इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपियाँ राजश्व सङ्कलन गरेको हो । गाउँपालिकाले गत साउनदेखि जेठ मसान्तसम्म १० महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ देखि हालसम्म ११ दिनमा ५२ लाख ७० हजार रुपियाँ सङ्कलन भएको छ । लुक्ला शुल्क सङ्कलन केन्द्र, जोरसल्ले शुल्क सङ्कलन केन्द्र र लुक्ला हेलिप्याड गरी तीन वटा केन्द्रबाट पर्यटकहरू खुम्बु क्
इटहरी । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठक
इटहरी। पाँच धर्मका धर्मगुरु एकै स्थानमा बसेर धर्मभित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणाका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ । नगरको गौरवको आयोजनाका रूपमा शान्तिपार्क निर्माण गरिएको हो । नेपालमा अन्यत्र कतै पनि पाँच धर्मका अनुयायी एउटै स्थानमा बसेर ध्यान गर्ने, छलफल गर्ने ठाउँ छैन । त्यसैले यो पार्कलाई देशको एउटा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने गरी काम सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले छ करोड आठ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो । सङ्घ
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयले अति विपन्न वर्गका किसानहरूलाई विउ – बाख्रा पाठी वितरण गरेको छ । वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पशुपालक किसानहरुलाई उन्नत जातका बिउ – बाख्राको पाठी वितरण गर्नुभएको हो । वडा कार्यालयको ६० हजार रुपैयाँको बजेटबाट वडाका अति विपन्न नागरिकहरूलाई बिउ बाख्राको पाठी वितरण गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो । बाख्राको विउ पाठी पाउने किसानहरूले पाठीले बच्चा जन्मेपछि एउटा पाठी वडा कार्यालयलाई बुझाउनुपर्ने र उनीहरूले बुझाएको पाठीहरू पुनः अरु किसानहर
इटहरी । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उहाँले बताउनुभयो । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ । निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भ
इटहरी । इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यक्रम अनुसार किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । नगरको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख रुपियाँबराबरको प्लास्टिक मल्चिङ, ३३९ जना किसानलाई १२ लाख रुपियाँ बराबरको टनेल, २६ जना किसानलाई १६ लाख रुपियाँ बराबरको हाते ट्याक्टर र ६३ जना किसानलाई छ लाख रुपियाँबराबरको काउम्याट वितरण गरिएको छ । यसमा नगरको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । सामग्री वितरण कार्यक्रम
इटहरी । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ फस्ट फ्लर्टको चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् । इलामका सबै जसो चिया उद्योगमा उत्पादित फस्ट फ्लसको तयारी चिया भारतसहित तेस्रो मुलुक निर्यात भइसकेको उद्योगीको भनाइ छ । साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले फस्र्ट फ्लसको आठ हजार किलो तयारी चिया निर्यात गरेको बताउनुभयो । “यस वर्ष मैले फस्र्ट फ्लसलाई भारत नै पठाएँ । अन्य सबै जसो उद्योगले पनि निर्यात गरिसकेका छन्,” दाहालका अनुसार भारतसहित तेस्रो मुलु
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत याकचौँरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत साम्तोङका कृषक समूहलाई चौँरी तथा याक वितरण गरिएको पालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार कृषक समूहलाई १४ वटा चौँरी प्रदान गरिएको छ । कृषकको २० प्रतिशत साझेदारीमा चौँरी याक प्रवर्द्धनका लागि उपलब्ध गराइएको अध्यक्ष वनेमको भनाइ छ । शतप्रतिशत पालिकाको अनुदानमार्फत प्रदान गरिएको वस्तुको कृषकहरूले बेवास्ता गरेको पाइएकाले केही मात्रामा क
इटहरी । खोटाङको सावा खोलामा पक्की पुल निर्वाण भएको छ। जिल्लाको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको बीचमा पर्ने भानमति घाटमा पक्की पुल निर्माण गरि शनिबारदेखि संचालनमा ल्याइएको छ। यो पुल निर्माण भएसँगै खोटाङका पाँच पालिकाका बासिन्दा लाभान्वित भएका छन्। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदानमा सावाखोलामा ४१।४० लम्बाइ र ८।४० मिटर चौडाइको पक्की पुल निर्माण गरिएको छ। उक्त पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। पुल उद्घाटन गर्दै मन्त्री राईले खोटाङको विकासमा प्रदेश सरकारले
इटहरी । कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो । सबैभन्दा ठुलो योजनाअन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजना रहेको छ । यसका कोशी प्रदेश सरकारले ७५ करोड १३ रुपियाँको योजना स्वीकृत गरेको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका जानकारी दिनुभएको छ । उहाँका अनुसार तमोर करिडोर सडक जोड्न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.