दिनुभयो । मुक्कुमलुङ क्षेत्रमा पाथिभरा केवलकार दर्शन प्रालिले केवलकार निर्माणका निम्ति करिव ५० हजार जति रु

    • प्रकाशित मितिः असार २, २०८२
    • १६३ पटक पढिएको
  • नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी बरामद

    इटहरी । नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ । आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा ३५ वर्षीय रवि कुुमारको झोला चेकजाँच गर्दा चाँदी २८ किलो र पहेँलो धातुु समेत बरामद गरिएको इलामस्थित सशस्त्र प्रहरीले जनाएको छ । सेतो धातुपरिक्षण गर्दा १७ हजार चार सय ग्राम चाँदीसहित अन्य गरगहना गरेर ३२ लाख ६९ हजार ५५७ रुपियाँ कायम भएको र पशुुपतिनगरस्थित भन्सार कार्

    • प्रकाशित मितिः असार २, २०८२
    • २५९ पटक पढिएको
  • झापाको चारकोशे वनमा पहेँलो कछुवा फेला

    इटहरी । नेपालको चारकोशे झाडीको रुपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कुछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो । स्थानीय विवेक बास्तोलाले आइतबार विहान सामुदायिक वनमा रहेको चिसो पानी रसाइरहने क्षेत्रमा अनौठो प्रकारको उक्त कछुवा फेला पारेर सामुदायिक वनका कर्मचारीहरुलाई खबर गर्नुभएको थियो । अन्य समयमा देखेको भन्दा फरक कछुवा देखिपछि सामुदायिक वनका पदाधिकारीहरुलाई जानकारी गराउनुभएको जनाइएको छ । जलथल जङ्गलको विषयमा अध्यनअनुसन्धानमा लामो समयदेखि क्रियाशिल रहनु भएको लिलनाथ शर्माका अनुसार यो कछुवा विरलैमात्र पाइन्छ । रङ्

    • प्रकाशित मितिः असार २, २०८२
    • १५८ पटक पढिएको
  • वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

    इटहरी । सुनसरीको वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती छ । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशीटप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।

    • प्रकाशित मितिः असार २, २०८२
    • २९८ पटक पढिएको
  • साङ्लोमा बाँधिँदै आएका पविन्द्रको उद्धार

    इटहरी । करिब  एक दशकअघिदेखि साङ्लोमा बाँधिँदै आउनुभएका पविन्द्र मगरको शनिबार उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिकाको पहलमा विराटनगरस्थित मानवसेवा आश्रमले उहाँको उद्धार गरेको  नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–३, भोर्लेनीका पविन्द्र मगर करिब १० वर्षअघि बिरामी परेपछि उहाँको मानसिक अवस्था बिग्रियो । परिवारले सक्दो उपचार गर्दा पनि केही सुधार नभएपछि उहाँलाई घरमै साङ्गोले बाँधेर राख्ने गरेको उहाँकी ८१ वर्षीय आमा एकमाया मगरले बताउनुभयो । चार दाजुभाइमध्येका साइँला छोरा पविन्द्रको हेरचाह बुढी आमा एकमाया मगरले गर्दै आउनुभएको थियो । यसअघि पनि चौदण्डीगढी नगरपालि

    • प्रकाशित मितिः असार २, २०८२
    • १९७ पटक पढिएको
  • निर्माणाधीन सडक छेउमा गाडिएको अवस्थामा शव फेला

    इटहरी । धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयहरूले मानव खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यलय जितपुरको टोलिले सो स्थानबाट पुरुषको शव निकालेको थियो । मृतक महालक्ष्मी नगरपालिका–१ कटहरे निवासी २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी ओम प्रकास खनालले जानकारी दिनुभयो । परिवारका अनुसार कटवाल गत जेठ ३० गते घरबाट निस्किएको थियो । शव पुरिएर राखिएको अवस्थामा फेला परेकाले घटना शङ्कास्पद देखिएको थप अनुसन्धान भ

    • प्रकाशित मितिः असार २, २०८२
    • १६२ पटक पढिएको
  • इटहरी वडा नम्बर ७ मा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । चार दिनसम्म सञ्चालन भएको उक्त तालिम वडा नं. ७ स्थित एस.ओ.एस वालग्राम सभाहलमा भएको थियो। तालिमको अध्यक्षता प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक बिकल पौडेलले गर्नुभएको थियो।तालिममा प्रमुख प्रशिक्षक सन्तोष धमला र सह-प्रशिक्षक सीमा बस्नेतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा ३० जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। समापन समारोहका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र

    • प्रकाशित मितिः असार १, २०८२
    • ३३० पटक पढिएको
  • छथर जोरपाटि गाउँपालिकामा समावेशी शिक्षाका लागि अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न

    धनकुटा / छथर जोरपाटि गाउँपालिका धनकुटामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत स्थानीय विद्यालयमा अध्यनरत अपाङ्गता भएका बालबालिकाका समस्या, चुनौती र आवश्यकताको बारेमा छलफल गर्दै दौंतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा पुगेर गरिएको यस कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरूलाई अध्यापनमा आइपर्ने व्यवहारिक समस्याबारे अध्ययन, अभिमुखिकरण तथा समावेशी शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य लिइएको थियो।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता कार्यक्रम संयोजक श्रीमती गीता गुरुङ खेवा, अध्यक्ष श्री छत्र सुब्बा, वडा अध्यक्ष श्री दीपक गुरुङ

    • प्रकाशित मितिः असार १, २०८२
    • ३८७ पटक पढिएको
  • कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख, पर्यटनमा जोड

    मौसम कोइराला इटहरी। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले आइतबार कोशी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो । आगामी वर्षका लागि प्रस्तुत गरिएको अनुमानमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपियाँ अर्थात् ०.३ प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनाम

    • प्रकाशित मितिः असार १, २०८२
    • ३६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]