इटहरी । सहारा नेपाल साकोस बेलबारी सेवा केन्द्रले  एक बितिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रमको आयोजना गरी सदस्यहरूको ५ लाख ८० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । बेलबारी नगरपालिका–११ निवासी स्व. घाउरे धिमालको  निधनपश्चात उनकी पत्नी पार्वती धिमाल, स्व रोनल मिश्रको निधनपश्चात उनकी आमा मिना कुमारी बुढाथोकी र बेलबारी ४ निवासी स्व किरण लिम्बुको  निधनपश्चात उनकी पत्नी  रुपा कुमारी राणाको नाममा रहेको ऋण मिनाहा गर्दै ५ लाख ८० हजार रुपैयाँको चेक बेलबारी ११ कि वडा सदस्य तारा सुन्दासको हातबाट हस्तान्तरण गरेको छ । बेलबारी सेवा केन्द्र सहयोग उपसमिती सदस्य रीता दाहालको अध्यक्षता तथा प्रमुख अथिती वडा सदस्य तारा सुन्दास र अतिथिहरु संचालक उपसमिति बाट तारा सुवेदी ,सीता देवी निरौला, सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङको आथित्यतामा सन्चालन भएको कार्यक्रममा  सेवा केन्द्रकी सरीता गिरीले सस्थाको हाल सम्मको बितिय अवस्था , सेवा केन्द्रको बितिय अवस्था, सदस्यले पाउने सेवा सुबिधाको बारेमा जानकारी दिनुभएको थियो भने अनुगमन अधिकृत महेश तामाङले समसामयिक विषय र हाल सहकारीको अवस्था र परीवर्तित नीति नियमको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै कर्मचारी रमेश चौहानले ऋण र बचतको बारेमा जानकारी गराउनु भएको थियो । कर्मचारी अन्जना खतिवडाले सन्चालन गर्नु भएको कार्यक्रममा ६ जना जेष्ठ  सदस्यहरु रत्नमाया राई ,मनमाया लिम्बू ,सुश्री  धनमाया  बुढाथोकी, धनमाया राइ, लालमती राई र मनमाया मगरलाई सम्मान गरिएको थियो  ।  कार्यक्रममा वडा सदस्य  तारा सुन्दासले अन्य बित्तीय सस्था भन्दा सहारा नेपाल फरक रहेको र दुःखमा रहेका सदस्यहरुलाइ ऋण मिनाहा गरेर आर्थिक स्थिति मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । साकोसले आफ्ना सदस्यहरूलाई सहज र सुरक्षित सेवाको प्रत्याभूति गराउने उद्देश्यले ऋण सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।