इटहरी । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन्। चालु आर्थिक वर्ष २०८१–८२ मा उनले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएका थिए। मुख्यमन्त्री हिक्मत कुमार कार्कीका अनुसार आगामी वर्षका लागि बजेट ३७ अर्ब रुपैयाँ हाराहारीमा रहनेछ। बजेटमा सांसद विकास कार्यक्रमका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख रुपैयाँ र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई १ करोड ५० लाख र
इटहरी । उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्को शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत निःशुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका क्रममा सरकारी विद्यालयले चर्को शुल्क लिन थालेका छन् । बालबालिकाका लागि निःशुल्क तथा अनिवार्य शिक्षा भनी नेपालको संविधानमा मौलिक हकका रूपमा उल्लेख गरेको भए पनि अङ्ग्रेजी माध्यमबाट कक्षा शिक्षण गर्ने शिक्षकलाई थप सुविधा दिने बहानामा सरकारी अनुदानमा सञ्चालित विद्यालयले बोर्डिङ स्कुलले झैँ धमाधम शुल्क असुल्न थालेपछि आर्थिक मारमा परेको अभिभावकको भनाइ छ । यसैबिच जिल्लाको चौदण्डीगढी नगरपालिका–९, ह
इटहरी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक÷एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाख रकम सहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रदेशका खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडीलाई व्यक्तिगत, टिम स्पर्धामा प्रथम हुने टिमलाई १ लाख नगद सहित प्रशिक्षक र व्यवस्थापकलाई समेत उचित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्व दिँदै सरकारको नीति तथा कार्यक्रममा आन
इटहरी । मेची राजमार्गमा पर्ने हेवाखोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नु परेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाममार्फत पुनः जडानका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । त्यसमध्य
इटहरी । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी ल
इटहरी । मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नुपरेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । उक्त पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाम मार्फत पुनः जडानका लागि बोल पत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ ।
इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लि
केराबारी / उत्तरी मोरङको केराबारी गाउँपालिकाले मागमा आधारित कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत फर्मका सदस्यहरूलाई लक्षित गरी १७ थान मोटरसहितको घाँस काट्ने मेसिन (च्यापकटर) ७५% अनुदानमा वितरण गरेको छ।केराबारी गाउँपालिका ले आफ्ना नीति तथा योजनाअनुसार विभिन्न क्षेत्रमा बजेट छुट्याएर काम गरिरहँदा कृषकका मागका आधारमा पशुपन्छी शाखा को समन्वयमा उक्त कृषि सामग्रीहरू वितरण गरेको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ ले बताउनुभयो ।घाँस काट्ने मेसिन वितरणसँगै कृषकहरूको काम सजिलो हुने, पशुपालन व्यवसायमा आधुनिकता ल्याउने र उत्पादकत्वमा व
भावना वर्देवाइटहरी । झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जीपी भवनको निर्माण कार्य सुरु हुने भएको छ। करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य सुरु हुने भएको हो। भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयमार्फत तीन करोड रूपैयाँ बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उनले बताए। खरिद ऐन १४औँ संशोधनसँगै जीपी भवन निर्माणमा देखिएको कानूनी बाधासमेत हटेको नगरप्रमुख पोखरे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.