सुनसरी / रामधुनी नगरपालिकाले न्यायिक समितिसँग प्रहरी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ। नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख तारा थापाको अध्यक्षतामा भएको यो कार्यक्रमले स्थानीय सरकार र प्रहरी प्रशासनबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको थियो।कार्यक्रम रामधुनी नगरपालिकाको न्यायिक समितिको पहलमा आयोजना गरिएको हो। यस अवसरमा न्यायिक समितिका सदस्य, प्रहरी प्रशासनका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।नगर प्रमुख शंकरलाल चौधरीले कार्यक्रममा बोल्दै न्यायिक समिति र प्रहरी प्रशासनको सहकार्यले स्थानीय तहमा शान्ति, सुरक्षा र कानूनी शा
इटहरी : इटहरी २० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।८१ सम्ममा दुई करोड ३१ लाख बढी नाफा कमाएको छ ।पछिल्लो समय सहकारी संस्थाहरूले बचतकर्ताको रकम अपचलन गरेका घटना बाहिरिरहँदा यस सहकारीले भने बचतकर्ताको मन जित्दै नाफा कमाएको हो ।सहकारीको अडिट रिपोर्टअनुसार आर्थिक वर्ष २०८०।८१ मा उक्त सहकारीले दुई करोड ३१ लाख ५१ हजार ९४ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७९।०८० मा भने सहकारीको नाफा एक करोड २६ लाख ८९ हजार २४२ रुपैयाँ थियो ।तर, पछिल्लोपटक भने सहकारीले अघिल्लो वर्षभन्दा एक करोड बढी नाफा आर्जन गरेको हो । यसरी हेर्दा करिब ८० प्रतिशत ह
विराटनगर । झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख (पूर्वमेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ उनी परेका हुन् ।बिर्तामोड– ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक–पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ । बालिकाको जाहेरीपछि प्रहरीले आज (सोमबार) शिवाकोटीलाई पक्राउ गरेको हो ।झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन् । आमा भारतमा छन् ।आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन
पथरी / मोरङको पथरी शनिश्चरेमा हुने लिम्बू समुदायको चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमशः गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने भएको छ ।कार्यक्रममा याक्थुङ स्टार सिजन १ विजेता अञ्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतका कलाकार आउने भएका छन् ।पथरी शनिश्चरे स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।कार्यक्रम समापनको साँझ पुस- २ गते अञ्जना नाल्बो, याक्थुड स्टार सिजन १ सेकेण्ड
सुनसरी / बराहक्षेत्र नगरपालिका वडा नम्बर-८ मा रहेका दुई विद्यालयका विद्यार्थीहरूलाई समाजसेवी भिम कट्वालले न्यानो कपडा वितरण गर्नु भएको छ। बराहक्षेत्र वडा नम्बर-८ दोभानस्थित सुनसरी रामधुनी आधारभूत विद्यालय र गलफडियास्थित सुनसरी आधारभूत विद्यालयमा अध्ययनरत १२५ थान विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गर्नु भएको हो ।नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन सुनसरी क्षेत्र नम्बर-४ का प्रतिनिधि समेत रहेका कट्वाल लोकप्रिय युवा नेता, समाजसेवी, र बुद्धिजीवीका रूपमा परिचित उहाँ । यस सामाजिक कार्यका लागि उहाँले आफ्नो व्यक्तिगत लगानीमार्फत समाजमा उदाहरणीय सहयोग पुर्याउनु भएको छ ।समाजसेवी कट्वालले बिगत
धरान | धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ ।पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभरबाट सहभागि हुने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा बढि विद्यार्थीहरु फेस्टमा प्रतिस्पर्धा गर्न तथा अवलोकनका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए । आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि ए
इटहरी । पूर्वकै सवैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्ष भन्दा बढी एक जना बिरामी एनआइसियू कक्षमा उपचार गरि रहेका छन् ।अस्पताल प्रशासनले बिरामी निकालेर लगि दिए हुने सोचमा भएतापनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन पनि सकेका छैनन् ।कहलिएका चिकित्सकहरुबाट उपचार पाइने र निजी भन्दा धेरै कम खर्चमा उपचार हुने आसले भर्ना गरेका इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाईंको अवस्थामा कुनै सुधार आउन सकेको छैन् । उनी अचेत अवस्थामा छन् ।चिकित्सकले ‘पर्ख र हेर’ नीति अनुसार अघि बढेको प्रतिक्रिया दिने गरेका छन् । बजगाईका परिवारका सदस्यले
ताप्लेजुङ | ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।पाथीभरा क्षेत्र विकास समितिको आर्थिक वर्ष २०७४–७५ देखि २०८०–८१ सम्मको तथ्याङ्कअनुसार १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचानामा उल्लेख गरको छ ।क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१–८२
सुनसरी / नेपाल पत्रकार महासंघको कोशी प्रदेश कार्यसमितिको आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। प्रदेशका १४ वटै जिल्लाका पत्रकारहरूले विराटनगरस्थित महासंघको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृत यज्ञ शर्माका अनुसार विभिन्न पदमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ।अध्यक्ष पदका लागि भरतबहादुर खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्ष पदका लागि कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाले उम्मेदवारी दिएका छन्।महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान प्रतिस्पर्धामा छन् भने महासचिव पदमा अमृतकुमार बाँस्तो
इटहरी / नेकपा एमाले इटहरी वडा नं १३ को तेस्रो वडा अधिवेशन बाट देव बहादुर कटुवाल (देवेन्द्र ) को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन भएका छन् ।कमिटीको उपाध्यक्षमा भूपेन्द्र सरदार, सचिवमा भीम सुवेदी, उपसचिव महिला मनिता तिम्सिना, उपसचिव ईश्वरीप्रसाद लुइटेल (काजी) सहित २६ जना सदस्यहरू सर्वसम्मत रुपमा चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष सुशील शाहले बताउनुभयो। २०८१ मङ्सिर २२ गतेदेखि २४ गतेसम्म चलेको अधिवेशनमा खुल्ला सत्रमा प्रमुख अतिथि कोशी प्रदेश माननीय सांसद रोहित बहादुर कार्की, कोशी प्रदेश माननीय सांसद मिना श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा इटहरी इन्चार्ज प्रमोद शेर्प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.