आर्थिक

    Showing १७१-१८० of १,२४६ items.
  • विराटनगर भन्सारमा खुद्रा मूल्य विवादले रोकिए वस्तु

    इटहरी । विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् । वस्तुको अधिकतम खुद्रा मूल्य नलेखिए पनि आलु, प्याज र स्याउबाहेक व्यावसायिक सामान भन्सार परिसरमा मङ्गलबारदेखि नै रोकिएका हुन् ।  मङ्गलबारदेखि सरकारले व्यावसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मङ्गलबार आइसिपीपरिसरमा दुई सय मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एक सय मालवाहक सवारी थपिएका छन् ।  विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार एमआरपी उल्लेख नभएका व्यावसायिक वस्तुको जाँचपास रोकिएको बताउनुभयो । औद्योगिक कच्चा लिएर आउने

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १८९ पटक पढिएको
  • अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल

    इटहरी ।  नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो । छलफलमा नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले हालको अलैँचीको गुणस्तरलाई अझ सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उच्च गुणस्तरीय अलैँचीबाट मात्र राम्रो आम्दानी लिन सकिने र बजारीकरणमा सहज हुने भएकाले त्यसतर्फ अलैँचीका सरोकारवाल

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १२३ पटक पढिएको
  • महँगी र निर्माण सामग्री अभावको चपेटामा कोशी प्रदेशको विकास: ९ महिनामा एक तिहाइ मात्र बजेट खर्च, २१ अर्ब फ्रिज हुने जोखिम

    इटहरी। महँगी र निर्माण सामग्रीको अभावका कारण विकास निर्माणका काम सुस्त हुँदा कोशी प्रदेश सरकारलाई पुँजीगत बजेट खर्च गर्न निकै गाह्रो परेको छ । संघीय सरकारले स्वेतपत्रमार्फत प्रदेशको खर्च गर्ने क्षमता कमजोर रहेको भन्दै प्रश्न उठाइरहेको बेलामा चालु वर्षमा विनियोजन गरिएको पुँजीगत बजेट गतवर्षको जतिपनि खर्च गर्न नसकिने चिन्ता बढेको हो । चालु आर्थिक वर्ष २०८२र०८३ को नौ महिना बितिसक्दा पनि कुल बजेटको करिब एक तिहाइ मात्र खर्च हुनुले बाँकी तीन महिनामा विकासको लक्ष्य भेटाउन निकै कठिन देखिएको हो ।चालु आर्थिक वर्षका लागि संशोधित ३२ अर्ब ४५ करोड रुपियाँको बजेटमध्ये चैत मसान्तसम्म जम्मा ११ अर्ब ४ करोड ४० ला

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १८७ पटक पढिएको
  • जेठ १ देखि बन्द हुँदै खोटाङ-तराई सिधा सम्पर्क: पक्की पुल नबन्दा झोलुङ्गे पुलकै सहारामा कोशी वारपार गर्नुपर्ने नियति

    इटहरी। खोटाङलाई तराईसँग जोड्ने सुनकोशी नदीमा रहेको बंशिलाघाट र फोक्सिन्टारका दुवै बेलिब्रिज हटाउने तयारी गरिएको छ। नदीमा पानीको बहाव निरन्तर बढेसँगै दुवै स्थानका अस्थायी बेलिब्रिज निकाल्ने तयारी गरिएको हो। बेलिब्रिज हटाइएपछि तराईसँग खोटाङको सिधा यातायात पुनः अवरुद्ध हुने भएको छ। बंशिलाघाटमा गत माघ २४ गते पहिलो पटक बेलिब्रिज जडान गरी सिधा यातायात सञ्चालनमा ल्याइएको थियो। तर, मौसम परिवर्तनसँगै परेको वर्षाले सुनकोशीमा पानीको सतह बढेपछि वैशाख मसान्तसम्म बेलिब्रिज हटाउन निर्माण व्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले बताउनुभयो।यस्तै, फोक्सिन्टारको बेलिब्रि

