आर्थिक

    Showing ५९१-६०० of १,२४६ items.
  • उदयपुरमा ठेकेदार सम्पर्कविहीन, एक अर्ब १६ करोडको खानेपानी योजना अलपत्र

    इटहरी  । उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ ।  बर्सांदेखि खोला खोल्सी र कुवा पधँेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरका तीन वटा पालिकाका आमउपभोक्तालक्षित सो योजना सञ्चालनमा ल्याइएको हो । निर्माण कम्पनीको ढिलाइका कारण त्यस क्षेत्रका करिब ३७ हजार लक्षित वर्ग स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुन पुगेका छन् । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले एक अर्र्ब १६ कर

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ४०० पटक पढिएको
  • सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा साझेदारीमा एक करोड ७१ लाखको स्वास्थ्य चौकी भवन निर्माण शुरु

    इटहरी  । गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका र ‘पाइला पाइलाको आशा’ संस्थाबिचको सहकार्य तथा लागत साझेदारीमा निर्माण थालिएको वडा नं। ११ का वडाध्यक्ष टङ्कबहादुर कार्कीले जानकारी दिनुभयो । करिब एक वर्षमा काम सम्पन्न गर्ने गरी पिके कन्ट्रक्सनले स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको छ । एक करोड ७१ लाख १४ हजार रुपियाँमा निमार्ण हुने भवनको सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले शिलन्यास गर्नुभएको छ । त्यस अवसरमा नगर प्रमुख शेर्पाले नगरपालिकाले स्वास्थ्य, शिक्षा तथा पूर

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३११ पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायो १५ करोड बढी राजश्व

    इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपियाँ राजश्व सङ्कलन गरेको हो । गाउँपालिकाले गत साउनदेखि जेठ मसान्तसम्म १० महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ देखि हालसम्म ११ दिनमा ५२ लाख ७० हजार रुपियाँ सङ्कलन भएको छ । लुक्ला शुल्क सङ्कलन केन्द्र, जोरसल्ले शुल्क सङ्कलन केन्द्र र लुक्ला हेलिप्याड गरी तीन वटा केन्द्रबाट पर्यटकहरू खुम्बु क्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ३५८ पटक पढिएको
  • जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

    इटहरी ।  कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठक

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ३०२ पटक पढिएको
  • लेटाङमा पाँच धर्म एकै छानामुनि: अन्तरधार्मिक शान्तिपार्क नगर गौरवको आयोजनाका रूपमा निर्माणाधीन

    इटहरी। पाँच धर्मका धर्मगुरु एकै स्थानमा बसेर धर्मभित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणाका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ ।  नगरको गौरवको आयोजनाका रूपमा शान्तिपार्क निर्माण गरिएको हो । नेपालमा अन्यत्र कतै पनि पाँच धर्मका अनुयायी एउटै स्थानमा बसेर ध्यान गर्ने, छलफल गर्ने ठाउँ छैन । त्यसैले यो पार्कलाई देशको एउटा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने गरी काम सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले छ करोड आठ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो । सङ्घ

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ४२४ पटक पढिएको
  • पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयद्वारा बाख्रा पाठी वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयले अति विपन्न वर्गका किसानहरूलाई विउ – बाख्रा पाठी वितरण गरेको छ । वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पशुपालक किसानहरुलाई उन्नत जातका  बिउ – बाख्राको पाठी वितरण गर्नुभएको हो । वडा कार्यालयको ६० हजार रुपैयाँको  बजेटबाट वडाका अति विपन्न नागरिकहरूलाई बिउ बाख्राको पाठी वितरण गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो । बाख्राको विउ पाठी पाउने किसानहरूले पाठीले बच्चा जन्मेपछि एउटा पाठी वडा कार्यालयलाई बुझाउनुपर्ने र उनीहरूले बुझाएको पाठीहरू पुनः अरु किसानहर

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ४०० पटक पढिएको
  • इलामको पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा

    इटहरी । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उहाँले बताउनुभयो । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ । निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ४१० पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण

    इटहरी । इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यक्रम अनुसार किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । नगरको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख रुपियाँबराबरको प्लास्टिक मल्चिङ, ३३९ जना किसानलाई १२ लाख रुपियाँ बराबरको टनेल, २६ जना किसानलाई १६ लाख रुपियाँ बराबरको हाते ट्याक्टर र ६३ जना किसानलाई छ लाख रुपियाँबराबरको काउम्याट वितरण गरिएको छ । यसमा नगरको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । सामग्री वितरण कार्यक्रम

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २८० पटक पढिएको
  • गत वर्ष भन्दा यस वर्ष चिया उत्पादनमा सुधार

    इटहरी । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ फस्ट फ्लर्टको चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् । इलामका सबै जसो चिया उद्योगमा उत्पादित फस्ट फ्लसको तयारी चिया भारतसहित तेस्रो मुलुक निर्यात भइसकेको उद्योगीको भनाइ छ । साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले फस्र्ट फ्लसको आठ हजार किलो तयारी चिया निर्यात गरेको बताउनुभयो । “यस वर्ष मैले फस्र्ट फ्लसलाई भारत नै पठाएँ । अन्य सबै जसो उद्योगले पनि निर्यात गरिसकेका छन्,” दाहालका अनुसार भारतसहित तेस्रो मुलु

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३५२ पटक पढिएको
  • ताप्लेजुङको कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत याकचौँरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत साम्तोङका कृषक समूहलाई चौँरी तथा याक वितरण गरिएको पालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार कृषक समूहलाई १४ वटा चौँरी प्रदान गरिएको छ । कृषकको २० प्रतिशत साझेदारीमा चौँरी याक प्रवर्द्धनका लागि उपलब्ध गराइएको अध्यक्ष वनेमको भनाइ छ । शतप्रतिशत पालिकाको अनुदानमार्फत प्रदान गरिएको वस्तुको कृषकहरूले बेवास्ता गरेको पाइएकाले केही मात्रामा क

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]