दुहवी / नेकपा एमाले दुहवी नगरपालिका वडा नं. ८ को वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनले रेवती श्रेष्ठको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा चतुर लाल चौधरी, सचिवमा दिपक पराजुली, सहसचिवमा कमल गिरि र चुडामणि ढकाल चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा भिम बहादुर कार्की, रचना राइ, कमल गिरी,सहरेज आलम लगायत रहेका छन् ।कार्यक्रम नेकपा एमाले दुहवीका इन्चार्ज सुशील साह को प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले दुहबि स-इन्चार्ज अमित राइ , क्षेत्र नं ३ सदस्य ग्यान बहादुर राइ, जिल्ला कमिटी सदस्य सरोज गिरी, हरि राइ दुहवी नगर स. सचिव मो ताजिब हुसैन ल
धरान / गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन् । उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन् । यस अघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजनिक गरिसकेका गुरुङले माया धराने बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतको शब्द तथा सङ्गीत पनि गायक गुरुङले नै गरेका हुन् ।माया धरानेमा गुरुङलाई गायिका मेलिना मैनालीले साथ दिएकी छन् । काठमाण्डौको किङ स्टुडियोमा रेकर्ड भएको गीतको सम्पादन राजु कार्कीले गरेका हुन् ।गीत माया धरानेको म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य भूमिका रहेको छ । भिडियोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्
सुनसरी । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत गर्नुभएको थियो । तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक,
इटहरी / एप्पल ट्रि एकेडेमीले आफ्नो अभिभावक दिवस इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासाखा प्रमुख दोर्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा बिधालय ब्यवस्थापन समिति अध्यक्ष बाबुराम कटुवाल को अध्यक्षतामा भएको छ। सनिवार तरहरा एप्पल ट्रि एकेडेमीमा भएको कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा पाँच सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम भएको हो । विद्यालयमा विद्यार्थीहरूले अभिभावकको अगाडि अतिरिक्त क्रियाकलाप संगीत नृत्य, कविता, नाटक साथै स्काउट कला, कराते डेमोको प्रस्तुती देखाएका थिए ।
इटहरी / नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए लगायत युरोपियन देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “ग्रेस इन्टरनेसनल ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ। काठमाडौं बाट २० ०६ मा सुरु भएको शैक्षिक परामर्श केन्द्रको इन्टरनेसनल रूपमा अस्ट्रेलियामा ८ , भारत २ , केन्या २ सहित २८औ शाखा मध्य नेपालको सोर्हौ शाखा इटहरी ६ संगित चौक “ग्रेस इन्टरनेसनल इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।इक्यान अध्यक्ष सेसराज भट्टराईको प्रमुख आतिथ्यतामा , ग्रेस इन्टरनेसनल का डाइरेक्टर एन्ड्र
इटहरी / फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डि एन बिएचडी मलेसिया र आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँले संयुक्त रुपमा मृत्यु हुने एस कुमार सुवेदीका परिवारलाई आर्थीक सहयोग गरेको छ । तेह्रथुम जिल्ला स्थिति म्याङ्लुङ नगरपालीकाका स्व. हर्क बहादुर सुवेदीका एक मात्र छोरा एस कुमार सुबेदीको बैदेशिक रोजगारीका क्रममा बिगत ९ महिना अघी मलेसियामा सेक्युरिटि गार्डका रुपमा काम गरि रहदा मृत्यु भएको हो । सुवेदीका १० वर्ष र ४ बर्षका कलिला २ दुई छोरी र श्रीमती रहेका छन् । नेपालमा रोजगारीको सुनुश्चिता नदेखिएकाले विदेश गएका सुवेदीकोे २५ वर्षको उमेर मै काम सकेर कोठामा
मिलन अधिकारी संखुवासभा / मादी नगरपालिका वडा नम्बर २ को चिरैटे टोल जाने बाटोमा उकालो बाटोको उचाई घाटाई तथा नाली निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् ।बाटोको उचाई घट्दा र नाली निर्माण नहुदा स्थानीयहरुले उत्पादन गरेका कृषि जन्य सामाग्री बारी मै कुहिने अवस्था थियो । बाटोको स्तरउन्नति भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो परेकाले मादी २ नम्बर वडा कार्यलयको वजेट मार्फत चिरैटे टोल जाने सडकले प्रथामिक्ता पाएको छ ।आफ्नो टोल जाने बा बाटो निर्माण देखि बाटो विकासका काम गर्दा आफू खुसि
इटहरी / समाजमा बढ्दो प्रविधिको प्रयोगले विद्यार्थीमा नकारात्मक प्रभावले अंगाल्दै गएको छ ।यसैबीच मिथ्या सूचना, भाइरल हुने रहरमा बन्न कपोकल्पित सूचना र ‘प्रपोगन्डा’ले समाजमा फैलाइरहेका विकृतिलाई चिर्नका निम्ति इटहरीका कस्तुरी सेकेन्डरी स्कुल , कोसी सेन्ट जेम्स स्कुल र विश्व आदर्श कलेजमा सचेतनामूलक नाटक ‘हाउगुजी’ प्रस्तुत गरिएको छ ।इन्टरनेशनले रिपब्लिकेन इन्सिच्युटको सहयोग तथा कलालय इटहरीको सहकार्यमा सचेततनामूलक नाटक ‘हाउगुजी’ मञ्चन गरिएको हो ।बिहीबार इटहरीको कस्तुरी सेकेन्डरी स्कुल र शुक्रबार कोसी सेन्ट जेम्स स्कुल र विश्व आदर्श कलेजमा उक्त नाटक मञ्चन गरियो नाटकमा मिथ्या सूचना कसले, किन फैल्याउँ
इटहरी / इटहरीमा मिथ्या सुचना,भाईरल हुने रहरमा बन्ने कपोकल्पित सुचना र प्रपोगन्डाले समाजमा के कस्ता विकृति फैल्याईरहेको छ भन्ने बिषयलाई समेटेर International Republican Institute (IRI) को सहयोग तथा कलालय इटहरीको सहकार्यमा "campaign against information manipulation” in Koshi Province अन्तर्गत चेतनामुलक नाटक "हाउगुजी" इटहरीको कस्तुरी एकेडेमीमा मंचन गरिएको छ । नाटकमा मिथ्या सुचना कसले,किन फैल्याउछन् अनि यसको समाजमा कस्तो असर परिरहेको छ र हामी कसरी सचेत रहन सक्छौ भनेर देखाउन खोजिएको नाटकका लेखक तथा निर्देशक प्रजल दुलालले बताउनु भयो।विध्यार्थीहरूमा अन्य ज्ञान र जानकारीसंगै सुचना र प्रविधिक
चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख भक्तजन चतराधाममा आउने अनुमान गरिएको छ । अनन्त श्री विभूषित जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महाराज (जगदगुरु महायोगी सिद्धबाबा) को तत्वधानमा आयोजना हुन लागेको सङ्कटमोचन श्रीहनुमद् महायज्ञका लागि चतराधामस्थित जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ तथा तारक ब्रह्म पीठ चतराधाममा तयारी चलिरहेको छ । महायज्ञ र श्रीहनुमद कथा वाचनका लागि पीठले गरेको तयारी र कुम्भ महात्म्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.