आर्थिक

    Showing २८१-२९० of १,२०४ items.
  • ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु

    इटहरी। ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिव २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य का

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २५५ पटक पढिएको
  • पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू

    इटहरी । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २६५ पटक पढिएको
  • धनकुटाका क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाद्वारा ६५ हजार रुपियाँ आर्थिक सहयोग

    इटहरी । धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाले आर्थिक सहयोग गरेको छ । सङ्घले उपचारार्थ रहेका क्यान्सर पीडित श्रेष्ठलाई ६५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । निर्माण व्यवसायी सङ्घले ३० हजार ५ सय रुपियाँ र व्यवसायीबाट ३३ हजार ५ सय रुपियाँ गरी जम्मा ६४ हजार रुपियाँ सहयोग गरेको छ । सङ्घ धनकुटाका सदस्यसमेत रहेका अनु एण्ड अभि कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर विजय श्रेष्ठका छोराको मुखको क्यान्सर भएको थियो । क्यन्सर  पीडित रहेका बालक हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको उपचार प्रक्रिया लामो तथा खर्चिल

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ३०० पटक पढिएको
  • तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल ९मोटर गुड्ने० पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर(५, तापेथोक वडा नम्बर(६, लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरिएको छ। अहिलेको हिउँद याममा गाउँ–गाउँसम्म यातायात सुविधा पुर्‍याउने उद्देश्यले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनु भयो। गाउँ–गाउँसम्म सडकको पहुँच पुगे पनि तमोर नद

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २४५ पटक पढिएको
  • फेमे खोलामा जोड्न थालियो बेलिब्रिज

    इटहरी। बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा दुई वर्षयता यो बाटो भएर हिँड्ने यात्रु बाहकसँगै ढुवानीका साधन वारपार गर्न कष्ट थियो। गत वैशाख महिनामै नै यहाँ बेलिब्रिजको ठेक्का लागे पनि विपद्कै कारण काम सुरु हुन सकेको थिएन। यसैबिच पूर्वाधार विकास कार्यालयले रेखदेख गर्नेगरी यहाँ बेलिब्रिज जोड्न थालिएको हो। यहाँ जोड्ने बेलिब्रिज संघीय सरकारले उपलब्ध गराए पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी शैलेन्द्र सिंहले बताउनुभयो

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २७० पटक पढिएको
  • मालिका बचत तथा ऋण सहकारी इटहरीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

    इटहरी — मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। इटहरीस्थित दुर्गा प्यालेसमा आयोजित साधारण सभा सहकारीका अध्यक्ष नबिन गिरीको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।साधारण सभाको खुल्ला सत्र सम्पन्न भएसँगै बन्द सत्रमा प्रवेश गरिने र त्यस क्रममा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने संस्थाका सचिव कल्पन घिमिरेले जानकारी दिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि भारतीले सहकारीले साना कर्जा उपयोगकर्ताका लागि सहज पहुँच प्रदान गर्दै आएको उल्लेख गरे। साना तथा मझौला उद्योग व्यवसायी

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ४२३ पटक पढिएको
  • कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने

    इटहरी । कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने भएको छ । होटेल एसोसिएसन अफ भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म फेष्टिवल गर्न लागेको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड फेष्टिवल कोभिड–१९ महामारीका कारण २०७७ सालमा भने सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा फेष्टि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २६४ पटक पढिएको
  • काँकरभिट्टा नाकाबाट चालु आवको मङ्सिर मसान्तसम्म सात अर्ब ८४ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात

    इटहरी  । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।   मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३।१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २।५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २३२ पटक पढिएको
  • उदयपुरमा बजेट अभावले आधा दर्जन पक्की पुल निर्माण अलपत्र

    इटहरी। उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो । सर्वसाधारणलाई वर्षायाममा ती खोला वारपार गर्न निकै सास्ती हुने गरेको छ । सिराहाको लहानस्थित डिभिजन सडक कार्यालय अन्तर्गत रहेका विभिन्न पुलमध्ये उदयपुरको बेलका नगरपालिका–को गिदेरीखोला पुलको निर्माण २०७४ असार ३० गते  सम्पन्न हुने गरी २०७१ असार ३० गते ठेक्का सम्झौता गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । पप्पु मृत सञ्जीवनी निर्माण कम्पनीले १५ करोड १३ लाख ८३ हजार रु

    • प्रकाशित मितिः पुस ९, २०८२
    • १७३ पटक पढिएको
  • जिल्ला बक्सिङ संघ धनकुटाद्वारा आयोजना गरिएको कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट मिर्गौला फेल र ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

    इटहरी। जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं। ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो । संघले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइ रहन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • १३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]