All Posts By कोशी प्रेस

    Showing ९,३५१-९,३६० of १३,७४३ items.
  • भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    भोजपुर / भोजपुरको आमचौक गाउँपालिका - १० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो आमचोक ६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले शव पोस्र्टमाटमको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८०
    • ३४३ पटक पढिएको
  • इटहरी २ का सामाजिक ब्यक्तित्ब बीरबहादुर लिम्बुको निधन

    इटहरी / इटहरी २ निवासी सामाजिक ब्यक्तित्ब बीरबहादुर लिम्बुको निधन भएको छ।लिम्बुको हर्ट अट्याकका कारण बुधबार दिउसो निधन भएको हो।तालतलैया बिकास समितिमा दुई कार्यकाल अध्यक्ष रहनुभएका  लिम्बुको उपचारका क्रममा मोरङ्गको बुढिगंगा गाउँपालिकास्थित बिराट टिचिङ्ग हस्पिटलमा निधन भएको इटहरी २ का वडाध्यक्ष माधव कोईरालाले जानकारी दिनुभयो।यसअघि पनि इटहरी खानेपानीको परिषद सदस्य रहनुभएका लिम्बु केहि दिन अघि भएको इटहरी खानेपानीको निर्वाचनमा पनि परिषद सदस्य निर्वाचित हुनुभएको थियो।नेकपा एमाले सुनसरी जिल्ला कमिटि सदस्य रहनुभएका  लिम्बुका श्रीमती १छोरा र १ छोरी हुनुहुन्छ ।

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३६९ पटक पढिएको
  • राष्ट्रिय युवा संघ इटहरीले आगलागीबाट क्षति भएको ऋषिदेवको घर बनाउदै

    इटहरी / आगलागीबाट क्षति भएको इटहरी ३ सुनौलो टोलका हरेराम ऋषिदेवको घर राष्ट्रिय यूवा संघले बनाउने भएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी ३ वडा कमिटिले ऋषिदेवको घर निर्माण थालेको हो।आगलागीबाट नष्ट भएको ऋषिदेवको घर इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण शुरु गरिएको राष्ट्रिय युवा संघ इटहरी नेपाल इटहरीले जनाएको छ ।ऋषिदेवको घर निर्माणका लागि इटहरीका युवाहरु स्वतस्फुर्त भेला भएर श्रमदानमार्फत घर निर्माण अभियान शुरु गरेको हो ।

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ५७३ पटक पढिएको
  • कारको ठक्करबाट ईटहरीमा पैदलयात्रीको मृत्यु

    सुनसरी  /  ईटहरी उपमहानगरपालिका २ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका ६ घर भई ईटहरी २ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८०
    • २८४ पटक पढिएको
  • हुलाकी राजमार्गमा भएको ढिलासुस्तीमा लेखा समितिको चासो, स्थलगत अनुगमन गर्ने

    विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको निर्माण्मा भइरहेको ढिलासुस्तीमा चासो देखाएको छ । शुक्रबार समितिका सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले सरकारका अर्थ सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा कार्यबहाक महालेखा परीक्षकसँग छलफल गरी सडक निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन दिएको हो ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडकमा ६१ अर्व ६९ करोड रुपैयाँ खर्च हुँदा पनि आयोजनाको भौतिक प्रगति ६५.२२ प्रतिशत मात्र हुनु दुखद कुरा रहेको सभापति पोखरेलले बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका आयोजनाहरु समयमै सम्पन्न गर्न पर्याप्त बजेट, स्रोत साधन उ

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३८६ पटक पढिएको
  • संगीत साधना प्रतिशष्ठान नेपालले तवला कार्यशाला कार्यक्रम

    सुनसरी / संगीत साधना प्रतिशष्ठान नेपालले तवला कार्यशाला आयोजना गरेको छ । बुधबार आपगाछि स्थित संगीत साधना प्रतिशष्ठानको भवनमा संगीत साधना प्रतिशष्ठान नेपालका उपाध्यक्ष प्रदिप कुमार रेग्मीको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माको प्रमुख आथित्यतामा तवेला कार्यशाला सुभारम्भ गरिएको हो ।  त्रिभुवन विश्व विधालयका उपप्राध्यापक अनन्त प्रजापति,  उपप्राध्यापक संगीत विभाग त्रिभुवन विश्व विधालयका नरेन्द्रप्रसाद न्यौपाने( नवीन ) ले तवला कार्यशालालाई सहजीकरण गर्नु भएको हो । संगीतका माध्यमबाट विश्व जगत चिन्न चिनाउन सहज रहेको उपप्राध्यापक संगीत विभाग त्रिभुवन विश्व विधालयक

