All Posts By कोशी प्रेस

    Showing ७,६५१-७,६६० of १३,७४३ items.
  • फालेलुङमा बन्यो पाँच शय्याको अस्पताल

    इटहरी  । फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । फालेलुङ ३ को नाम्लुवामा सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको अस्पताल भवनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गर्नुभयो । अस्पताल भवन उद्घाटन गर्दै मन्त्री पौडेलले करोडौं खर्च गरेर निर्माण भएको भवनबाट नागरिकलाई भरपुर दिने वातावरण बनाउन लागि पर्ने बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ, शिक्षा र सडकको आधारभुत सुविधा नहुँदा गाउँहरू उजाड बन्दै गएको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले बनाउने नीती कार्यक्रममा आय मुलक कार्यक्रमलाई

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • १६४ पटक पढिएको
  • कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरलाई

    इटहरी । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधी जितेको हो । सुनसरीको भोक्राहा स्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रमक अर्धशतकिय इनिङमा ८ बिकेट गुमाउदै प्रतियोगिताकै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो । आक्रमक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार पारी खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । ३४ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ५ चौकाको मदतमा ५३ रन बनाए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • २६८ पटक पढिएको
  • मकालु इङ्लिस बोर्डिङको वार्षिकोत्सवमा पत्रकार शिक्षक सहित विभिन्न व्यक्तित्व सम्मानित

    इटहरी : इटहरी वडा नं. ५ मा सञ्चालित मकालु इङ्लिस बोर्डिङ स्कुलले शनिबार २४ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार अमर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।कार्यक्रममा पत्रकारिता क्षेत्रमा खड्कासहित पूर्व विद्यार्थीबाट डाक्टर उज्जवल पौडेल र इन्जिनियर सुभाष आचार्यलाई सम्मान गरेको हो । यसैगरी विद्यालयका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सम्मान गरिएको हो ।कार्यक्रममा ७० वर्ष पार गरेका जेष्ठ नागरिक रत्नमाया कार्की, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट, रत्नमाया ढकाल, रुकमणी दुलाल, हरिमाया अधिकारी, गणेश गिरीलगायतलाई सम्मान गरिएको छ ।विद्

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४०० पटक पढिएको
  • मायादेवी पार्कको प्रवेशद्वार अनावरण, पूर्व प्रदेश सांसद् ’कृष्णकुमारी राईको जीवनयात्रा’ पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ०७ मा रहेको मायादेवी पार्कको प्रवेशद्वार भव्यताका साथ अनावरण भएको छ । शुक्रबार कोशी प्रदेशका सांसद मान बहादुर लिम्बुले बौद्ध परम्परा अनुसार १०८ दीप बालेर र शिलालेख अनावरण गर्नुभएको हो ।  मायादेवी पार्क संचालक समितिद्वारा आयोजित दोस्रो सञ्चालक समितिको वार्षिक साधारण सभा तथा ’ कृष्णकुमारी राईको जीवन यात्रा ’ पुस्तक लोकार्पण पनि भएको थियो । प्रमुख अतिथि समेत रहनुभएका सांसद लिम्बुले पूर्वी नेपालको एक लोकप्रिय धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय तहका निकायहरूका जिम्मेवार सरोकारवाला जनप्रतिनिधिहरूले राजनीतिक चश्माले नहेरी सबै

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • २४८ पटक पढिएको
  • तरहराको एप्पल मन्टेश्वरी स्कूलको अभिभावक दिवस सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्पल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहे। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो।विद्यालयकी प्रिन्सिपल चन्द्रकला घिमिरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि न

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ३७० पटक पढिएको
  • सिवि आवसिय सेकेण्डरी स्कुलको अभिभावक दिवश तथा पुरस्कार बितरण समारोह सम्पन्न

    इटहरी । इटहरी ४ स्थित सिवि आवसिय सेकेण्डरी स्कुलले शुक्रबार  अभिभावक दिवश तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयले बिभिन्न समयमा आयोजना गरेको खेलकुद तथा परिक्षाहरूमा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थिहरूलाइ पुरस्कार बितरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामीला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बिद्यार्थीहरूलाइ सुभकामना सहित पुरस्कार बितरण गर्नुभएको थियो ।  कार्यक्रममा बिद्यार्थीहरूले बिभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा ५ सय भन्दा बढी अभिभावकहरूको उप

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • २५३ पटक पढिएको
  • संगीतकर्मी राजु के.सी. लाई ‘नातिकाजी राष्ट्रिय योगदान सम्मान–२०८०’ प्रदान

    इटहरी । नेपाली संगीतको प्रवद्र्धन, विकास र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका संगीत साधना प्रतिष्ठान, इटहरीका राजु के.सी. लाई नातिकाजी राष्ट्रिय योगदान सम्मान–२०८० प्रदान गरिएको छ । संगीत महर्षि नातिकाजी श्रेष्ठको १ सय औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यो सम्मान प्रदान गरिएको हो । नेपाली संगीतलाई विभिन्न माध्यमबाट जनता सम्म पु¥याउन गरेको निरन्तर प्रयासको उच्च कदर गर्दै नातिकाजी स्मृति समाजले यो सम्मान प्रदान गरेको हो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटा तथा प्रमुख सल्लाहकार संरक्षिका सरस्वती श

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४१८ पटक पढिएको
  • ओली एन्ड एसोसियट्सद्वारा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

    इटहरी । ओली एन्ड एसोसियट्स इटहरी ब्रान्चले अभिभावक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूसँग अन्तरक्रिया गरिएको थियो । सन् २००२ मा स्थापना भएको ओली एन्ड एसोसियट्सले २३ वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा संस्थाले विद्यार्थी तथा अभिभावकहरूको विश्वास जित्दै आफ्नो सञ्जाल फराकिलो बनाएको छ । कार्यक्रममा १ सय  भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी अभिभावकहरूले संस्थाको सेवा प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्न सुझाव दिएका छन् । भवानी ओलीले ओली एन्ड एसोसियट्सको कार

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • १,०२४ पटक पढिएको
  • खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै

    इटहरी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् । प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । 

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • २५८ पटक पढिएको
  • झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

    इटहरी । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र  सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् । बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा  स्कुटरको ब्याट्री रहने बक्स भित्

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • २७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]