All Posts By कोशी प्रेस

    Showing ६,५३१-६,५४० of १३,०४७ items.
  • भोजपुरको पौवादुङमा गाउँपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ । गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ३३८ पटक पढिएको
  • ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

    इटहरी।  भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ३६७ पटक पढिएको
  • राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान

    इटहरी । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान गरिएको छ । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो । सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रूपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रूपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो । एक कार्यक्रमको आयोजना गरी शनिवार नेपाल सरकारका रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । सम्मानपछि खेलाडी राईले

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ४३९ पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापाको गौरादह नगर अस्पतालको शिलान्यास

    इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा ला

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ३९६ पटक पढिएको
  • मोरङको सुन्दरहरैंचामा ‘गोदावरी रिसोर्ट’ सञ्चालनमा

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइएको छ । नयाँ वर्ष २०८२ को सुरुवात साथै कोशी पर्यटन वर्ष २०८२ लाई समेत लक्षित गरी रिसोर्टले वैशाख १ गतेबाट औपचारिक रूपमा सेवा सुरू गर्न सम्पुर्ण तयारी गरिसकेको रिसोर्ट सञ्चालक रमेश खड्काले बताउनुभयो सन्चालककाअनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। अबको गोदावरी रिसोर्टमा उच्चस्तरीय अतिथि सेवा, बहुउद्देश्यीय हल, आधुनिक रेष्टुराँ, र विश्रामका लागि हरियालीयुक्त क्षेत्रहरू

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ६०८ पटक पढिएको
  • कृत्रिम बौद्धिकता तालिमको समापनसँगै संचारिका समूह कोशी प्रदेशमा नयाँ समिति गठन

    सृजना ठाकुरइटहरी । डिजिटल युगसँग सहकार्य गर्दै महिला पत्रकारलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले सञ्चारिका समूह कोशी प्रदेश समितिको आयोजनामा भएको तीनदिने कृत्रिम बौद्धिकता एआइ  सम्बन्धी तालिमको तेस्रो दिन शनिबार संचारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्य समिती गठन गरिएको छ । नवगठित कार्यसमितिमा अध्यक्षमा तारा आचार्य, उपाध्यक्षमा रुमा रिजाल, महासचिवमा जुन भट्टराई  , सचिवमा सुप्रिया राई, र कोषाध्यक्षमा कविता घिमिरे चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा इन्दु शाह, शान्ति राई, उर्मिला दनुवार, सृजना खुलाल, सिता लिम्बू र खुशिला सङ्ग्रौला रहेका छन् । यस अवसरमा अग्रज महिला पत्रकार

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • २८६ पटक पढिएको
  • खोटाङमा सुम्निमा पारुहाङको सालिक तोडफोड

    खोटाङ : किराँत राईहरूको भगवानको प्रतीक मानिने सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको छ।खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिक-६ को छितापोखरीमा निर्माण गरिएको सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको पालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन्।अध्यक्ष राईले शुक्रबार राति अज्ञात समूहले सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको बताए। उनले सालिक तोडफोड गर्नेलाई पकाउ गर्न खोटाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी दिएको बताए।छितापोखरीको मैस्याङ डाडामा दुई वर्षअघि कोशी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ४० लाख रुपैयाँ लगानीमा सुम्निमा पारुहाङको सालिक निर्माण गरिएको थियो। सालिक निर्

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • २७३ पटक पढिएको
  • छथर जोरपाटीमा उपाध्यक्ष सँग गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम प्रभावकारी बन्दै

    धनकुटा/ धनकुटाको छथर जोरपाटी का बिभिन्न स्वास्थ्य सेवा केन्द्रहरू बाट गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम गरिएको छ २०७९ सालको निर्बाचनमा होमिदै गर्दा गरिएका बाचा पुरा गर्न निति तथा कार्यक्रममा समाबेस गरेर मातृ मृत्युदर र बाल मृत्युदर कम गराउने उदेश्य ले यो उपाध्यक्ष सग सग गर्भवती भत्ता तथा सुशु पोषण कार्यक्रम लागू गरिएको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा ले बताउनुभयो । स्थानीय स्वयंसेवी स्वास्थ्यकर्मी साथै जनप्रतिनिधि हरूसँगको सहकार्यमा लक्षित वर्गका गर्भवती महिलाहरू तथा साना बालबालिकाका आमाहरुलाई पोषणसम्बन्धी भत्ता तथा सामाग्री वितरण गर्नुभएको हो । स्वास्थ्य त

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ५४५ पटक पढिएको
  • नेकपा एमालेको दमक आमसभा सम्पन्न, नेकोस अध्यक्ष परशुराम बस्नेत नेतृत्वको टिमद्वारा कार्यक्रमस्थलमा सरसफाइ

    झापा  दमक / नेकपा एमालेद्वारा झापाको दमकमा आयोजित बृहत आमसभा शनिबार सम्पन्न भएको छ। आमसभामा पार्टीका शीर्ष नेताहरूको उपस्थितिसँगै हजारौँ जनताको सहभागिता रहेको थियो आमसभा सफल बनाउन स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हजारौंको संख्यामा सहभागी भएको कार्यक्रममा शान्तिपूर्ण र व्यवस्थित सञ्चालनमा स्वयंसेवकहरूको सक्रिय सहभागिता उल्लेखनीय रह्यो।कार्यक्रमको सुरक्षादेखि लिएर सवारी व्यवस्थापन, पाहुना स्वागत, स्वास्थ्य सहायता, ट्राफिक व्यवस्थापन र सभास्थलको सरसफाइ जस्ता विभिन्न पक्षमा स्वयंसेवकहरू खटिएका थिए। दमकका युवा, विद्यार्थी, महिला तथा पार्टी समर्थक स्वयंसेवकहरू बिहानैदेखि खटिए

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ४५१ पटक पढिएको
  • सुनसरी कृष्टल एकेडेमी स्कुलको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर १६ मा अवस्थित सुनसरी कृष्टल एकेडेमी स्कुलले आफ्नो २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस अत्यन्तै भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । करिब दुई दशकदेखि शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान दिँदै आएको यस विद्यालयले स्थापनाको २० औं वर्ष पुगेको उपलक्ष्यमा विद्यालय प्राङ्गणमै विविध कार्यक्रमसहित भव्य समारोहको आयोजना गरेको हो।समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र धिमालको सभाध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन गौतम, सुनसरी जिल्ला व

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ७९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]