All Posts By कोशी प्रेस

    Showing ६,५०१-६,५१० of १३,७३९ items.
  • उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध

    इटहरी। उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । यही जेठ ३० र ३१ गते आयोजित संगठनको ५२औँ वार्षिक साधारणसभाबाट आउँदो दुई वर्षका निम्ति राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपीन कावरा र सुबोध कोइराला तथा कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा सौरभ शारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध निर्वाचित भए । नवनिर्वाचित अध्यक्षले एक महिलासहित त

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ३३१ पटक पढिएको
  • पथरी शनिश्चरेमा कानुन पत्रकारिता तालिम

    इटहरी । मोरङको पथरी शनिश्चरेमा नेपाल पत्रकार महासंघ मोरङले एक दिवसीय कानून पत्रकारिता तालिमको आयोजना गरेको छ । शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा मोरङको पथरी शनिश्चरे वडा नं २ को सिन भिलेज पार्टी प्यालेसमा उक्त तालिम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उक्त तालिमको व्यानर पढेर उद्घाटन गर्नुहुँदै संचारकर्मीहरूले कानुन र संविधानको परिधिमा रहेर संचारकर्मीहरूलाई  पत्रकारिता पेशा अंगाल्न सुझाव दिदैं  के लेख्न हुने वा नहुने भन्ने मूल विषयलाई पत्रकारले ख्याल गर्नु समेत अनुरोध गर्नुभयो । उक्त तालिम नेपाल पत्रकार महासंघ मोरङ

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ४७६ पटक पढिएको
  • भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको विकासमा सक्रिय

    इटहरी । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ पालिकाबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । बैठकले विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जगेर्ना हुने गरी काम गर्ने निर्णय गरेको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिका बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो । त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछ

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २७५ पटक पढिएको
  • भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

    इटहरी । भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो । नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए । यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए । विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले वृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकार

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २२७ पटक पढिएको
  • खोटाङमा कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

    अक्षता याखा लिङ्खाइटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सम्बन्धी तालिम दिएको छ । रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएको नगरपालिकाले जनाएको छ । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा ७ महादेवस्थान वडा कार्यालयमा सात दिने तालिम गरिएको थियो । १२ जना विद्यार्थीसहित महिला उद्यमीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका को

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ३३१ पटक पढिएको
  • उदयपुरको बेलकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    इटहरी। मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ स्थित पेट्रोल पम्म नजिक मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक मौसम उदासका अनुसार वडा नं ३ स्थित घरबाट रामपुर बजारतर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको हो । दुर्घटनामा राईको घटनास्थलमै मृत्यु भएको शनिबार बिहानमात्र थाहा भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब निरीक्षक उदासले बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २८२ पटक पढिएको
  • मोरङको विराटनगर महानगरपालिका द्धारा पशुपालक कृषकलाई च्यापकटर वितरण

    इटहरी। मोरङको विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्यापकटर कुटी काट्ने मेसिन वितरण गरेको छ । पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो ।  संयोजक यादवका अनुसार महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्यापकटर हस्तान्तरण गरिएको हो । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्यापकटर प्राप्त गरेका छन् । कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ३१० पटक पढिएको
  • ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित

    इटहरी। ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित भएका छन् । आइटी एकेडेमीले शुक्रबार दीक्षान्त समारोहको आयोजना गरी डेभ्लोपरलाई प्रमाणपत्र वितरण गरेको हो । दीक्षान्त समारोहमा तालिम अवधिमा विद्यार्थीले निर्माण गरेको चारवटा वेबसाइट सार्वजनिक गरिएको छ । जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरी वेबसाइट सार्वजनिक गरिएको आइटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको ६ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभ्लोपर बनाइएको छ । एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २६९ पटक पढिएको
  • इटहरीमा सम्पन्न भयो अल अरोमाको प्रोफेशनल ब्यूटी एण्ड हेयर मास्टर क्लास — तीन नयाँ उत्पादन सार्वजनिक

    इटहरी | सौन्दर्य व्यवसायमा नवीनता, दक्षता र व्यावसायिक क्षमताको विकासलाई लक्ष्य बनाई अल अरोमाले इटहरीस्थित त्रियुगा होटलमा एक भव्य प्रोफेशनल ब्यूटी एण्ड हेयर मास्टर क्लास आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन अल अरोमा नेपालका नेशनल सेल्स म्यानेजर श्री जगन्नाथ चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रम कोशी प्रदेशभरिका विभिन्न क्षेत्रबाट सहभागी भएका ३०० भन्दा बढी ब्युटिसियन महिलाहरूको उपस्थितिमा अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भयो। मास्टर क्लासको मुख्य आकर्षण रहिन् — भारत, कोलकाताबाट आउनुभएकी अनुभवी हेयर टेक्निसियन मोनालिसा रोय बेनर्जी, जसले सहभागीहरूलाई हेयर केयर, स्टाइलिङ र आधु

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • १,००८ पटक पढिएको
  • नेपाल तामाङ संघ कोशी प्रदेश प्रथम अधिवेशनबाट सुबास मोक्तान निर्वाचित

    इटहरी | नेपाल तामाङ संघ कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा सुबास मोक्तान सहित निर्वाचित २८ जनाको नयाँ कार्यसमिति  सर्वसम्मतिले चयन भएको छ ।नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुबास तामाङ मोक्तानको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियोे । स्वागत मन्तव्य नेपाल तामाङ संघ सुनसरी जिल्ला सभापति मनोज तामाङले राख्नु भएको थियोे ।अधिवेशन विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देशका साथ सम्पन्न भयो।सांस्कृतिक कार्यक्रम अन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थि

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ५०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]