विराटनगर।कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उहाँले बताउनुभयो।लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न बताउनुभयो। उह
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् । सिदिङ्वा गाउँपालिकाले प्रत्येक वडामा बाली उपचार तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सम्पन्न गरेको छ । सात वटा रहेको गाउँपालिकाका प्रत्येक वडामा सञ्चालित निःशुल्क घुम्ती शिविरबाट कुल एक हजार २६६ परिवार लाभान्वित बनेका छन् । कृषिसम्बन्धी शिविरमा बाली उपचारतर्फ ६४९ घरपरिवार लाभान्वित बनेका छन् । यस्तै, पशु स्वास्थ्य शिविरतर्फ ६१७ किसान परिवार लाभान्वित बनेका छन् । स
इटहरी। सुनसरीको विभिन्न स्थानमा वैशाख मेला तथा सिरुवा मेला लाग्ने क्रम सुरु भएको छ । नयाँ वर्षको सुरुसँगै कोशी गाउँपालिका २ र भोक्राहा नरसिंह गाउँपालिका ३ को सलहेस मन्दिरमा तीन दिने सिरुवा मेला लागेको छ । सांस्कृतिक कार्यक्रमसहितको तीन दिने सिरुवा मेला लागेको सलहेस मेला समितिका संयोजक जुगेश्वर यादवले जानकारी दिनुभयो । मधेशी तथा थारू सुमदायले आफ्नो मौलिक संस्कार र संस्कृति जोगाउदै स्थानीय थान तथा मन्दिरमा पूजापाससहित नयाँ वर्षको पहिलो दिनदेखि वैशाखभरि नै सिरुवा मेला विभिन्न स्थानमा लगाउने गरेको जनाएको छ । चैत्रको अन्तिम साता थारूहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । वर्तमान संगठन कमिटी अध्यक्ष रहेका रोहित कोइरालाले आइतबार विराटनगरमा अध्यक्षको घोषणा गरेका हुन् । विराटनगरको संगम पार्टी प्यालेसमा कोइरालाले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान प्रतिनिधि भेटघाटकै कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गरेका थिए ।एमाले मोरङको १० औं जिल्ला अघिवेशनमा संस्थापन पक्षलाई विनोद ढकाल र सागर थापाको समर्थनमा रहेको टोलीले पराजित गरेको थियो । अध्यक्षको दाबी गरिरहेका कोइराला पक्षको भेलामा उपस्थित सवैलाई खानासहितको निम्तो गरिएको थियो । कोइरालाले आइतब
इटहरी | सुनसरीको इटहरिमा सञ्चालित जनता माध्यमिक विद्यालयले आफ्नो पछिल्ला दुई कार्यकालको उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा सोमबार विद्यालय परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो।दुई वर्ष अघिसम्म १,२८४ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयमा अहिले ३,२०२ जना विद्यार्थीहरू अध्ययनरत छन्। यो संख्यात्मक वृद्धिले विद्यालयप्रतिको विश्वास बढेको स्पष्ट संकेत गरेको छ। समितिले शिक्षक तथा कर्मचारीका छोराछोरीहरूलाई समेत आफ्नै विद्यालयमा भर्ना गराएर विद्यालय सुधार अभियानलाई आत्मसात् गरेको बताइएको छ। यसले
इटहरी । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् । यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय ख
इटहरी | इटहरीको पश्चिम लाइनमा अवस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्डमा नेपाली जुत्ता उद्योगले आयोजना गरेको भव्य जुत्ता मेला अहिले चर्चाको केन्द्र बनेको छ। चैत २० गतेदेखि सुरु भएको यो मेला वैशाख मसान्तसम्म निरन्तर सञ्चालन हुनेछ, जसमा ग्राहकहरूले विभिन्न प्रसिद्ध नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरू ५० प्रतिशतसम्मको आकर्षक छुटमा खरिद गर्न सक्नेछन्।मेलामा बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायतका राष्ट्रिय स्तरमा परिचित ब्राण्डहरू सहभागी छन्। यी सबै जुत्ताहरू सिधै उत्पादक फ्याक्ट्रीबाट मेलामा ल्याएर बिक्रीमा राखिएका छन्। मेलामा राखिएका सबै जुत्ताहरू गुणस्तरको विश
इटहरी । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ सुरु भएको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो । दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर
इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाको सङ्गम स्थलमा पर्ने तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा चैत पहिलो सातादेखि गुराँस फुल्न थालेको हो । पाथीभरा पदमार्ग अन्तर्गत बलुडाँडा, गुराँसे र फेदी क्षेत्रमा ढकमक्क गुराँस फुलेर यहाँको दृश्य मनमोहक बनेको छ । गुराँसको मनमोहक दृश्यमा रमाउन पाइने हुँदा हिजोआज पाथीभरा दर्शनका लागि भक्तजन तथा धार्मिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको स्थानीयले बताएका छन् । माथिल्लो फेदीका स्थानीय होटेल व्यवसायी राजेन्द्र महतले पाथीभराको दर
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो । वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूल खेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो । किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीँको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताउनुभयो । गत आर्थिक वर्षमा वडा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.