All Posts By कोशी प्रेस

    Showing ६११-६२० of १२,७०९ items.
  • फिदिम–७ की वडा सदस्य भीमाकुमारी दुलालद्वारा आफ्नो जन्मदिनमा पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    इटहरी। पाँचथरको फिदिम नगरपालिका –७ का जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल ९बाँस्कोटा० ले आफ्नो जन्मदिनको अवसरमा पञ्चकन्या आधारभूत विद्यालय, माक्लुम्वाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।आइतबार आयोजित कार्यक्रममा उहाँले २५ जना विद्यार्थीलाई टाइ, बेल्ट तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो । शिक्षा क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा सदस्य दुलालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका –७ का वडा सदस्य बलबहादुर राई वडा सदस्य प्रदीप बाँस्कोटासहित शिक्षक अ

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १०३ पटक पढिएको
  • दुध ढुवानी नहुँदा इलामका किसान समस्यामा

    इटहरी। मेची राजमार्गको माइखोलास्थित राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि १२ दिन यता इलामका किसानहरुले दैनिक उत्पादन भएको दुध बिक्री गर्न पाएका छैनन् । इलामको विल्याँटेमा रहेको दुुग्ध विकास संस्थानको दुुग्ध चिस्यान केन्द्रमा संकलन भएको दुध गएको असार २३ गतेदेखि विराटनगर जान सकेको छैन । दैनिक एक हजार लिटर दुध संकलन हुने केन्द्रमा अहिलेसम्म तीन हजार छसय लिटर दुध थन्किएको छ । चिस्यान केन्द्रमा रहेको दुध धेरै दिन बितिसक्दा विराटनगरबाट दुध बोक्ने ट्याङ्कर आउने अवस्था नभएपछि समस्या भएको चिस्यान केन्द्रका प्रमुख मन्टुुकुुमार ठाकुुरले बताउनुुभयो । चिस्यान केन्द्रमा रहेको दुधलाई इलाम उद्योग वाणिज्य सं

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८३ पटक पढिएको
  • उर्लाबारी–पथरी शनिश्चरे जोड्ने सुनझोडा मोटरेबल पुल उद्घाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व संघीय सांसद डा. सुनिलकुमार शर्माले स्थानीय जनप्रतिनिधिहरू सँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो। कार्की बन्धु कन्ट्रक्सन प्रालिले करिब ५ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण गरेको ३० मिटर लामो सो पुलको शिलान्यास गत वर्ष २०८२ जेठमा गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सांसद डा. शर्माले आफ्नो बाल्यकालको स्मरण गर्दै जनताको आवश्यकता अनुसार विकास निर्माणमा निरन्तर लागिरहने प्रतिबद्ध

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १९३ पटक पढिएको
  • बाढी र पहिरोको जोखिम बढेपछि पाँचथर र इलामका मुख्य तथा भित्री सडकमा रातभर सवारी सञ्चालनमा रोक

    इटहरी । अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिम बढेपछि पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएका छन्।जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मानेर दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै रातिको यात्राबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका हुन्। पाँचथर जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म जिल्लाभित्रका मुख्य तथा भित्री सडकमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ले जारी गरे

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ५१ पटक पढिएको
  • भारत सरकारको सहयोगमा भोजपुरको टेम्केमैयुङमा १० करोडको लागतमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण हुने

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब १० करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। स्थानीय कृषकलाई बजारसँग प्रत्यक्ष जोड्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने लक्ष्यका साथ केन्द्र निर्माण गर्न लागिएको हो।भारत सरकारको सहयोगमा निर्माण हुन लागेको परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार परियोजनाको ९५ प्रतिशत लागत भारतीय दूतावासमार्फत व्यहोर्नेछ भने बाँकी पाँच प्रतिशत तथा मूल्य अभिवृद्धि कर ९भ्याट० गाउँपालिकाले बेहोर्नेछ। विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ४८ पटक पढिएको
  • विराटनगर भन्सारमा जाँचपास भइसकेको भारतीय ट्रकबाट करोडौंका अवैध सामान फेला, कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान सुरु

