All Posts By कोशी प्रेस

    Showing ८,४६१-८,४७० of १३,७४३ items.
  • बराहक्षेत्र नगरपालिकामा "रोबोटिक्स कार्यशाला कार्यक्रम" प्रारम्भ

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकामा "रोबोटिक्स कार्यशाला कार्यक्रम" प्रारम्भ भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा रहेको श्री प्रकाश मा.वि., सनसाइन ईंग्लिश बोर्डिङ , डाेबर ईंग्लिश बोर्डिङ र जय सप्तकोसीको  ९,१० मा आध्यनरत बिद्यार्थी हरुको उपस्तिथिमा आज रोबोटिक्स कार्यशाला सुरु गरिएको छ ।बराहक्षेत्र -१० वडाकार्यलयको संरक्षकमा र धरान पुर्वन्चल इन्जिनियरिङ क्याम्पसका स्वबियु सभापति इन्जिनियर नवीन श्रेष्ठको संयोजनमा तथा प्रकाशपुर युवा जमातको आयोजनामा रोबोटिक्स कार्यशाला सञ्चालन गरिएको हो।आज उक्त कार्यशाला सभापतिको रूपमा प्रकाशपुर युवा जमातकोअध्यक्ष मनिस मगर रहनु भएको थियो भने प्रमुख

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ४६२ पटक पढिएको
  • दुहबी वडा १० मा लागुपदार्थ तथा दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    दुहवी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० मा लागुपदार्थ तथा दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले समाजमा लागुपदार्थको दुव्र्यसनीको समस्या र यसबाट हुने नकारात्मक प्रभावहरूबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको आयोजना प्रेस नेटवर्क मेनेजमेन्टले आयोजना गरेको हो भने दुहबी नगरपालिका वडा नम्बर १० ले यसमा विशेष सहयोग गरेको थियो। हेल्पिङ युथ सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको हो।कार्यक्रम दुहबी वडा नम्बर १० को जनता माबि सिमरियामा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथिको रूपमा दुहबी नगरपा

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • २८७ पटक पढिएको
  • उदयपुरको रौतामाई ६ लाई बालमैत्री वडा घोषणा

    इटहरी । उदयपुरको रौतामाई गाउँपालिका ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । वडा कार्यालय परिसर चिसापानीमा आयोजित एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारका पूर्ववन तथा पर्यटनमन्त्री एवं प्रदेश सभा सदस्य नारायण बुर्जा मगर र रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले लालिगुँरासको विरुवा रोपेर बालमैत्री वडा घोषणा गरेका हुन् ।  नेपाल सरकारले तय गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७९ले तोकेका ५१ सूचक पुरा गरेसँगै वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पृथ्वीकुमार राईले बताए । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुर र हुरण्डेक उदयपुर

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • १५१ पटक पढिएको
  • भ्रमण वर्ष २०२५ः मुन्दुम ट्रेललाई विश्वस्तरीय गन्तव्य बनाउन तयारी तीव्र

    इटहरी । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै मुन्दुम ट्रेलको प्रवर्द्धनका लागि तयारी बैठक सम्पन्न भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कार्यक्रमको नेतृत्व गर्नुभएको थियो । ग्रेटर मुन्दुम ट्रेल अवधारणालाई अघि सार्दै खुवालुङ देखि चोमलुङ्गा सम्मका क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिएको छ । बैठकमा लालीगुराँस महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथन, सांस्कृतिक साहित्यिक महोत्सव, हनी हन्टिङ, माउन्टेन साइक्लिङ, र

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • २३० पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

    इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजे पछिदेखि सामान्य हिमपात सुरु भएको हो । पाभीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात् फाटफुट्ट हिमपात भइरहेको छ । पाथीभरा क्षेत्रमा कुनै वर्ष असोज महिनामै हिमपात हुने गरेको थियो । यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • २०६ पटक पढिएको
  • आगलागीबाट खोटाङमा एक घर जलेर नष्ट

    इटहरी। खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको हो । बुधबार राती ८ः१५ बजेको समयमा घरमा आगलागी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आएलगत्तै नजिकै रहेको डुम्रेधारापानी प्रहरी चौकी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा आगो राति साढे १० बजे नियन्त्रणमा आएको उहाँको भनाइ छ । आगलागीबाट इन्द्रबहादुर भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरसँ

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • १८६ पटक पढिएको
  • अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

    इटहरी। कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ। बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन ९४० किलोग्राम०को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ। अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ। ठुलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ। सामान्य गुणस्तर भएको अलैँची प्

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • २५२ पटक पढिएको
  • वराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

    सुनसरी — सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकीको नवनिर्मित भवन समुद्घाटन गरिएको छ।बुधवार कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ र बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरे। कार्यक्रम प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।नेपाल सरकारको ३ करोड १९ लाख ४० हजार रुपैयाँको लागतमा अढाई तल्ले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। यस भवनमा कार्यालय, भान्साघर, र शौचालयजस्ता आवश्यक संरचनाहरू रहेका छन्।उद्घाटन समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख खापुङले निर्माण कार्यमा योगदान दिने सबै

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • २०१ पटक पढिएको
  • सुन्दरहरैंचाको दौतरी बलिया साकोस प्रोवेसन स्तरीकरण कार्यक्रममा आबद्ध

    मोरङ / सुन्दरहरैचा दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय सतरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा आबद्ध भएको छ ।साकोसको ५औं वार्षिक साधारण सभाको बैठकको अवसर पारेर अतिथिहरु तथा सदस्यहरुको समेत उपस्थितिमा प्रोवेसन कार्यक्रममा सम्झौता भएको हो । नेफ्सकूनका महासचिव घनश्याम अधिकारी तथा पूर्व महासचिव घनश्याम खतिवडासँगै नेफ्स्कून सञ्चालकहरु लक्ष्मी सापकोटा र शालिकराम ढकाल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदी, जिल्ला बचत संघ मोरङका कोषाध्यक्ष डीबी थापा लगायतको उस्थितिमा सम्झौता सम्पन्न भएको हो ।प्रोवेसन अर्थात् पूर्ण तथा व्या

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ४०२ पटक पढिएको
  • पाँच वर्षदेखि अलपत्र सडक पुनःनिर्माण सुरु, मन्त्री राईद्वारा अनुगमन

    इटहरी । धरान उपमहानगरपालिका–१५ निराजन बस्तीदेखि धरान–४ देवीगाउँ हुँदै धनकुटा र मोरङ जोड्ने १७ किलोमिटर सडक पुनःनिर्माण कार्य सुरु गरिएको छ । पाँच वर्षदेखि यो सडक निर्माण रोकिएपछि स्थानीयलाई आवतजावत गर्न निकै गाह्रो भएको थियो । मंगलबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र धरान–४ का वडाध्यक्ष धनबहादुर राई सहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको हो । मन्त्री राईले निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण समयमा पूरा हुन नसकेको बताउँदै पुनः ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभयो । सडक निर्माणको ठेक्का लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोजमा लिएको थियो । रु. ३७ कर

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ३३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]