आर्थिक

    Showing ४२१-४३० of १,२०४ items.
  • भोजपुर सदरमुकाममा ढल आयोजना ढिलाइ, स्थानीयवासी लामो समयदेखि सास्तीमा

    इटहरी । भोजपुर सदरमुकाममा निर्माणाधीन ढल आयोजना तोकिएको समयमा सम्पन्न नहुँदा स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती भोग्नुपरेको छ । संघीय सरकारको ८५ प्रतिशत र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जीवाईइ सीएल बीडि टीएन एस जेभी कम्पनीसँग २०७९ असार २९ गते सम्झौता भएको यस आयोजनाको कुल लागत ५० करोड ३१ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ निर्धारण गरिएको थियो । सम्झौता अनुसार काम २०८१ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने भए पनि हाल सम्म करिब ६५ प्रतिशत मात्र काम भएको छ । ढल निर्माणका क्रममा टुडिखेल मुनी देखि बैंकरोड हुँदै च्याङबेनी चोक सम्मको सडक मेसिन लगाएर भत्काइए पनि समयमै पुनर्निर्माण नगरिएकाले स

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३७७ पटक पढिएको
  • ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको बढ्दो आकर्षण

    इटहरी । ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रुपमा वृद्धि भएपछि खेतीतर्फ किसानको आकर्षण बढेको हो । अलैँची खेतीतर्फ किसानको आकर्षणसँगै उनीहरुले धान, मकै, कोदोजस्ता खाद्यान्न बाली उत्पादन हुने खेतीयोग्य जमिन मासेर अलैँची रोप्न थालेका हुन् । पछिल्लो समय वृद्धि भएको अलैँचीको मूल्य कायम रहेमा खाद्यान्न बालीभन्दा अलैँचीबाट धेरै गुणा बढी आम्दानी हुने भएकाले खेतीतर्फ किसान आकर्षित भएका हुन् । गएको आर्थिक वर्षमा अलैँचीको मूल्य अत्यधिक राम्रो आएकाले जिल्लाका किसान खेती गर्नेतर्फ आकर्षित भएका हुन् । मिक्वाखोला गाउँपालिका –४ साँवाका स्थानीय इन्द्र थ

    • प्रकाशित मितिः साउन २३, २०८२
    • ३३१ पटक पढिएको
  • धरानमा अविरल वर्षासँगै आएको पहिरोले एक घर क्षती, १२ घर उच्च जोखिममा

    इटहरी । तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका( ३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षती पुर्याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान( ३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुग्नुभएका धरान उपमहानगरपालिका ( ३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताए । उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उ

    • प्रकाशित मितिः साउन २३, २०८२
    • ३४० पटक पढिएको
  • CFMOTO 450SR-S नेपाली बजारमा सार्वजनिक, मूल्य रु १३.४९ लाख

    इटहरी / CFMOTO Nepal ले आफ्नो नयाँ संस्करणको 450SR-S प्रिमियम स्पोर्ट्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधिसहित आएको यो बाइकको मूल्य रु १३.४९ लाख तोकिएको छ।यो बाइकमा 449.5cc को ट्विन-सिलिन्डर इनलाइन, लिक्विड-कुल्ड, 4-स्ट्रोक DOHC इञ्जिन जडान गरिएको छ, जसले ९,५०० RPM मा ५१ hp पावर र ७,५०० RPM मा ४० Nm टर्क प्रदान गर्छ। Euro V+ उत्सर्जन मापदण्ड अनुसार बनेको बाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक, स्लिपर क्लच, छ-स्पीड गियरबक्स, र डुअल-च्यानल ABS जडान गरिएको छ।नयाँ अपडेट अनुसार, 450SR-S मा अपग्रेड गरिएको स्विङआर्म र पहिलेको २२०mm को साटो २४०mm ठूलो रियर डिस्क ब्रेक राखिएको

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ६३४ पटक पढिएको
  • BYD Atto 1 नेपाली बजारमा सार्वजनिक