    इटहरी। विराटनगर भन्सार कार्यालयपरिसरमा जाँचपासपछि गन्तव्यतर्फ लागेको भारतीय मालवाहक ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल रानीले पाँच दिनअगाडि नियन्त्रणमा लियो । जाँचपास भइसकेको ट्रकमा कैफियत रहेको सूचना पाएपछि त्यसको अन्तिम परीक्षण गर्न पुनः भन्सार कार्यालयमा बुझाइयो ।यसअघि भन्सार जाँचपासपछि कुनै सवारीमा कैफियत भएमा राजस्व एकाइले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया बढाउँथ्यो । अहिले कैफियत रहेमा भन्सार कार्यालयमै फर्काउने गरिएको हो ।  भारतीय नम्बर बिआर ०१६ ए ३३४७ भएको ट्रक भन्सार कार्यालयमा लगेर अनुसन्धान गर्दा कपडाको प्रज्ञापनपत्रमा जुत्ताचप्पल, चस्मा र ब्युटीपार्लरसमेतका सामान फे

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ११४ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाद्वारा पटक-पटकको निर्देशन अटेर गरी सडक निर्माणमा ढिलासुस्ती गर्ने दुई वटा योजनाको ठेक्का सम्झौता अन्त्य

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति नभएको भन्दै दुई वटा सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको बारेमा जानकारी दिएको हो ।मामाङ्खे–संग्राहलय–हुडाई–तुम्बिम्बा–थावाबुक–याम्फुदिन–कञ्चनजङ्घा आधार शिविर जाने सडक निर्माण योजना र सिरिजङ्घा गाउँपालिकाको केन्द्रदेखि थुम्मा–नागदेवा–हुडाई–फुन्द्रुवा–याङपाङ सम्मको सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले पटकपटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ७१ पटक पढिएको
  • झापामा उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’

    इटहरी। झापामा लगातार वर्षा र सम्भावित बाढी–पहिरोबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको छ । झापा बाढीको उच्च जोखिम भएको जिल्ला हो ।जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा स्वयंसेवकहरूलाई विपद्को जुनसुकै अवस्थामा पनि तत्काल परिचालन हुन सक्ने गरी पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बाढी वा पहिरोका कारण राजमार्ग तथा भित्री सडक अवरुद्ध हुन नदिन स्थानीय तह

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ९१ पटक पढिएको
  • रासायनिक मलको अभाव र घट्दो खेतीयोग्य जमिनका कारण झापामा धान उत्पादन घट्ने चिन्ता

    इटहरी । धान रोपाइँको मुख्य सिजनमै रासायनिक मलको चरम अभाव भएपनि झापाका किसान धान रोप्न व्यस्त छन् । नेपालकै प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा आवश्यक मलको एक चौथाइभन्दा कम मात्र आपूर्ति हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता भने बढेको छ ।कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने भएपनि हालसम्म २ हजार ४ सय मेट्रिक टन मात्र उपलब्ध भएको छ । यस्तै ८ हजार मेट्रिक टन डीएपी आवश्यक पर्दा करिब २ हजार ५ सय मेट्रिक टन मात्र आपूर्ति भएको छ । आवश्यकताअनुसार मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न नपाएको र यसले धान

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८५ पटक पढिएको
  • भारी वर्षाको चेतावनीसँगै विराटनगरका खोला किनार र विभिन्न वडामा डुबानको त्रास,७० प्रतिशत नाला साना वर्षाका लागि मात्र उपयुक्त भएको महानगरको स्वीकारोक्ति

    इटहरी । कोशी प्रदेशमा आगामी तीन दिनदेखि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेसँगै विराटनगरका हरेक वर्ष डुबानमा पर्ने बस्तीका बासिन्दामा त्रास बढेको छ । विशेष गरी केसलिया र सिङ्घियाखोलाको किनार तथा विराटनगर–५, ६, ११, १२, १६, १७ र १८ नम्बर वडाका डुबान प्रभावित क्षेत्रका स्थानीयले फेरि बर्खाको सास्ती दोहोरिने चिन्ता व्यक्त गरेका छन् । विराटनगर–१२ का स्थानीय राजेश सहनीका अनुसार दक्षिण–पश्चिम क्षेत्रका बस्ती हरेक वर्ष डुबानमा परे पनि दीर्घकालीन रूपमा पानी निकास गर्ने प्रभावकारी व्यवस्था भएको छैन । उहाँले डुबानपछि पानी बाहिर निकाल्ने उपाय नहुँदा स्थानीयले

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]