आर्थिक

    Showing ३९१-४०० of १,२०४ items.
  • मोरङको कानेपोखरी गाउँपालिकामा जेनजी आन्दोलनका क्रममा चार करोड १० लाखको क्षति

    इटहरी । गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा कार्यालय र दुईवटा पालिका भवनमा ९२ लाख २४ हजार ८७१ रुपियाँ बराबरको क्षति भएको छ । यस्तै, दैनिक सञ्चालनमा प्रयोग हुने नखप्ने सामान ३३ लाख ७९ हजार १२३ रुपियाँ बराबरको क्षति भएको छ । भौतिक सम्पत्तितर्फ २ करोड ६६ लाख ४ हजार ९५३ रुपियाँ बराबरको क्षति भएको छ ।भौतिक सम्पत्

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३३३ पटक पढिएको
  • ताप्लेजुङको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

    इटहरी । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परिवारले

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ३३६ पटक पढिएको
  • नेपाल राष्ट्र बैंकले असोज १० सम्म सुकिला नोट वितरण गर्ने

    इटहरी । नेपाल राष्ट्र बैङ्कले आज देखि दसैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैङ्कले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बिचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैक तथा बैङ्कहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • २८० पटक पढिएको
  • सेयर बजारको कारोबार आइतबारसम्म नहुने

    काठमाण्डौ । सेयर बजार आज र भोलि कारोबार नहुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना निकालेर दुई दिन सेयर बजारको कारोबार नहुने जानकारी गराएको हो । विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बजार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज बुधवार र भोलि बिहीवार सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै शुक्रवार र शनिवार नेप्सेको कारोबार नियमित रूपमै बन्द रहने भएका कारण अब आइतवार मात्रै बजार खुल्नेछ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ३११ पटक पढिएको
  • नाङ्लो बुन्ने पेसा होम्ताङवासीको आम्दानीको स्रोत

    इटहरी । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ३३७ पटक पढिएको
  • पथरीशनिश्चरेका दुलालको तीन तह खेतीबाट लाखौँ आम्दानी

    इटहरी । घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने । त्यसैले लक्ष्मीप्रसाद दुलालले उखु मासेर सुपारी रोप्नुभयो अनि सुपारी रोपेको दुई वर्षपछि मरीच । त्यसको १६ महिनापछि तिनै सुपारीका बिच बिचमा सिउँडी फल (ड्र्यागन फ्रुट) लगाउनुभएको छ । यसरी उहाँको बारीमा अहिले तीन तहका नगदेबाली छन्, नेपालको सङ्घीय संरचना जस्तै । त्यसको आम्दानी बेग्लाबेग्लै सिजनमा आउँछ । अहिले ड्र्यागन फलको पालो छ । त्यो सकिनेबित्तिकै सुपारीले आम्दानी दिन्छ अनि मरीच निस्किन्छ । लगनशील भएर काम गर्ने हो भने थोरै जमिनमा कम मेहनतबाट

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५०० पटक पढिएको
  • धनकुटाबाट ८ करोड मूल्यभन्दा बढीको अलैंची निकासी

    इटहरी । आर्थिक वर्ष २०८१(०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । बितेको आर्थिक वर्षमा करिब ७५ हजार रुपियाँदेखि ९५ हजार रुपियाँ प्रतिमनमा अलैंची खरीद बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने धनकुटामा २०८०(०८१ मा करिब ३४।८ मेट्रिटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्ष धनकुटामा करिब ५।२ मेट्रिकटनले उत्पादन बढ्दा निर्य

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३२८ पटक पढिएको
  • हिमाल आरोहण गर्नेहरूको सङ्ख्या बढ्दै, आरोहणबाट ६४ करोड राजस्व सङ्कलन

    इटहरी । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु। ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट रु। एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ ।  सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट रु। एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । विश्वको अग्लो

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३१३ पटक पढिएको
  • काँकडभिट्टा नाकाबाट साउन महिनामा १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

    इटहरी । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२र८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अद

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • २९१ पटक पढिएको
  • साउनमा कोसी सरकारको खर्च आठ करोड २८ लाख, आम्दानी २० करोड

    इटहरी । चालु आर्थिक वर्ष २०८२ र ८३ को साउनमा कोसी सरकारले कुल आठ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये चालुतर्फ आठ करोड १२ लाख र पुँजीगततर्फ १६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गत आवको साउनमा संघीय अनुदान फिर्ता गरेकाले चालु खर्च बढी देखिएको मन्त्रालयको भनाइ छ । त्यसैगरी, सोही अवधिमा प्रदेशको आन्तरिक कोषमा १९ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र स्थानीय तहमा दिइने अनुदानमा विभाजित छ । बजेट खर्

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • २६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]