धरान / सुनसरीको बाम आन्दोलनका उर्वर र ऐतिहाँसिक स्थान बलाहाका ८० बर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेलले नेकपा (एमाले)को २०८२ सालको सदस्यता नविकरण गर्नु भयो । त्यस्तै ९२ बर्षिय अग्रज नेता भवानी पोखरेलले पनि आफ्नो सदस्यता नविकरण गर्नु भयो । शनिवार नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएकाे को वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँले सदस्यता नविकरण गर्नु भएको हो । उहाँहरु जस्तै बलाहाका अग्रजहरू ७८ बर्षीय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७४ बर्षीय बुद्धकुमार नेपाल, ७३ बर्षीय गणेश निरौला, ७० बर्षीय मननारायण श्रेष्ठलगायत व्यक्तित्वहरुले पार्टी सदस्यता नवीकरण गर्नु
इटहरी । पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको इटहरीस्थित विश्व आर्दश एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा हिसान स्पोर्ट्स मिटमा उत्कृष्ट प्रदर्शन गर्ने ८० भन्दा बढी विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।एकेडेमीले एक विशेष सम्मान समारोह आयोजना गरी विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गर्दै हौसला दिएको हो। सम्मान समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो। साथै, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश शाह, एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, प्राचार्य गणेश दुलाल लगायत अन
इटहरी । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण थालेको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले दुई साताअघि नेपाल आयल निगमको केन्द्रीय कार्यालयसँग फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र राख्न माग गरेपछि टोली सम्भाव्यता अध्ययनका लागि फाप्लु आएको हो । पर्यटक आउने मौसममा हजारौँ पर्यटक पुग्ने खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा जुनसुकै बेला हवाई उडान रद्द हुने र पर्यटक तथा सहयोगीको बिचल्ली हुने समस्याको समाधानका लागि हवाई इन्धन भण्डारण केन्द्र राख्न माग गरे अनुसार छिटै काम सुरु भएकोेमा खुसी व्यक
इटहरी । त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न ९लोगो० सार्वजनिक गरिएको छ । ऐतिहासिक धार्मिक, एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको हो । पूर्व अर्थमन्त्री महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई लगायतले लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनिक सूचना निकालिएको थियो । उक्त सूचन
इटहरी । पाँचथर जिल्लाका विभिन्न स्थानमा तीनपाङ्ग्रे साधन ९अटो० चलाएर नागरिकको आवागमनमा सहजीकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ । उहाँहरुलाई फिदिममा आयोजित एक कार्यक्रममा सामूहिक सम्मान गरिएको हो । अन्तरपार्टी महिला सञ्जाल पाँचथरले एक सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा करुवा र कदर पत्रमार्फत उनीहरु सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा फालेलुङकी गीता केरुङ र हिलिहाङकी सुस्मिता सेर्पासँगै फिदिमका सोनु तुम्बापो र प्रेमकुमारी आले हुनुहुन्छ । सम्मान हुनेमा गीता केरुङ जिल्लाकै पहिलो अटो चालक महिलाका रुपमा पहिचान बनाउन सफल हुनुहुन्छ । अटो चाल
इटहरी। ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर यो ऐतिहासिक क्षेत्रमा पुरातात्विक विभाग वा सङ्घीय र प्रदेश सरकार कसैको पनि नजर पुगेको छैन । रावाबेसी गाउँपालिका–४ डुम्रेधाापानीमा रहेको कोटगढी बाइसे–चौबीसे राज्यको पालामा राज्य एकीकरण गर्नका लागि सेनाहरुले युद्ध गर्न बसेको ठाउँ मानिन्छ । किरातवंशीय शासकहरुले राज्य सञ्चालन गर्ने समयमा सेनाहरु बस्न निर्माण गरिएको घरको अवशेष कोटगढीमा अझै सुरक्षित छ । सेनाहरुले खानेपानी जम्मा गर्न निर्माण गरेको इनार र इनार
इटहरी। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मिहिनेतनै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताउनुभएको छ । श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रगतिको जनचाहना पूरा गर्न मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताउनुभयो । उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिनुभयो । देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थी
इटहरी । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए । यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९–८० मा विनियोजित ४० लाख र २०८०–८१ मा विनियोजित २० लाख खर्च भएको जना
इटहरी / नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टर द्वारा कोशी प्रदेश का बैंक , बिमा तथा नेपाल टेलिकम का बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय का सहायक निर्देशक श्री पुष्पा खनालको प्रमुख आतित्यतामा यही फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को प्रागणमा संचालित सो कार्यक्रमको सभापतित्व निप्स इटहरी च्याप्टरका उपाध्यक्ष गणेश श्रेष्ठले गर्नुभएको थियो। त्यसै गरि अतिथि हरुमा निप्स कोशी काेषाध्यक्ष नारायण गौतम , सिद्धार्थ प्रीमियर इन्स्योरेन्स का प्रकाश निरौला, प्रभु इन्स्योरेन्स का प्रदेश प्रमुख सुनिल पाण्डे , प्रोटेक्टिभ
इटहरी | इटहरीमा शनिबार सम्पन्न दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा दुई हजारभन्दा बढी धावकले भाग लिए। स्थानीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले धावकहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरेको छ। प्रतियोगिता तरहरा रनको आयोजनामा सम्पन्न भएको हो, जसमा विभिन्न उमेर समूह तथा वर्गका धावकहरूले आफ्नो क्षमताको प्रदर्शन गरे।प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठले गरे। उनीहरूले इटहरी र आसपासका क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.