इटहरी / त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्र्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।इटहरी रंगशालामा सोमबार राती सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका बिबेक पौडेल, आशिष चापागाई र देबेन्द्र तामाङको प्रहारलाई बिफल भयो । तर बिशाल दर्जी र मौषम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेम
धनगढी । गत ६ चैत मंगलबारका दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५, मट्यारीका २८ वर्षीय गणेश राना अरु सेवाग्राहीहरूसँगै करिब साढे १० बजेतिर कार्यालय परिसरभित्र छिरे । केही बेर पछि उनले अचानक उपमहानगरपालिका कार्यालय भवनभित्रै आफै विष सेवन गरे । गणेशले तरकारी हाल्ने ‘डेल्फिन’ नामक विषादी सेवन गरेका थिए ।के हो घटनाको शृंखला ?विष सेवन गरेका गणेशलाई तत्काल धनगढी नगर प्रहरीले उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याए । घटनापछि केही जग्गा कारोबारीहरूले “सादा पोसाकमा गएको धनगढी नगर प्रहरीको एक टोलीले गणेशलाई घरबाट ल्याएर विष सेवन गराएको आरोप” लगाए । विष सेवनकर्ता गणेश पनि जग्गा कारोबारी हुन्
इटहरी / बालबालिकाको क्षेत्रमा कृयासिल सस्था किवानिज क्लब अफ तरहराको आयोजनामा एप्पल ट्रि मन्टेश्वरी प्राङ्गणमा बृहत स्वास्थ शिविर आयोजना गरिएको छ।कार्यक्रम किवानिज क्लब अफ तरहराका अध्यक्ष सन्तोष कटुवालको अध्यक्ष ता तथा डिस्ट्रिक गभर्नर तिर्थ कुमार सिंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।नेपाल चिकित्सक संघ र BPKIHS धरान को प्राविधिक सहयोग मा आइतवार भएको शिविरमा ५३३ जनाले सेवा लिएको बिशिष्ट अतिथि नेपाल चिकित्सक संघ धरान अध्यक्ष तथा BPKIHS धरानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रोसन प्रसाद शाह कलवारले बताउनुभयो।कार्यक्रममा पुर्वान्चल विश्वविद्यालय प्राध्यापक प्रबिध गजुरेल, किवानिज
इटहरी / इटहरीका चेतनाथ पौडेल (सिपि) नेपाल भर्सेज आयरल्यान्ड दुई देशिय सिरिजको लागि नेपाल राष्ट्रिय क्रीकेट टोलिमा मेनेजर मनोनयन भएका छन् ।इटहरी मा रहेर बिगत २० वर्ष देखि क्रीकेट बिकास को लागि तल्लो तह देखि काम गरि रहेका पौडेल हाल सुनसरी जिल्ला क्रीकेट संघका अध्यक्ष पनि हुन ।पौडेल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्यहुन भने इटहरी उपमहानगरपालिकाले पनि उनलाई खेलकुद बिकास समिती सदस्य मनोनित गरेको छ ।क्रीकेट को बिकास को लागिपर्ने पौडेलले नेपाल र नेपालीको सिर उच्च बनाउने गरि काम गर्ने बताए ।
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो ।चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ।वैज्ञानिकहरु यसको योजना निर्माणमा जुटिरहेका छन् र यसैबीचमा जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी पनि सुरु गरेका छन् ।यो कुरा पढिरहँदा कुनै साइन्स फन्टासी जस्तो लाग्नसक्छ । तर, यो सत्य हो कि जापानी शोधकर्ताहरु यसका लागि एउटा
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्वर ४ मा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलको ९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम २०८० सम्पन्न भएको छ ।आइतबार एक कार्यक्रमको आयोजना गरि मन्टेश्वरीले सो कार्यक्रम समपन्न गरेको हो । कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार बितरण, सम्मान, गायन, नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नितिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले बिभिन्न विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरेको छ । पढाई संगै अतिरिक्त क्रियाकलापमा जोड दिदै बिधार्थीको क्षमता प्रस्पुटन संगै बालबालिकाको गायन,
इटहरी / तराई–मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ।पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि फागु पर्व सम्पन्न हुन्छ। तरार्ई मधेशमा भने पूर्णिामाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाइन्छ।पुराणका अनुसार भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ।तराईमा रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर
इटहरी / हामी सुधार्छौं हाम्रो विद्यालय राष्ट्रिय अभियान सुनसरीको इटहरी बाट शुभारम्भ भएको छ । सुनसरीका सामुदायिक विद्यालयका प्रधानाध्यापक र सामुदायीक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हरुले विद्यालय सुधारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् । प्रतिनिधी सभा सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि समिती सभापती अम्बरबहादुर थापा र पूर्व शिक्षा क्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थीतीमा सुनसरीका सबै सामुदायीक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकद्वारा व्यक्त प्रतिबद्धता व्यक्त गरेका हुन । नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले
इटहरी / इटहरी उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले १ सय बढी जेष्ठ नागरिकलाई एक दिने भ्रमण गराएको छ ।बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ। हुर्केबढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन। यी सबै कुरालाई मनन गरी इटहरी २ नम्बर वडाले ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण कार्यक्रमअन्तर्गत वडाको १ लाख ५० हजार बजेटबाट १ सय बढी जेष्ठ नागरिकलाई एक दिने भ्रमण गराएको छ ।वडा कार्यालयको आयोजनामा ज्येष्ठ नागरिकको भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाएर सप्तरी जिल्लाको कंकालिनी भगवती मन्दिर र छिनामस्ता मन्दिरमा भ्रमण गराएको हो । वडा कार्यालय जेष्ठ ना
इटहरी / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मन्त्री भगबती चौधरीले यस पर्वले एकअर्का प्रति माया, प्रेम र सद्भाव प्रकट गर्दै सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने बताउनुभयो। आज (आइतबार) पहाडी जिल्लाहरु र भोलि (सोमबार) तराईका जिल्लाहरुमा धुमधामका साथ मनाईने होलीले सामाजिक सद्भाव, आपसी भा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.