All Posts By कोशी प्रेस

    Showing ५,९५१-५,९६० of १३,००७ items.
  • यार्सागुम्बासहित सङ्खुवासभाबाट एक जना पक्राउ

    इटहरी । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मंगलबार खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ(छिपाइ ल्याएको एक किलो ६ सय ७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका शाहीलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २७७ पटक पढिएको
  • मोरङको कटहरीमा बन्यो सामुदायिक अस्पताल

    इटहरी । मोरङको कटहरी गाउँपालिकामा दुई अर्ब रुपियाँको लगानीमा सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाज अन्तर्गतको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले अस्पताल सञ्चालन गरेको प्रतिनिधि सभा सदस्य तथा समाजका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो । कटहरी–२, हल्दीबारी भन्ने ठाउँमा निर्माण गरिएको दुई सय शैयाको अस्पताल यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने सांसद मण्डलले जानकारी दिनुभयो । आमनागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि दुई बेडको सुविधासम्पन्न सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवा प्रवाह सुरु

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २७५ पटक पढिएको
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्यार्थीले गरे नमुना संसद्को अभ्यास

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्यार्थीले सङ्घीय संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन् । संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसदमा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको नमुना संसद् कार्यक्रममा निजी र सामुदायिक विद्यालयबाट ५२ जना विद्यार्थीको सहभागिता थियो । हलेसीमा सञ्चालन भएको नमुना संसद् अभ्यास कार्यक्रममा सहभागीहरूलाई स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक, सभामुख लगायत विभिन्न जिम्मेवारी प्रदान गरेर संसद् अधिवेशन आह्वान हुँदै शून

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २२५ पटक पढिएको
  • सङ्खुवासभामा वर्षासँगै आएको पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

    इटहरी । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायाको क्षति भएको छैन ।माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाम

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २१९ पटक पढिएको
  • इलामको सूूर्योदय नगरपालिकामा गोलिया काट्ने क्रममा एक युवकको मृत्यु

    इटहरी । इलामको सूूर्योदय नगरपालिका–७ सिङ्गाममा गोलिया  काट्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका  सूूर्योदय–८ का २६ वर्षीय निरोज लाप्चा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । व्यापारका लागि खरिद गरी रुख काट्ने क्रममा रुख लड्दा हाँगाले लागेर घटनास्थलमै लाप्चाको मृत्यु भएको बताइएको छ । अहिले मृतकको शव इलाका प्रहरी कार्यालय पशुुपतिनगर लगिएको छ । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १६७ पटक पढिएको
  • धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू

    इटहरी । धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाले दुई प्याकेजमार्फत छ करोड ४४ लाख रुपियाँको लागतमा नाला, पर्खाल मोड सुधार र कालोपत्रेको काम अघि बढाएको हो । २०५४ सालमा ट्रयाक खुलेको यो सडकमा चालु आर्थिक वर्षमा कालोपत्रे हुन लागेको हो । दाह्रे गौडाबाट घुमाउने–मूल खर्क हुँदै लेगुवा जोड्ने ३१ किलोमिटरमध्ये यो आर्थिक वर्षमा पहिलो खण्डको १९ सय ५० मिटर सडक कालोपत्रे हुनेछ । १९ सय ५० मिटरमध्ये दुई चरणमा गरी सात सय मिटर दुई करोड चार लाखमा र १२ सय ५० मिटर चार करोड ४४ लाखमा ठेक्का लागिका सुरु भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । सो

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २६५ पटक पढिएको
  • ताप्लेजुङमा स्थानीय तहले गोलिया काठ निकासी तथा ओसारपसारमा प्रतिबन्ध

    इटहरी । ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन् । बर्खायाममा वजनदार ट्रक वा ट्याक्टरमार्फत गोलिया काठ निकासी गर्दा ग्रामीण सडक क्षतिग्रस्त हुने भन्दै स्थानीय तहले निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका हुन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले जेठ १५ देखि आगामी भदौ मसान्तसम्म गोलिया निकासी गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै वर्षाको समयमा हुन सक्ने बाढीपहिरोको जोखिम तथा मोटरबाटो क्षतिलाई न्यूनीकरण गर्न गोलिया निकासीमा प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २०१ पटक पढिएको
  • मोरङमा जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिएपछि

    इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा एक व्यक्तिले जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । सोमबार बेलुका भएको घटनामा ४८ वर्षीय मही चौधरीले ग्रिल काट्ने फलामको ग्रेन्डर प्रयोग गर्दा बालक घाइते भएका हुन् । महीले आफ्नै ग्रिल पसलमा ग्रेन्डरमा ब्लेड जडान गरी जिस्काउने क्रममा ७ वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको प्रहरीले जनाएको छ । घटनापछि बालकलाई उपचारका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बालकको अवस्था अहिले सामान्य रहेको छ। प्रहरीका अनुसार घटनापछि मही चौधरीले नै बालकलाई अस्पतालसम्म पुर्‍याएका थिए । घटनाको

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २२९ पटक पढिएको
  • ताप्लेजुङको फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत

    इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्यूटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो । व्यूटीपार्लर व्यवसायी श्रेष्ठलाई कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत श्रेष्ठले नगद साथै सम्मानपत्र पाउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले सफल महिला उद्यमी तथा उत्कृष्ट व्यवसायी छनोट गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरेको थियो । सातौं राष्ट्रिय महिला अधिका

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २३६ पटक पढिएको
  • खोलाको बगरमा बालुवामुनि लुकाइएको ११२० केजी गाँजा बरामद

    इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानास्थित कटान खोलाको बगरमा बालुवामा गाडिएको अवस्थामा लागूऔषध गाँजा फेला परेको छ। हिजो  साँझ ५:०० बजे प्राप्त एक गोप्य सूचनाको आधारमा प्रहरी चौकी घुस्की मार्फत सूचना पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, सुरक्षा बेस वसन्तपुर र जिल्ला प्रहरी कार्यालय सुनसरी सहितको संयुक्त टोली घटनास्थलमा परिचालित भएका थिए । प्रहरीका अनुसार, सो स्थानमा गरिएको विशेष खोजतलासबाट कटान खोलाको किनारमा बालुवा मुनी लुकाइ छिपाइ राखिएको अवस्थामा ३८ वटा  प्लास्टिकका बोरामा प्याक गरिएको ११ सय २० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्य

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]