इटहरी । कोशी प्रदेशका इटहरी र धरान नगरपालिका आर्थिक वर्ष २०८२र८३ को पहिलो दिनदेखि नै बजेट शून्यताको अवस्थामा पुगेका छन् । नगर सभाबाट प्रस्तावित र विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा दुवै उपमहानगरपालिकामा कानुनी रूपमै बजेटविहीन भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र बजेट पेस गरेर असार २५ भित्र छलफल गरी पारित गर्नुपर्ने प्रावधान छ । समयमै बजेट आउन नसक्दा विकासनिर्माणका पूर्वनिर्धारित कार्य, कर्मचारीको पारिश्रमिक, सार्वजनिक सेवा, योजना कार्यान्वयन, विगतमा भएगरेका कामको भुक्तानीलगायतका काम पूर्ण ठप्प हुने स्थितिमा पुगेको छ । धरान उपमहानगरपालिकामा अघिल्लो वर्ष पनि नगरप्
इटहरी । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१र८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो । अघिल्लो आव २०८०र८१ को तुलनामा यो एक करोड ७६ लाख बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसकेको महानगरपालिकामा सङ्घ तथा प्रदेश सरकारको अनुदान घट्दा यथार्थ आयको मूल्याङ्कन कमजोर देखिएको छ । जसको असर बजेट कार्यान्वयनमा परेको हो । बजेट र उपलब्धीबिच देखिएको असन्तुलनले अनुमानित आयव्ययमा समेत प्रश्न उठेको छ । महानगरपालिकाले गत आव २०८१र८२ का लागि तीन अर्ब ४९ करोड ९८ को अनुमानित आयव्यय प्रस्तुत गरेको थियो तर आवको अन्
इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा कुल २९ अर्ब ३३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वार्षिक आय विवरणअनुसार प्रदेशको आम्दानीको ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडमा निर्भर रहेको देखिएको छ । प्रदेशको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान समानीकरण अनुदानको रहेको छ । यस शीर्षकमा प्रदेशले संघीय सरकारबाट ८ अर्ब २० करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो कुल आम्दानीको करिब २८ प्रतिशत हो । त्यस्तै, राजस्व बाँडफाँडअन्तर्गत मूल्य अभिवृद्धि कर ९भ्याट० प्रदेशको दोस्रो ठूलो आम्दानीको स्रोत बनेको छ । भ्याट बाँडफा
इटहरी । हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले पाँच करोड लगानी गरिसकेको छ । गाउँ
इटहरी । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ को तुलनामा आर्थिक वर्ष २०८१र०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०८१र०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यलय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा पुँजीगत ल
सुन्दरहरैचा / एकीकृत कर्मचारी संगठनले कर्मचारीमाथि भएको दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी अन्तरगतको एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । कर्मचारीमाथि दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गरिएको थियो । सहारा नेपाल बचततथा ऋण सहकारी संस्था अन्तरगत सेवा केन्द्र मधुमल्लामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई सदस्यले कर्जा नबिकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका–२ रचना टोलमा बोलाइएको थियो । स
इटहरी । धरान–चतरा सडकखण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा पर्ने बाघखोला, बगुवाखोला र ठकुरीखोलामा पुल निर्माण गरिएको हो । निर्माणाधीन तीन वटा पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि पुलसँग जोडिएका सडकको काम भने बाँकी छ । बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण अन्तर्गत पुल निर्माण भइरहेका हुन् । पुल निर्माणमा खटिएको सूर्य एन्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघखोला, बगुवाखोला र ठकुरीखोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बर्ख
बराहक्षेत्र, सुनसरी – बराहक्षेत्र नगरपालिकाले यस आर्थिक वर्षमा पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन शीर्षकमा विनियोजन गरेको २५ लाख रुपैयाँमध्ये २३ लाख ५८ हजार ६ सय ७८ रुपैयाँ खर्च गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ ।सार्वजनिक खरिद नियमावलीको नियम ३१ अनुसार बीस लाख रुपैयाँभन्दा बढीको सेवा खरिद खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने उल्लेख छ। तर नगरपालिकाले सूचना तथा सन्देश प्रकाशनको काममा कुनै सार्वजनिक सूचना जारी नगरी, नगर प्रमुखको तोक आदेशकै भरमा मिडियाहरुलाई रकम वितरण गरेको देखिएको हो।महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, “पाल
भोजपुर | करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठानको शिलालेख अनावरण कार्यक्रम अरूण गाउँपालिकामा सम्पन्न भएको छ। उक्त परियोजनामा भारतीय दूतावास, काठमाडौंको ८० प्रतिशत तथा अरूण गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोग रहनेछ।शिलालेख अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा भारतीय दूतावास, काठमाडौंका काउन्सिलर अभिनाश कुमार सिंहको उपस्थिति रहेको थियो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, भारतीय दूतावासका एटेची उपेन्द्र सिंह नेघी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संस्थाका पदाधिकारी, वडाध
धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आज सोमवार सम्पन्न निर्वाचनमा कुल २ हजार ३४० मत खसेको छ । कुल २ हजार ९०७ मतदाता मध्ये यसपालीको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए । मतगणना भोली मङ्गलवार बिहान देखी हुनेछ ।प्रारम्भिक चरणमा राजनीतिक दलहरू तटस्थ रहेको देखिएको थियो। तर अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ एमाले निकट भएतापनि अर्का उम्मेदवार शिवराज श्रेष्ठ एमाले पार्टी धरान नगर सचिवालय सदस्य भएकाले उनैलाई आधिकारिक उम्मेदवारको मान्यता दिएर एमाले पार्टी चुनावमा होमिएको देखियो ।एमाले निकट सङ्घका पूर्व अध्यक्षहरू, अग्रज व्यवसायीहरू गोपाल श्रेष्ठको पक्षमा पहिल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.