All Posts By कोशी प्रेस

    Showing ७,५४१-७,५५० of १३,७३९ items.
  • कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १५ जना पक्राउ

    इटहरी । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले मंगलबार प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई पक्राउ गरिएको हो। वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका–१ का ३० का तोयनाथ बास्कोटा, २२ वर्षीय निश्चल खत्रीलाई एक ग्राम २४० मिलिग्राम  ब्राउन सुगर र पाँचथर फिदिम नगरपालिका–४ का २० वर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गर

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ३५३ पटक पढिएको
  • पाँचथर गोल्डकपमा सेमिफाइनल चरणका खेल हुँदै

    इटहरी। पाँचथरको फिदिममा जारी पाँचौँ संस्करणको फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ। बुधबार तीन बजे मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र इन्ट्रा पथरी फुटबल क्लब मोरङ बिच पहिलो चरणको खेल हुने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो । मच्छिन्द्र क्लब क्वटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो भने पथरी आयोजक पाँचथर क्लबलाई हराँउदै सेमी फाइनमा पुगेको हो । अन्तिम सेमिफाइनलमा नमो बुद्व फुटबल क्लब सप्तरी र चर्च ब्वाइज क्लब काठमाडौँले प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल चैत २ गते हुने तालिका छ। फागुन २४ गते सुरु भएको पाँचौं संस्करणको पाँच

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ४१० पटक पढिएको
  • तेस्रो वराहक्षेत्र नगर स्तरीय खुल्ला रोड रेसमा पुरुषतर्फ कालुमान, महिलातर्फ रिना प्रथम

    इटहरी । नवौँ स्थापना दिवसको अवसरमा बुधवार वराहक्षेत्र नगरपालिकाले नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना गरेको छ। तेस्रो संस्करणको उक्त प्रतियोगिताको पुरुषतर्फ वराहक्षेत्र(८ का कालुमान राई प्रथम भएका छन् । उनले निर्धारित दुरी २६ मिनेट २ सेकेण्डमा पार गर्न सफल भएका थिए । त्यस्तै २६ मिनेट ४  सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र(७ का सुर्य तामाङ दोस्रो, २६ मिनेट १९ सेकेण्ड दुरी पार गर्दै वराहक्षेत्र(८ का भरत कविरथ तेस्रो भएका छन्। प्रथम भएका कालुमानले नगद १० हजार, दोस्रो भएका सुर्यले नगद ७ हजार, तेस्रो भएका भरतले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  त्यस्तै महिला तर्फ

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ३८८ पटक पढिएको
  • इटहरीमा लागू औषध दुव्र्यसनविरुद्ध विशेष अभियान सञ्चालन

    इटहरी |"अबको युद्ध, दुव्र्यसनविरुद्ध" भन्ने मूल नाराका साथ इटहरीमा लागू औषध दुव्र्यसनविरुद्धको विशेष अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख D.I.G राजन अधिकारीले समाजलाई सुरक्षित राख्न दुव्र्यसनविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, विशेषगरी बालबालिकालाई खेलकुद र सकारात्मक क्रियाकलापमा संलग्न गराउनुपर्ने कुरा उल्लेख गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध नियन्त्रणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो। विशिष्ट अतिथि इटहरी उपमहानगरपालिकाका नगर पित

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ४६७ पटक पढिएको
  • संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद भगबती चौधरी

    सुबास घिमिरे / काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताउनु भएको छ । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीले संसदलाई आरोपप्रत्यारोपको थलो बनाउन नहुने बताउनु भएको हो । पछिल्लो समय मुलुकले व्यहोरिरहेको बेरोजगारी, युवा पलायन, महिला हिंसा लगायतका विषयहरु संसदमा प्रवेश नपाउँदा जनताका विषयहरु गौण भइरहेको बताउँदै सांसद चौधरीले राजनीतिक दलहरुलाई देश र जनताका पक्षमा एकबद्ध भएर अगाडी बढ्न अनुरोध गर्नुभय

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २९० पटक पढिएको
  • स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

    इटहरी | इटहरी उप-महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजनामा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि निःशुल्क प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।इटहरी–७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा ३५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरमा विशेष गरी महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, रोकथाम तथा उपचारसम्बन्धी परामर्श प्रदान गरिएको थियो।शिविरमा इटहरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मनिष शर्माको टोलीले स्वास

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ६३७ पटक पढिएको
  • धनकुटाका दुई स्थानीय तहले मनाए स्थापना दिवस

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएका छन् । छथर जोरपाटी गाउँपालिकाले जोरपाटीमा र साँगुरीगढी गाउँपालिकाले भेडेटारमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएका हुन् । छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवसको उद्धाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य राजेन्द्र राईले जनताको आय स्तरमा वृद्धी भयो भएन भनेर काम गर्ने बेला आएको बताउनु भयो। उहाँले मुलुकको विकासको लागि राज्यले निति बनाएर जनसंख्या बढाउनु पर्ने बेला आएको बताउनु भयो । छथर जोरपाटी गाउँपालिकाले स्थापना दिवसमा क्षेत्री ब्राह्मण समुदायको संगीनी नृत्य, लिम्बूको साकेला, राईको चण्डी नृत्य

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४३४ पटक पढिएको
  • वराहक्षेत्रमा नगरपालिका स्थापना दिवसमा रक्तदान, ८६ पिन्ट रगत सङ्कलन

    इटहरी ।  नवौँ स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । मङ्गलवार बिहान नगरपालिकाले कार्यालय परिसरमा रक्तदान आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत सङ्कलन भएको थियो । ुरक्तदान जीवनदानु भन्ने मूल मन्त्रलाई आत्म साथ गर्दै रगतको अभावलाई समाधान र मानव सेवाका लागि रक्तदान गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्की रमेश कार्कीका अनुसार नगरपालिकाले स्थापना दिवस र संविधान दिवसको अवसर पारेर वर्षमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । २०७३ फाल्गुन २७ गते साबिकका वराहक्ष

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २५३ पटक पढिएको
  • धरान ५ बाट ४ समेत सुन्दरहरैचा, उर्लाबारी, झापा, त्रियुगा, कोशी, कञ्चनरुप, धनुषाका १५ जना लागुऔषध सहित पक्राउ

    इटहरी । वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान ५ का ५३ वर्षीय प्रेमबहादुर लिम्बू, १९ वर्षीय  निकेश लिम्बू, १९ वर्षीय रेजिना खत्री, १९ वर्षीय सूर्य लिम्बूलाई सोमवार राती लागुऔषध सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूबाट प्रहरीले ट्रामाडोल ३ हजार २९० ट्याब्लेट, स्पासपेन ६०२ चक्की प्रतिबन्धित औषधी बरामद गरेको छ ।  झापामा  मङ्गलवार प्रहरीले हल्दिबारी(१ का ३० वर्षीय तोयनाथ वास्कोटा, २२ वर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुर र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २५९ पटक पढिएको
  • स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन

    इटहरी । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिलकुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । जोगी नेपाल विद्यार्थी सङ्घबाट हुनुहन्छ । यस्तै, सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल सर्वसम्मत चयन हुनुभएको छ । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन हुनुभएको छ । सदस्यहरूमा नेविसङ्घका सौगात विष्ट, अखिल क्रान्तिकारीका शान्तिला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ । यस्तै, सदस्यमा अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङ सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन तालिकाअनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता सम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]