इटहरी । तीन वर्षीय बालक निश्चल आचार्यको जीवन रक्षार्थ लायन्स क्लबले १ लाख ५१ हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरेको छ। इटहरी उपमहानगरपालिका–५ स्थित लायन्स सामुदायिक भवनमा शनिवार सम्पन्न विशेष कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो। रक्त क्यान्सर पीडित निश्चल हाल काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचाररत छन्। उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट २२५ सी एरिया ४ अन्तर्गतका २६ वटा क्लबहरूलाई समेट्दै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम एरिया चिफ लायन्स भोजराज दाहालको संयोजकत्वमा सम्पन्न भएको हो।सहयोग हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर बबर जङ्ग थापा
इटहरी । यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गाबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो हप्तासम्म तीन करोड ६९ लाख २४ हजार ५०९ रुपियाँ राजस्व सङ्कलन गरिएको यातायात व्यवस्था कार्यालय रुम्जाटारका प्रमुख गोविन्द आचार्यले बताउनुभयो । सवारी साधन कर बापत सबैभन्दा बढी दुई करोड ९१ लाख ५० हजार ३७४ रुपिया राजस्व सङ्कलन भएको छ । सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ६० लाख ८६ हजार १६०, यातायात क्षेत्रको आम्दानी चार लाख २० हजार ४६५ र व्यावसाय रजिष्टर दस्तुर बापत ५१ हजार ८५० रुपिया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । आयकर
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले साधारण तथा प्राविधिक धार अध्ययन गर्ने १२१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार पालिकाभित्र स्थायी ठेगाना भई हाल जिल्ला भित्रका शिक्षण संस्थाहरुमा उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । साधारणतर्फ अध्ययनरत ११३ जना र प्राविधिक धारतर्फ अध्ययनरत आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले
इटहरी । मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानीको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न भएको छ । भौतिक प्रगति शतप्रतिशत पूरा भए पनि वित्तीय प्रगति ७६।४२ प्रतिशत मात्र भएकाले आयोजनाको औपचारिक उद्घाटन भने हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत तालपरिसरको संरक्षण र सौन्दर्यीकरण कार्यव्रmम सञ्चालन भएको हो । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार कुल लागतको ३५ प्रतिशत नगरले र ६५ प्रतिशत मन्त्रालयले बेहोर्ने गरी आयोजना सञ्चालन भएको हो । राजारानीताल संरक्षण तथा सौन्दर्यीकरण आयोजनाका लागि १२ करोड
इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दि
इटहरी । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रम भइरहेका छन् । पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्र
इटहरी । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिइन् ।
इटहरी । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.