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १४२ पटक पढिएको
  • अधिक भारले कोशी राजमार्ग जोखिममा

    इटहरी । अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो । खास गरी औद्योगिक कच्चा पदार्थ र मेसिनरी ल्याउँदा सडकलाई धेरै भार पर्छ । त्यही भएर सडक विभागले भारवहन मापदण्डलाई कडाइ गरेको छ । त्यसै अनुसार विराटनगर भन्सार विन्दुबाट औद्योगिक कच्चा पदार्थ बोकेको भारतीय नम्बर प्लेट भएको मालवाहक सवारीलाई आइतबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको चेकजाँच टोलीले रोक्यो । भारतीय नम्बर प्लेट भएको सवारीको भारवहन क्षमता (रजिस्टर क्यापासिटी–आरसी) गाडीसहित ५५ ट

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १६२ पटक पढिएको
  • सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

    इटहरी । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो । प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । सम्झौता गरेको १८ महिनाभित्र भवन निर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १४० पटक पढिएको
  • अध्यक्ष रञ्जना शर्माको मानवीय नेतृत्वः५ लाख ८९ हजार लागतमा विपन्न परिवारलाई घर हस्तान्तरण

    इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा भद्रपुर नगरपालिका–९, झापास्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ। लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १।५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो। परियोजनालाई सफल बनाउन अध्यक्ष शर्माले व्यक्तिगत रूपमा रु। २ लाख २८ हजार ५४० सहयोग गर्नुभयो भने क्लबमार्फत

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १७९ पटक पढिएको
  • इटहरीमा बजाज एक्सचेञ्ज मेला सुरु हुँदै, बाइक अपग्रेडमा नगद उपहारदेखि फाइनान्ससम्म आकर्षक अफर

    इटहरी । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला इटहरीमा सञ्चालन हुने भएको छ। बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन्।आयोजकका अनुसार मेलामा  आकर्षक मूल्याङ्कन,  निःशुल्क सामग्रीहरू,   एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, 0 % प्रतिशत सर्भिस चार्ज, आकर्षक नगद छुट लगायत सुविधा उपलब्ध रहनेछन्। साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ।एक्सचेञ्ज मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकनसह

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २४४ पटक पढिएको
  • मालपोत कार्यालय ताप्लेजुङबाट साढे दुई करोड बढी राजस्व उठ्यो

    इटहरी । मालपोत कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षभन्दा साढे ३८ लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ३८ लाख ६७ हजार १३७ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८२–८३ को पछिल्लो नौ महिना अर्थात चैत मसान्तसम्ममा दुई करोड ७३ लाख २७ हजार १९३ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ३४ लाख ६० हजार ५५ रुपियाँ मात्र राजश्व सङ्कलन भएको थियो ।गत आर्थिक वर्षमा रजिस्ट्रेसन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का तथा प्रतिलिपि प्रदानबाट एक करोड २६ लाख ३९ हजार ७९८ रुपियाँ र

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १९२ पटक पढिएको
  • विराटनगरका जुट उद्योगमा कच्चा पदार्थको संकट, धागो आयात तीन गुणाले बढ्यो

    इटहरी । नेपालका जुट उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्धतयारी वस्तु जुटको धागोको आयात बढाउन थालेका छन् ।स्वदेशमा उत्पादन हुने कच्चा जुटले माग धान्न नसक्ने र भारतबाट हुने आयातमा पनि सुधार नभएपछि उद्योगीहरूले बङ्गलादेशबाट जुटका अर्धतयारी धागो ल्याएर बोरा बुन्न थालेका हुन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र०८३ को चैत मसान्तसम्मको तथ्याङ्क अनुसार, साउन महिनाको तुलनामा जुटको धागो ९यार्न० आयात परिमाण दोब्बरले बढेको देखिएको छ भने अघिल्लो वर्षको तुलनामा यो वृद्धि झण्डै तीन गुणाले बढी हो ।विभागका अनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म ५२१ मेट्रिक टन जुटको धागो आय

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]