आर्थिक

    Showing ७९१-८०० of १,२०९ items.
  • सन्तोषी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न ।

    इटहरीमा विगत १४ वर्ष देखि सञ्चालनमा रहेको सन्तोषी  बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न  भएको छ । बिहिवार  संस्थाको भवनमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष नवराज बुढाथोकीले समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/८० को शेयर पुर्जी ९४  लाख  ४६ हजार ८ सय ३०  रहेको छ  भने यस वर्षका संस्थाको कुल ऋण लगानी २ करोड  ४४ लाख ५१ हजार ६ सय ४० रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको सम्पत्ति मौज्दात ३ करोड ७० लाख १५ हजार ६ सय रहेको सस्थाका अध्यक्ष बुढाथोकीले बत

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ४२५ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरी द्वारा ढक तराजु ,लिटर, मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन

    इटहरी / उद्योग वाणिज्य संघ इटहरीले ढक तराजु, लिटर, मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन गरेको छ । उपभोक्ताहरु नठगिउनु भनेर उद्योग वाणिज्य संघ इटहरीकै भवनमा ढक तराजु ,लिटर ,मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभाग विराटनगरको सहकार्यमा गरिएको ढक, तराजु, लिटर, मिटर दर्ता नविकरण शिविरमा ढक तराजु , लिटर, मिटरहरुको परिक्षण गरिएको हो  । व्यावसायीहरुको नापतौलका उपकरण दर्ता तथा नविकरण शिविर मार्फत गराइएको उद्योग वाणिज्य संघ इटहरीका कोसाध्यक्ष सन्नी चौधरीले जानकारी दिनु भयो । इटहरीका व्यावसयीहरु बाट हुने सेवा सुविधा होस् पारदर्शी होस् भन्ने धारणले

    • प्रकाशित मितिः पुस २६, २०८०
    • २०६ पटक पढिएको
  • नगर स्तरीय कोपोमिस पुनर्ताजकी तालिम सम्पन्न

    सहकारी सम्वन्धी व्यवस्थापकीय सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले बर्दिवासमा नगर स्तरीय कोपोमिस पुनर्ताजकी तालिम सम्पन्न भएको छ।     बर्दिवास नगरपालिकाको आयोजना तथा ग्रामिण विप्रेषण आयोजनाको प्राविधिक सहयोगमा नगरक्षेत्रमा रहेका सहकारीहरुलाई प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित दुई दिने तालिम सम्पन्न भएको हो । तालिम सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा सुमन पौडेलले सहजिकरण गरेका थिए ।बर्दिवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरण

    • प्रकाशित मितिः पुस २२, २०८०
    • १६७ पटक पढिएको
  • अनुसन्धान थाल्न अख्तियारलाई लेखा समितिको निर्देशन

    काठमाडौं/दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।समितिको  बैठकले टेरामक्स खरिद अध्ययन प्रारम्भ गरी ३० दिनभित्र कार्यप्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ । “यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म भएका कामको विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी हुनेगरी कार्यसम्पादन गरे,

    • प्रकाशित मितिः पुस १२, २०८०
    • २५० पटक पढिएको
  • १४ औँ नगरसभा बैठक स्थगित भएसँगै नगर प्रमुख पौडेलले पत्रकार सम्मेलन गरे

    इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने बिषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप लगाउनुभएको छ । नगरप्रमुख पौडेलले विहिवार आफ्नो कार्यकक्षामा  पत्रकार सम्मेलन गर्दै एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको मेयर पौडेलको आरोप छ । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक बिशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको पत्रकार सममेलनमा जानकारी गराउनु भयो । इटहरीको बिकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौड

    • प्रकाशित मितिः पुस १२, २०८०
    • १९० पटक पढिएको
  • इटहरीमा कर वृद्धिको विवाद चुलिँदै नगरसभा स्थगित भएपछि नेकपा एमालेको आपत्ति

    इटहरी- इटहरीमा कर वृद्धिको विवाद चुलिँदै गएको छ। बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएसँगै थप विवाद चुलिएको हो।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ।’नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटीले आपत्ति जनाएको हो। नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण

    • प्रकाशित मितिः पुस १२, २०८०
    • २८३ पटक पढिएको
  • कर घटाउने निर्णय नगरसभा बाट पारित गर्ने भनिएकोले नगरसभा स्थगित गरिएको भन्दै इटहरीका एमाले संबद्ध जनप्रतिनिधि हरु द्वारा बिरोध

    इटहरी / इटहरी उपमहानगरपालीकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित बिरोध गरेका छन् । बुधबार इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभा अन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचीत नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन । बिगत लामो समय देखी इटहरी नगर कार्यपालीका बैठकमा विवादीत बन्दै आएको कर समायोजनको बिषय १३६ औं कार्यपालिका बैठकबाट कर समायोजन गर्ने निर्णय भए बमोजीम आजको नगरसभाले त्यसलाइ अनुमोदन गर्ने कार्यसुची रहेको थीय

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २३८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम सुरु गरिएको छ ।कृषीलाई पहिलो प्राथमिकता राखेर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम सुरु गरिएको छ ।आज र भोलि हुने कौशी खेति कार्यक्रममा इटहरी ५ का ५० वटा टोल विकास संस्था मध्य १४ वटा टोल बिकास संस्थालाई छनोट गरेर प्रत्येक टोल विकास संस्थाका  ५-५ जना महिलालाई कौशी खेतीका लागि छनोट गरिएको छ । जसमा ७० जना रहेका छन् ।कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी रहनु भएको थियोे । उहाँले कौशी खेतिका लागि इटहरी सरकारले समेत सहयोग गर्ने बताउनुभयो । घरभित्रको

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १४६ पटक पढिएको
  • पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै र प्रशासनिक भवन शिलान्यास

    भोजपुर /भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।तिवारीभञ्याङको शुन्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास

    • प्रकाशित मितिः पुस ५, २०८०
    • १९९ पटक पढिएको
  • इटहरी : सफारी माथिको दबाब, व्यवस्थापकीय क्षमताको अभाव

    इटहरी : इटहरी उपमहानगरपालिकाको गेट अगाडी यात्रु पर्खिरहेका जस बहादुर गुरुङ सफारी चलाउन दिक्क लाग्ने गरेको सुनाउँछन् । आइतबार देखी उपमहानगरपालिकाले टाइम कार्ड लागु गरेसँगै उनी थप निराश भएका छन् । टाइम कार्ड बारे नबुझेका उनले विगत देखिनै अनेकौँ निर्णय भइरहेको र सफारीलाई मात्र दुःख दिन थालेको बताए ।तिन पाङ्ग्रे विद्युतीय रिक्सा (सिटी सफारी) को लागि पर्याप्त पार्किङ नभए पनि पार्किङको शुल्क तिर्नुपर्ने बाध्यता भएको बताउँछन् । उपमहानगरपालिकाले पैसा लिने गरेको बताउँदै उनले भने, ‘कुनै ठाउँमा रोक्न नपाउने भए किन शुल्क लिनु ? कर लिने मात्र काम भयो । भित्री सडकमा कुदाउन सक्ने अवस्था छैन । खाल्डाखुल्डी र

    • प्रकाशित मितिः पुस ३, २०८०
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]