इटहरी । कोशी प्रदेशका कार्यालय प्रमुखहरुले कतिपय योजनाको नाम र स्थान उल्लेख नहुँदा बजेट फ्रिज भएको र कतिपय योजनामा बजेट अभाव हुँदा समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष ०८१÷८२ को वाषिर्क प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८२÷८३ को वाषिर्क बजेट र कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यक्रममा सहभागि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तर्गतका कार्यालयका कार्यालय प्रमुखहरुले टुक्रे योजनाका कारण काम सम्पन्न गराउन समस्या भएकाले टुक्रे योजनाहरु पालिकालाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, राज्यमन्त्री भूमि प्रसाद राजवंशी र सचिव अशोक साहको उपस्थितिमा भएको समिक्षा कार्यक्रम पछि आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री राईले आर्थिक वर्ष ०८२÷८३ मा पहिलो चौमासिकमा नै टेण्डर प्रक्रिया शुरु गरेर समयमा योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाले पूँजीगत खर्च नभईरहेको गुनासो आईरहेको बेला समयमा नै टेण्डर प्रक्रिया शुरु गरेर समयमा योजना सम्पन्न गराउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।  गत आर्थिक वर्ष २०८१÷८२ मा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तर्गतका कार्यालयहरुले करिब ७४ प्रतिशत वित्तिय प्रगति गरेको बताइएको छ । दुई दिन सम्म आयोजना गरिएको समिक्षा कार्यक्रममा मंत्रालय अन्र्तर्गतका निर्देशनालय सहित पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन कार्यालयका प्रमुखहरुले आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न जिल्लाको प्रगति रिपोर्ट र समस्याहरु जानकारी गराएका थिए ।