आर्थिक

    Showing ३३१-३४० of १,२०४ items.
  • खोटाङमा बुवाखोला पुल समयअगावै सम्पन्न

    इटहरी ।  खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल गत वर्ष मङ्सिर ६ गते शिलान्यास भयो । जिल्लाका नागरिकले सोचिरहेका थिए, शिलान्यास भएर अलपत्र पर्नेमा अर्को एउटा पुल थपियोे । किनकी खोटाङमा विकासको चिनारी त्यसरी नै भएका छन्, सडक र पुलहरु शिलान्यास हुने तर अलपत्र पर्ने । खोटाङको विकासको खराब इतिहासलाई तोड्दै बुवाखोला पक्की पुलले नयाँ इतिहास रचेको छ । शिलान्यास भएको एक वर्षमा १ सय ४८ मिटर लामो पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो। बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान जोड्ने उक्त पुल निर्माणका लागि २०८१ साल वैशाख ३०

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ४२६ पटक पढिएको
  • तेम्बा बजार आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग

    इटहरी । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आगलागीपीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागीपीडितलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ । मिक्वाखोल

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २४८ पटक पढिएको
  • गाईघाट बजार क्षेत्रको सडकमा कालोपत्रे गर्न सुरु

    इटहरी  । उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको कालोपत्रे सुरु भएको हो । विश्व बैङ्कले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यव्रmम ९युजिआइपी० अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ समेत चार वटा वडालाई जोड्ने गरी निर्माणाधीन विभिन्न नौ वटा सडकको कालो पत्रेको गरिएको हो । नगरको महìवपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माण

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २८५ पटक पढिएको
  • अमाह सिमसारमा दैनिक हजारौँ पर्यटक आकर्षित

    इटहरी ।  बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २९२ पटक पढिएको
  • आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले पाए रोजगार

    इटहरी । ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् । एकेडेमीको दोस्रो वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी गराइएको छ । एकेडेमीका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूका अनुसार हालसम्ममा एकेडेमीबाट एक सय ८१ जना युवाहरू दीक्षित भएका छन् । दीक्षित भएका अधिकांश युवाहरूले स्थानीय क्षेत्रदेखि विश्व बजारमा रोजगारी पाएका छन् ।कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाइएको हो । डेनमार्कका नागरिक वाल्डेमर स्मिथको आर्थ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २०१ पटक पढिएको
  • अलैँची निर्यातमा न्यून बीजकीकरणमार्फत करोडौँ कर छलिएकामा खुलासा

    इटहरी ।  ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ । किसानले प्रतिमन (४० किलो) एक लाख रुपियाँभन्दा बढी मूल्य पाइरहेको अलैँची निर्यात गर्दा व्यापारीले वास्तविक मूल्यभन्दा आधा कमको बिल (न्यून बीजकीकरण) बनाउने गरेको भन्सार विभागको तथ्यबाट फेला परेको छ । यसले गर्दा नाफामा लाग्ने करोडौँ रुपियाँको आयकर सिधै छली हुनुका साथै निर्यातबाट प्राप्त हुने अतिरिक्त मुद्रा अवैध मानिएको हुन्डीमार्फत ल्याइने गरेको समेत पाइएको छ । यसले अलैँची निर्यातसँगै अवैध कारोबारले

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २०६ पटक पढिएको
  • बिजुली सर्ट भई लागेको आगलागीले ठूलो क्षति

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–१० चोथाईस्थित बलबहादुर दाहालको गाईगोठमा अचानक बिजुली सर्ट भई लागेको आगलागीले ठूलो क्षति पुर्‍याएको छ। हिजो (शुक्रबार) राती ११ः३० बजे गोठमा रहेका १० वटा खासि–बाख्रा, ५० वटा बोइलर कुखुरासहित गाईगोठ पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १३ लाख २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो लागेपछि बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी टोली तथा स्थानीय बासिन्दाको सहयोगमा धेरै प्रयासपछि सोही रात मंसिर ६ गते बिहान करिब २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएका थिए। आगो निभाउने क्रममा गोठधनी बलबहादुर दाहालकी ४२ वर्षीया श्रीमती छत

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • २३० पटक पढिएको
  • आगलागी पीडितलाई आर्थिक सहयोगसँगै राहत वितरण

    इटहरी । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाइसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ । मङ्गलबार मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोगसँगै राहत वितरण गरिएको हो । नेपाली कम्युनिष्ट पार्टी र वाइसीएल नेपालले आगलागीपीडितलाई नगद दुई लाख १९ हजार २२४ रुपियाँ सहयोग सहयोग गरेको वाइसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबोले जानकारी दिनुभयो । यस्तै रेडक्रस सोसाइटी ताप्लेजुङले म्याट्ससहित सरसफाइ किट, चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न राहत सामग्री वितरण गरेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • २७८ पटक पढिएको
  • चार महिनामा ४० करोडको फलफूल आयात

    इटहरी।  पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।  अघिल्लो आर्थिक २०८१र८२ को सोही अवधिमा उक्त नाका भएर रु। २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवमा रु। १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका म

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २३५ पटक पढिएको
  • भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

    इटहरी ।  भोजपुरका किसान यो समयमा कोदो थन्क्याउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यावसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ । पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापाले बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, को

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]