इटहरी। कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छैनन् । रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले कोशी प्रदेशका एक हजार ७७ वटा सहकारी संस्थाको नियमन तथा अनुगमन गर्दै आएको छ । एउटा पालिकाभन्दा बढी कार्यक्षेत्र भएका सहकारी संस्थाको अनुगमन तथा नियमनको जिम्मा रजिस्ट्रार कार्यालयले पाएको छ । प्रदेशका १४ जिल्लामध्ये भोजपुर र सोलुखुम्बुका कुनै पनि सहकारी संस्थाले आर्थिक वर्ष २०८०र८१ विवरण हालसम्म बुझाएका छैनन् । रजिस्ट्रार कार्यालयको तथ्याङ्क अनुसार भोजपुरमा २३ र सोलुखुम्बुमा १४ वटा विभिन्न प्रकृति
इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोही गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा आज शोक मनाउन सार्वजनिक बिदा दिएको हो । क्यान्सर रोगले पीडित नेम्वाङको बुधबार बिहान ४६ वर्षको उमेरमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले शोेक विज्ञप्ति प्रकाशन गर्दै गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थासँगै बैंक र वित्तीय संस्थाहरुमा शोक बिदा दिने जानकारी सार्वजनिक गर्नु भएको हो । आङदेम्बेद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेम्वाङ एक होनहार जनप्रतिनिधि, सामाजिक अभियन्ता र खेलाडी रहेको उल्लेख छ । उहाँले पुर्याएको योगदानला
इटहरी। जिल्लाका आठ वटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय पालिकाहरूको सहयोगमा कृषक समूहरुको छनोट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनोटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपाल
इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई यस वर्ष विशेष रूपमा मनाउने तयारी गरेको छ।विद्यालय प्रशासनका अनुसार भोलि शुक्रबार हुने कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न अतिथिहरूको उपस्थिति रहनेछ। विद्यालयका प्रिन्सिपल राजेश बस्नेतले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, अभिभावक र विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैलाई उपस्थित हुन अनुरोध गरेका छन्।विद्यालयले पिजी (प्ले ग्
इटहरी | नेपाल लोकतान्त्रिक थारू संघ जिल्ला कमिटी सुनसरीको चौथो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सुनसरीको इटहरी वडा नम्बर १६ स्थित जब्दी मन्दिर पाङ्गणमा आयोजित उक्त अधिवेशन नेपाल लोकतान्त्रिक थारू संघ जिल्ला कमिटी सुनसरीका अध्यक्ष दुखिलाल चौधरीको अध्यक्षता तथा नेपाल लोकतान्त्रिक थारू संघका केन्द्रीय अध्यक्ष एवम् नेकपा एमाले पार्टी अनुशासन आयोग केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य लालमनि चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अधिवेशनले संगठनको नेतृत्वलाई सशक्त बनाउन नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा राज कुमार चौधरी, उपाध्यक्षमा शशि कुमार चौधरी, सचिवमा श्याम चौधरी, उपसचिवमा अनिता
इटहरी / प्रजातन्त्र दिवसका अबसरमा नेकपा एमाले इटहरी उपमहानगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका अगाडि प्रजातन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीकोको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि चौधरीले नेकपा एमाले राजनीति मात्र नभएर समाजमा आवश्यक पर्ने विभिन्न सामाजिक गतिविधिहरु निरन्तरताका साथ गरिरहेको बताउँदै रक्तदान पनि त्यसैको एउटा पाटो रहेको र जनतालाई आवश्यक पर्ने जस्तासुकै काममा पनि नेकपा एमाले अग्र स्थानमा रहने बताउनुभयो
सुन्दरहरैंचा / प्रजातन्त्र दिवसकाे अवसर पारेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटचोक सेवा केन्द्रले वित्तिय साक्षरता, पर्यटकीय क्षेत्र सरसफाई तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।सहारा नेपाल सेवा केन्द्र बिराटचाैक संचालन उप समिती सदस्य रन्जु थापाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम विस्वास खवासको प्रमूख आतिथ्यमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ स्थित किचकगढ पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी सहित संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा किचकगढ पर्यटकीय क्षेत्र संचालन समितीका अध्यक्ष
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश संरचनालाई जनताले सुनिने, देखिने र अनुभव गर्ने बनाउन आफुहरु क्रियाशिल रहेको बताउनुभएको छ । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा कोशी प्रदेश सरकारले बुधबार विराटनगर स्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघिय, प्रदेश र स्थानीय सरकार बीचको समन्वय, सहकार्य र एकताका आधारमा मुलुकलाई समुन्नत र समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । उहाले मुलुक र संविधानको रक्षा कुनै एक व्यक्ति वा संस्था भन्दा पनि सम्पूर्ण नेपालीको एकता र सहकार्यबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो । नेपालको सा
इटहरी । आगामी साउनमा मजदुर, कामदार तथा कर्मचारीको नयाँ न्यूनतम वेतन निर्धारण गर्दा भौगोलिक आधारलाई अपनाउन पूर्वका उद्योगीले सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजनामा भएको न्यूनतम वेतनसम्बन्धी छलफलमा नयाँ दर देशको आर्थिक अवस्थालाई बुझेर मात्रै निर्धारण गर्न सुझाव दिएका हुन् । श्रम ऐन अनुसार सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दछ । जस अनुसार आगामी साउनदेखि देशभर नयाँ दरको न्यूनतम पारिश्रमिक मजदुरका लागि सिफारिस हुने छ । कोशी प्रदेशका उद्योगी व्यवसायीले भने देशभरको समान मापदण्ड बनाउन नहुने निष्कर्षसहित सरकारलाई भौगोलिक वा प्र
इटहरी । लामो समयदेखि स्थानीयले अतिक्रमण गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रको सरकारी तथा नदी उकास जग्गा स्थानीय सरकारले खाली गराउन थालेको छ । जग्गा खाली गराउनुपूर्व सुरुमा ३५ दिनको, त्यसपछि १५ दिनको र अन्तिममा सात दिनको सूचना जारी गरेर जग्गा खाली गर्न आह्वान गर्दा पनि अटेर गरेपछि चौदण्डीगढी नगरपालिकाले एक्साभेटर लगाएर जग्गा खाली गराउन सुरु गरेको हो । नगरपालिकाले बेल्टार बजार क्षेत्रमा पर्ने नदी उकास जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी निर्माण गरेका घरटहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहितको टोलीमार्फत एक्साभेटर लगाएर हटाएको हो । नगरको वडा नम्बर ७ स्थित बाख्रा बजा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.