स्मृति केशी इटहरी। सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो । त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश नगद रु दुई ह
इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लि
स्मृति केशी इटहरी । गाईघाट–दिक्तेल सडक योजना कार्यालयले सडक मर्मत सम्भार कार्य अन्तर्गत सदरमुकाम गाईघाट बजारमा कालोपत्रे गर्न सुरु गरेको छ । कार्यालयले छ वर्षअघि निर्माण सम्पन्न भएको डिबिएसटी प्रविधिको सडकमा यो वर्ष त्रियुगा बसपार्कदेखि गाईचोकसम्म करिब एक किलोमिटर सडकखण्डमा पाँच सेन्टिमिटर मोटाइको चार लेनको अस्फाल्ट प्रविधिको कालोपत्रे गर्न सुरु गरेको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार सडकको १६ किलोमिटर माथिको साउने जङ्गल क्षेत्रमा करिब चार किलोमिटर खण्डमा सडक स्तरोन्नति गरी चौडा पार्ने र नाली निर्माण पनि भइरहेको छ
इटहरी। भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो । संघीय सरकारबाट प्राप्त रु। ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षणमा जोड दिइएको छ । सिकाइलाई जीवन उपयोगिसँगै प्रविधिमैत्री बनाउन साना बालबालिकालाई प्रविधिमैत्री शिक्षणमा जोड दिइएको विद्यालय प्रधानाध्यापक गङ्गादेवी प्रधानले जानकारी दिनुभयो । यहाँ चार वटा
इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा पूर्वी पृतनापतिको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हाल्नु भएको छ । यस अघि सेनाको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सहायक रथी केसीले इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा आयोजित कार्यक्रममा बुझबुझारथ गरी औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नु भएको हो । पूर्वी पृतनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका उपरथी पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भएको छ । उहाँले पूर्वी पृतना हेडक्वाटरमा पूर्ण सफलताका साथ १३ महिना जिम्मेवारी वहन गर्नुभयो । यसैबिच, नागरिक–सैनिक सम्बन्ध विस्तार अभियान इटहरीमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवश पोख्रेल
इटहरी । ताप्लेजुङका स्थानीय तहहरूले आल्लोलाई प्राथमिकता दिन थालेका छन् । स्थानीय स्तरमा पाइने कच्चा पदार्थको सदुपयोग गरी स्थानीयलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अल्लोलाई प्राथमिकता दिन थालेका हुन् । आठ गाउँपालिका र एक नगरपालिका गरी नौ स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय अल्लो उत्पादनसँगै अल्लो सम्बन्धी सिलाईबुनाई तालिमलाई प्राथमिकता राखिएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकाले अल्लोको झोला बनाउने एक महिने तालिम तग जेठ १५ गते समापन गरेको थियो । गाउँपालिका १ का ११ जना महिलालाई झोला बनाउने तालिम प्रदान गरेको थियो । यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० का १६ जना
इटहरी । खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल मनकामना धाममा हालसम्मकै ठूलो तौल भएको ऐतिहासिक घण्टी चढाइएको छ। अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ र उहाँकी पत्नीले आफ्ना दिवंगत पितृहरूको सम्झनामा २१६ किलोग्राम तौलको उक्त भव्य घण्टी मन्दिरमा समर्पण गर्नुभएको हो । खाँदवारीमै जन्मनुभएका श्रेष्ठ दम्पतीले काठमाडौंका प्रसिद्ध शिल्पीकार मार्फत कलात्मकता झल्किने घण्टी तयार गराएका हुन् । घण्टीसँगै आकर्षक काठको घण्टाघरसमेत निर्माण गरिएको छ । करिब ३४ लाख रुपियाँ लागतमा निर्माण भएको उक्त घण्टी र घण्टाघर मनकामना मन्दिर परिसरमा हालसम्म स्थापना गरिएका सामग्रीमध्ये सबैभन्दा ठुलो र भव्य म
इटहरी । मोरङको सुन्दरहरैंचाको सलकपुरमा ५ दिने किशोरी सशक्तिकरण कार्यक्रम सुरु भएको छ । सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा तथा नारी विकास संघ सुन्दरहरैंचा –८ सलकपुरको आयोजनामा कार्यक्रम सुरु भएको हो । नारी विकास संघकी अध्यक्ष शुसिला कार्कीको अध्यक्षता तथा सुन्दरहरैचा –८ की जनप्रतिनिधि कुमा दाहालको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रमा नगरभित्रका विभिन्न बिद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई यौन हिंसा,बाल विवाह,महिनामारी लगायतको बारेमा प्रशिक्षक पेशल खतिवडाले जानकारी गराउनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले यो
इटहरी । तरुण दलले सहरी विकास मन्त्रालयले केन्द्रीय कार्यालय निर्माण गर्न बजेट दिएपछि आन्तरिक रुपमा संकलन गरेको रकम फिर्ता गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ बजेटमा नै सहरी विकास मन्त्रालयले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । पार्टीको संगठनको भवन बनाउन सरकारी ढुकुटीको रकम दूरुपयोग गरेको भन्दै सहरी विकास मन्त्री प्रकाशमान सिंहको आलोचना भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित रविभवनमा बन्ने भवनका लागि मन्त्रालयबाट ३ करोड बजेट छुट्याइएको छ । सरकारबाट कार्यालय बनाउन बजेट प्राप्त हुने भएपछि संगठनले आफ्नै बलबुतामा भवन निर्माण नगर्ने भएको
इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम पथरी शनिश्चरे आइडल रियलिटी शो को फाईनल फिनाले सम्पन्न भएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजना र पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा हरियाली सामुदायिक वन उपभोक्ता समूहको सांगीतिक तथा सांस्कृतिक हलमा आयोजित समारोहमा गायन तथा नृत्य विधाको ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको हो । “ प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान“ भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा – प्रथम, फष्ट रन अप र सेकेन्ड रनर अप क्रमशः गरिमा मगर ,सुजता घिसिङ र वितेश राई घोषित हुनुभयो । यसैगरी, गायन तर्फबाट राज लोहार प्रथम , अभिषेक लिम्बु फष्ट रनर अप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.