इटहरी। ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ४० किलोग्रामको एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतबार ४ हजार रुपियाँले बढेर प्रतिमन एक लाख २ हजार रुपियाँमा कारोबार भएको हो । अलैँची व्यवसायी कमल बरालका अनुसार आइतबार चलन चल्तीकै अलैँची प्रतिमन एक लाख २ हजार रुपियाँका दरले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिबार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैँचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपियाँका दरले वृद्धि भई ९८ हजार रुपियाँ प्रतिमन पुगेको थियो । यता, अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले चलन चल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख रु
इटहरी । इटहरीस्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित भएका छन् । शनिबार संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईको अध्यक्षता कार्यक्रम संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको २८ औं वार्षिक साधारणसभाबाट राजु दंगाल को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। साधारणसभाले उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल (नवराज), कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई निर्
इटहरी/ सेवा बचत तथा ऋण सहकारी संस्था लि. इटहरी,सुनसरीको २५औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि जेष्ठ शेयर सदस्य श्री कमला देवी काफ्ले रहनुभएको थियो। उहाँले सहकारीको निरन्तर प्रगति र पारदर्शी व्यवस्थापनका लागि शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।साधारणसभामा संस्थाको उन्नयनका लागि विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।सम्मानित व्यक्तिहरूमा—पूर्व सञ्चालक श्रीमती रेणुका श्रेष्ठ (के.सी), संस्थापक अध्यक्ष स्व. जंग बहादुर खड्काकी धर्मपत्नी तथा संस्थापक सल्लाहकार शेयर
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २८ जेठ २०७७ सालमा ठेक्का दिएको थियो । तर, सो निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख६९ हजार ६४९ रुपैयाँ रकम आन्तरिक
इटहरी । मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो । निर्देशनालयका अनुसार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७।२६ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले दिएको जानकारी अनुसार समग्रमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार ७९० रुपियाँ बराबरको क्षति भएको छ । तथ्य
इटहरी । केहीदिन अगाडि परेको अविरल वर्षाका कारण धनकुटा जिल्लामा धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो । जिल्लामा दुई हजार ५९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४१५ मेट्रिक टन धान क्षति भएको छ । धान बाली कारण ४१ करोड ५२ लाख ९९ हजार रुपियाँ बराबरको क्षति भएको छ ।जसमा काटिसकेको धान चार हजार ५३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको सात हजार ७९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको
इटहरी । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो रु। १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनु
इटहरी । गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना र कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको हो । असोज १८ र १९ गते र कात्तिक १२ पछिको वर्षाले इलामको सिँचाइ क्षेत्रमा करिब ९५ करोड रुपियाँ बराबरको क्षति भएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । यस्तै वर्षापछिको बाढीपहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुुगेको जनाइएको छ । यी आयोजनाको क्षति मूल्याङ्कन गर्दा करिब २८ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको सङ्घीय खानेपानी कार्यालयले जनाएको छ । खोलामा आएको ब
इटहरी । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् । नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्व। आमा पदमकुमारीका नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समिति
इटहरी । खोटाङको सावाकटहरेका वडाध्यक्ष जेफर राईले उदाहरणीय काम गरेका छन्। कुर्सीमा बसेर निर्देशन दिने परम्परागत वडाध्यक्षभन्दा फरक, उनले यस सिजनमा ४० मन अलैंची बेचेर ३६ लाख ८० हजार रुपैयाँ आम्दानी गरेका छन्। वडाध्यक्ष राईले ३० वर्षअघि बुबाले सुरु गरेको अलैंची खेतीलाई ुजोनिया बहुउद्देश्य कृषि फर्मु मार्फत निरन्तरता दिँदै १२५ रोपनी जग्गामा यसको विस्तार गरेका छन्। गत वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन बढेको र प्रतिमन ९२ हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। तराईबाट व्यवसायीहरू घरमै आएर अलैंची खरिद गर्ने गरेका छन्। यस पटक सावाकटहरेबाट ८ करोड रुपैयाँ बराबरको अलैंची बिक्री हुने अनुमान गरिएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.