इटहरी । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१र८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची
इटहरी । गएको आर्थिक वर्ष २०८१ /०८२ मा धनकुटामा जम्मा ३ सय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गएको आर्थिक वर्षमा प्रशासनतर्फ १ सय ४१ उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटामा एक सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ १९ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार उत्पादक मूलक ९ वटा, कृषि तथा वन ४४ वटा, पर्यटन
इटहरी । हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका
इटहरी । सहारा नेपाल साकोस बेलबारी सेवा केन्द्रले एक बितिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रमको आयोजना गरी सदस्यहरूको ५ लाख ८० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । बेलबारी नगरपालिका–११ निवासी स्व. घाउरे धिमालको निधनपश्चात उनकी पत्नी पार्वती धिमाल, स्व रोनल मिश्रको निधनपश्चात उनकी आमा मिना कुमारी बुढाथोकी र बेलबारी ४ निवासी स्व किरण लिम्बुको निधनपश्चात उनकी पत्नी रुपा कुमारी राणाको नाममा रहेको ऋण मिनाहा गर्दै ५ लाख ८० हजार रुपैयाँको चेक बेलबारी ११ कि वडा सदस्य तारा सुन्दासको हातबाट हस्तान्तरण गरेको छ । बेलबारी सेवा केन्द्र सहयोग उपसमिती सदस्य रीता दाहालको अध्यक्षता तथा प्रमु
इटहरी । कोशी प्रदेशका कार्यालय प्रमुखहरुले कतिपय योजनाको नाम र स्थान उल्लेख नहुँदा बजेट फ्रिज भएको र कतिपय योजनामा बजेट अभाव हुँदा समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष ०८१÷८२ को वाषिर्क प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८२÷८३ को वाषिर्क बजेट र कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यक्रममा सहभागि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तर्गतका कार्यालयका कार्यालय प्रमुखहरुले टुक्रे योजनाका कारण काम सम्पन्न गराउन समस्या भएकाले टुक्रे योजनाहरु पालिकालाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । कोशी प्रदे
इटहरी । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा सङ्घीय सरकारको लगानीमा १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन बनेको छ । पाँच बिघा दुई धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएदेखि अहिलेसम्म प्रयोगमा आएको छैन । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) ले निर्माण गरेको प्रशासनिक भवनसहित परिसरमा ३२ वटा थोक तरकारी तथा फलफूल पसल, ३२ वटा खुद्रा पसल, क्यान्टिन, हेल्थ क्लिनिक, व्यवस्थापक क्लस्टर, सार्वजनिक शौचालय, नापतौल मेसिन, लोडअनलोड क्षेत्र, गोदामघर, बैङ्क घर, सुरक्षाकर्मी पोस्टसहितका संरचना छन् ।
इटहरी । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो । लाखेजात्रा पर्वको असरमा भानुजन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी भएका आठ टिमभित्रबाट फाइनल चरणसम्म पुग्ने सर्वोत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको एक सय ५० सीसीको बाइक प्रदान गरिने छ ।बाइकको कलर तथा अन्य मोडलको विषयमा कम्पनीसँ
इटहरी । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताउनुभयो । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लोको उहाँको भनाइ छ । कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले बारीबाट किनेर लैजाने गरेको सुनाउनुभयो । भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसाियक
इटहरी । ताप्लेजुङमा साढे चार वर्ष अघिदेखि निर्माण गर्न सुरु भएको युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाबाट युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले उत्पादन गर्न लागेको ५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । युनाइटेड मेवाखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेम (आशिष) ले निर्माणको काम करिव ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । जनसम्पर्क अधिकृत केदेमका अनुसार आयोजनाको विद्युत गृह र सुरुङको केही काम मात्र बाँकी रहेको छ । उहाँले सम्पन्न हुन
इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ । यस्तै मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुरान
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.