इटहरी । इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक एक वटा ‘अल वेदर’ बाह्रमासे सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका बाह्रमासे सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित बन्न थालेका छन् । सूर्योदय नगरपालिकामा १३।५ किलोमिटर कालोपत्रे, ८३।८ किलोमिटर ग्राभेल र ६६८।९३ किलोमिटर गरी जम्मा ३३३ वटा स्थानीय सडक छन् । नगरले यी सडकलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमले वर्गीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । इन्जिनियर सापकोटाका अनुसार नगरभित्र स्ट्
काठमाण्डौ । कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन २०८२ शुरू भएको छ । लगानी गर्न समयानुकूल वातावरण छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उहाँले लगानीको सम्भावना प्रचुर रहेको बताउनुभयो । यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वा
इटहरी । विराटनगर महानगरपालिकामा चार हजार घरबाट निस्केको ढल ट्रिटमेन्ट प्लान्टसम्म पु¥याएर प्रशोधन हुन थालेको छ । विराटनगर–१४ स्थित फोहोर पानी तथा ढल प्रशोधन केन्द्रमा नगरका चार हजार घरको शौचालयसहित फोहोर पानी प्रशोधन हुन थालेको हो । ढल प्रणालीमा विराटनगर महानगरपालिका अन्तर्गतका वडा नं। ६, ७, ८, ९, १०, ११ र १४ का घर जोडिएका छन् । ढल प्रणालीको सेवा क्षेत्रभित्र पर्ने तर यसमा जोडिन प्राविधिक समस्या हुने घरको ढल सक्सन मेसिनमार्फत तानेर त्यहाँ पुग्ने गरेको विराटनगर महानगरपालिका सहरी पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिनुभयो । विराटनगर सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत तीन अर
आयुसा पराजुली इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । सम्मेलनका बारेमा जानकारी गराउन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा ७१ वटा परियोजनाहरू प्रस्तुत गरिने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा।सरोज कोइरालाले जानकारी दिनुभयो । वैशाख १८ र १९ गते दुई दिनसम्म चल्ने सम्मेलनको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपियाँ रहेको छ । पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार, उद्योग, सूचना प्रविधि लगायतका क्षेत्रका परियोजनाहरूको सोकेसिङ गरिने कोइरालाको भनाइ छ । चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतस
इटहरी। उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगरको–९ बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । नगरले बङ्गुरपालन क्षेत्र छनौट गरी ९ नम्वर वडाको बाह्रगोठेका ३८ जना किसानलाई १–१ वटा बङ्गुरका पाठापाठी वितरण गरी कार्यक्रम सुरु गरेको हो । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले किसानलाई पाठापाठी वितरण गर्नुभयो । कोशी प्रदेश सरकार र लेटाङ नगरपालिकाले संयुक्त रूपमा किसानसँग लागत साझेदारीम यो कार्यक्रम सञ्चालन गरेको हो । नगर प्रमुख लावतीका अनुसार कोशी प्रदेश सरकारको पाँच लाख रुपियाँ किसानबाट ५७ हजार रुपियाँ साझेदारी गरी कुल ५ लाख ५७ हजार रुपियाँम
इटहरी। विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एलेक्सा लाइफ साइन्सेस प्रालि नामको इलेक्ट्रोलर औषधी उद्योग सञ्चालनमा आएको हो । स्वास्थ्य क्षेत्रका क्रियाशील दिनेश ठाकुर र उद्योग क्षेत्रमा क्रियाशील रञ्जित भगतको साझेदारी लगानीमा स्थापित उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादनको बिक्री भने आगामी साउनदेखि हुने छ । अन्तर्राष्ट्रिय मापदण्डको भवन संरचनामा ल्याब स्थापना गरिएको उद्योगमा मेसिन जर्मन प्रविधिका रहेको बताइएको छ । उद्योगमा एभरेस्ट बैङ्कसँग वित्तीय सहकार्य गरिएको छ जसमध्ये बैङ्कले ६० करोड लगानी गर्न
इटहरी । हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । ज्ञानकेद्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार जिल्लाका किसानले लगाएको मकै, तरकारी र केरा खेतिमा क्षति पुगेको छ । उहाँका अनुसार कति क्षति भयो भन्ने विवरण आई सकेको भने छैन । क्षति भएको जानकारी गराउन किसान कार्यालयमा आउने गरेको बताइएको छ । हावाहुरीसहितको असिनापानीले जिल्लाको दक्षिणी र उत्तरी क्षेत्रमा बढी क्षति पुर्याएको छ । वराहक्षेत्र १० प्रकाशपुरका किस
इटहरी । इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक एक वटा ‘अलवेदर’बाह्र मासे सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका अलवेदर बाह्र मासे०सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहि बन्न थालेका छन् । सूर्योदय नगरपालिकामा १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभेल र ६ सय ६८ दशमलव ९३ किलोमिटर गरी जम्मा तीन सय ३३ वटा स्थानीय सडकहरू रहेका छन् । नगरले यी सडकलाई ‘ए,बी,सी र डी’ गरी चार किसिमले वर्गाीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । इन्ज
इटहरी । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ । सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ । विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले
इटहरी । आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा आएको छ । अदालत र कर्मचारी संयन्त्रको अवरोधले छ महिनादेखि बन्द उद्योग बिहीबार रातिदेखि सञ्चालनमा आएको हो । बिहीबार रातिदेखि उद्योग सञ्चालनमा आएका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिनुभयो । मेसिन उपकरण सञ्चालनमा रहेकाले बिहीबार रातिदेखि क्लिङ्कर उत्पादन सुरु भएको हो । पहिलो दिन नै उद्योगले चार हजार बोरा सिमेन्ट उत्पादन गरिसकेको साहले जानकारी दिनुभयो । दैनिक चार सय मेट्रिक टन क्लिङ्कर उत्पादन हुने उद्योगसँग १२ दिनसम्म पुग्ने कोइला र डिजेल मौजुदा छ । यो अवधिमा उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्री गरी पुँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.