    • प्रकाशित मितिः चैत २८, २०८०
    • २९० पटक पढिएको
  • महिला हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरि छ : मन्त्रि भगबती चौधरी

    काठमाडौं।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय भगबती चौधरीले महिलाहरुले भोग्दै आएको हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरि रहेको बताउनु भएको छ। आज एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै मन्त्रि चौधरीले सो कुरा बताउनु भएको हो। मन्त्रि चौधरीले भन्नु भयो समाजको विकास तथा निर्माणमा नारीको योगदान अग्रणी हुन्छ । नारी शक्तिलाई देश विकासको कार्यमा समावेश गर्न सकिएको छैन भने त्यस देशको विकासको गति अत्यन्त मन्द हुन्छ। हाम्रो देशको कुल जनसंख्याको करिब आधा भन्दा बढी नारी रहेको स्थिति केलाएर हेर्ने हो भने यो जगत् ज्यादै पिछडिएको सामाजिक रुढीबाढीमा अल्झिएको र कुरीतिले जकड

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३८२ पटक पढिएको
  • सुन्दरहरैँचामा मेयर कप वडा स्तरीय खुल्ला नकाउट फुटबल

    सुन्दरहरैँचा /  मोरङको सुन्दरहरैँचामा  मेयर कप वडा स्तरीय खुल्ला  नकाउट फुटवल प्रतियाेगीता साेमवारबाट सुरू भएकाे छ । नगर खेलकुद विकास समितिकाे आयाेजनामा खेल सुरु भएकाे हाे । कार्यक्रमकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले गरेका थिए। विशिष्ठ अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए । कार्यक्रममा उपप्रमुख अकली चाैधरी, वडा अध्यक्षहरू, राजनीति दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख खेलप्रेमी व्यक्तिहरूकाे उपस्थिति रहेको थियो । उद्घाटन खेलमा वडा नम्बर १० ले १२ लाई हरायाे । खेल नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठकाे सभापतित्वमा भएको थियो ।

    • प्रकाशित मितिः चैत २७, २०८०
    • ३२८ पटक पढिएको
  • आइ टि ए इटहरीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

    इटहरी / विगत  १० बर्ष देखि  सौन्दर्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्दै हजारौं बिध्यार्थी लाइ रोजगारिमा जोड्दै आएको इन्टरनेसनल ब्युटी एकेडेमी "ITA" इटहरीले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।मंगलबार  इन्टरनेसनल ब्युटी एकेडेमी इटहरीकि अध्यक्ष निरम बस्नेतको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम  सिमा बस्नेतले सन्चालन गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा  कर्मचारीका अभिभावक हरु संग उनिहरुका सन्तानले कस्तो कार्यालयमा कसरी काम गरिरहेको छन भन्ने बिषयमा जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कार्यक्रम साथै लामो समय देखि सस्थामा आबद्ध

    • प्रकाशित मितिः चैत २७, २०८०
    • १,४४६ पटक पढिएको
  • धरान मन्टेश्वरी एकेडेमीको १९ औं वार्षिक उत्सब तथा १७ औं दीक्षान्त समारोह सुरु

    धरान / विगत १९ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो  १९ औं वार्षिक उत्सब  तथा १७ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सुरु गरेको  छ । मंगलबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी २ दिनसम्म चल्ने वार्षिक उत्सब  तथा दिक्षान्त समारोह  सुरु गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा उद्घाटन पोजेटिभ भाइब्रेसन सस्थापक प्रीतम  पौडेलको प्रमुख आथित्यता तथा धरान नगरपालिका वडा नं १ का अध्यक्ष योग्य मणि आचार्य,           महिला स

    • प्रकाशित मितिः चैत २७, २०८०
    • १,३७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]