    इटहरी  / लामो समयदेखि प्रतिक्षामा रहेको BYD Seagull, जसलाई नेपाली बजारमा BYD Atto 1 नाम दिइएको छ, NAIMA Nepal Mobility Expo 2025 मा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। यो इलेक्ट्रिक गाडी दुई फरक भेरिएन्टमा उपलब्ध गराइएको छ, जसको मूल्य क्रमशः रु २८.९५ लाख र रु ३२.९९ लाख तोकिएको छ।BYD Atto 1 को Dynamic भेरिएन्ट मा ३०.०८ kWh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP अनुसार २३० किलोमिटर रेन्ज दिन्छ। उस्तै, Premium भेरिएन्ट मा ३८.८८ kWh ब्याट्री रहेको छ जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ।नेपालमा Cimex Inc. को आधिकारिक बिक्रि वितरणमार्फत उपलब्ध हुने यस गाडीको बुकिङ NAIMA Auto Show 2025 को अवस

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ५८७ पटक पढिएको
  • जलविद्युत आयोजनाको उत्पादन परीक्षण सुरु

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाबाट उत्पादित काबेली–३ क्यासकेट जलविद्युत आयोजनाको उत्पादन परीक्षण उत्पादन सुरु गरिएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको २१।९३ मेगावाट क्षमताको आयोजनाको उत्पादन परीक्षण मङ्गलबारदेखि सुरु भएको हो । आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार २०७९ साल माघ ५ गतेबाट काम सुरु भई आयोजना निर्माण कार्य सम्पन्न भएसँगै विद्युत उत्पादनको परीक्षण सुरु गरिएको हो । मङ्गलबारदेखि सुरु भएको उत्पादन परीक्षण सफल भएपछि औपचारिक रुपमा आयोजनाको विद्युत उत्पादन सुरु हुने सम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । काबेली–३ को आयोजनास्थल

    • प्रकाशित मितिः साउन २१, २०८२
    • २७६ पटक पढिएको
  • लम्पी स्किन रोगको प्रकोप पुनः बल्झियो

    इटहरी । दुई वर्षअघि महामारीको रूप लिएर कोशी प्रदेशमा हजारौँ पशुचौपायाको ज्यान लिएको लम्पी स्किन रोगको प्रकोप पुनः बल्झिएको छ । दुई वर्षअघि सञ्चालन गरेको खोप अभियानका कारण नियन्त्रणमा रहेको यो रोगविरुद्ध तीनै तहका सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नसक्दा बल्झिएको निष्कर्ष निकालिएको छ । कोशी प्रदेशमा दुई वर्षपछि लम्पी स्किन रोगबाट किसानहरूले फेरि क्षति बेहोर्न थालेका छन् । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार अघिल्लो सातासम्म २२ हजार १२२ गाई र भैंसी यसबाट सङ्क्रमित भएका छन् भने ६३७ को मृत्यु भइसकेको छ । यस पटक सङ्क्रमणको सबैभन्दा बढी मार झापा जिल्लाले खे

    • प्रकाशित मितिः साउन २१, २०८२
    • २६० पटक पढिएको
  • ट्रान्सफर्मर चोरी गर्ने र खरिद गर्ने गिरोह पक्राउ

    इटहरी । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा गत माघयता विद्युत् ट्रान्सफर्मर चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित सात जना र चोरिएका ट्रान्सफर्मरको सामान खरिद गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको विवरण मङ्गलबार सार्वजनिक गरेको हो । यो समूहले मोरङका ८, सुनसरीका १२ र झापाका दुई स्थानका ट्रान्सफर्मर चोरी गरेको आरोप छ । चोरीमा संलग्नबाट सिँचाइ प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर झिकेर बिक्री गर्दै आएको पाइएको थियो । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिदिन नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयले कोशी प्रदेश

    • प्रकाशित मितिः साउन २१, २०८२
    • २४४ पटक पढिएको
  • डोको व्यवसायबाट आर्थिक आत्मनिर्भरता, मासिक ३५ हजारसम्म आम्दानी

    इटहरी । भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १०

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३७७ पटक पढिएको
  • यातायात कार्यालय इलामद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सवारी साधन वार्षिक

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]