All Posts By कोशी प्रेस

    Showing ६,१६१-६,१७० of १३,००७ items.
  • ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उहाँको भनाइ छ । अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोल

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २८४ पटक पढिएको
  • कोशी प्रदेशसभा, आजदेखि बजेट अधिवेशन सुरु

    इटहरी ।  कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।  कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल रहेन र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ । यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेव

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २५५ पटक पढिएको
  • सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

    इटहरी। सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ । जेठ ४ गते बिहान ९ः२० बजे उहाँले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिनुभयो । उहाँसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा  सगरमाथाको सफल आरोहण गर्नुभयो । जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा संवाद कार्यक्रममार्फत सगरमाथा संवाद सन्देशलाई विश्वमाझ प्रबर्द्धन  गर्ने उद्देश्यले सद्भावना दुत

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • १७१ पटक पढिएको
  • इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न

    इटहरी । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट तस्बिरहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका ६० तस्बिरमध्ये फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर(फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • १७९ पटक पढिएको
  • खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै

    इटहरी । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड २० लाखमा पूरा हुनेउक्त सडकको पहिलो चरणमा ४५ लाखबाट निर्माण सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २२९ पटक पढिएको
  • ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

    इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । कति पर्यटक आउँछन् भनेर तथ्याङ्क नराखिएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले बताउनुभयो। पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २३८ पटक पढिएको
  • नेकपा (एमाले) मिक्लाजुङ–७ न साखा कमिटीको अधिवेशन सम्पन्न, गिरी नेतृत्वमा सर्वसम्मत चयन

    मिक्लाजुङ, मोरङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. ७ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरिएको हो।नव निर्वाचित साखा कमिटीमा अध्यक्ष पदम बहादुर गिरी चयन हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा भुमी प्रसाद कोइराला, सचिवमा राम धमला, उपसचिवमा राजु खड्का र भिमा सोडारी चयन हुनुभएको छ। साथै, अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पार्टीका नेताहरूले संगठन सुदृढीकरण र स्थानीयस्तरमा पार्टीको प्रभावकारिता बढाउन नवगठित नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ३३१ पटक पढिएको
  • फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    सुनसरी | विपन्न तथा निम्न आय भएका समुदायलाई वित्तीय पहुँच पुर्‍याउँदै आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सव सुनसरीको दुहबी नगरपालिकामा भव्य रुपमा सम्पन्न गरेको छ।उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कलावति चौधरीको अध्यक्षता रहँदा, प्रमुख अतिथि रूपमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा वर्तमान संघीय सांसद भगवती चौधरीको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।वार्षिकोत्सवमा फरवार्ड माइक्रोफाइनान्सका विभिन्न शाखाहरूका पदाधिकारीहरूलाई "आपको बिरुवा", सम्मानपत्र र खादा-मालाले सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा उनीहरूको स्थानीयस्तर

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ६६४ पटक पढिएको
  • सवारी कर र चालक अनुमति पत्रबाट कोशी प्रदेशको ६० प्रतिशत आन्तरिक आय, दश महिनामै २ अर्ब २२ करोड राजस्व संकलन

    इटहरी । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७।६४ प्रतिशत हो । वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महि

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४१९ पटक पढिएको
  • प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी झापाको बिर्तामोडमा जेठ २४ गतेदेखि २६ गतेसम्म हुने

    सुनसरी / नेकपा एमाले, विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा आगामी जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ज्ञान र प्रविधिमा विद्यार्थीहरूको चासो, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विविध वैज्ञानिक मोडेलहरू, आविष्कारहरू, नवप्रवर्तन तथा अनुसन्धानमूलक प्रोजेक्टहरू प्रस्तुत गरिने नेकपा एमाले क

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]