इटहरी । सुनसरीको इटहरीस्थित एभरेस्ट बैङ्कको शाखाले १९ जना सर्वसाधारणकाे कराेडाै रकम नियत बस हिनामिना गरेको रहस्य बाहिरिएको छ । शाखामा कार्यरत एक कर्मचारीले नियतवस इटहरी तथा विभिन्न क्षेत्रमा रहेको सेवाग्राहीको खाताबाट कराेडाै रकम फर्जी खाता बनाएर ट्रान्सफर गरेका हुन ।खातामा रहेको रकम निकाल्न जाँदा बैकको शाखाले उल्लेखित रकम नभएको बताएपछि सेवाग्राहीले छानबिनको माग गरेका थिए । छानबिन गर्दै जाँदा इटहरी शाखामा कार्यरत अप्रेसन इन्चार्ज विराटनगर महानगरपालिका-८ घर भएका निरज प्रधानले नियतवश १९ जना बचतकर्ताहरूको १ करोड भन्दा बढी रकम अन्य स्थानमा रहेका खातावालाहरूको नाममा सारेर ठगी गरेको खुलेको हो । सर्व
इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापनमा विभिन्न योजना सहित सञ्चालन भएको छ । अस्पतालमा सञ्चालक देखि व्यवस्थापकीय समूह सबै परिवर्तन भई नयाँ योजना सहित सञ्चालन हुने भएकाे हाे । बिगत लामाे समयदेखी सेवाग्राहीहरूको मन जित्दै आएको यस अस्पतालमा लेखी सुब्बाको प्रवेश सँगै नयाँ योजना तथा व्यवस्थापनमा सञ्चालन हुने भएको जनाइएकाे छ । विगतमा निश्चित समय तोकेर सेवा दिँदै आएको अस्पतालले अब २४ सै घण्टा सेवा दिने भएकाे छ । सबै प्रकारका रोगहरूसँग सम्बन्धित वरिष्ठ चिकित्सक राखेर अस्पताल सञ्चालनमा ल्याइनुका साथै नयाँ उपकरणहरू जडान गर्ने कार्य भइरहेकाे अध्यक्ष सुब्बा बताउछन् ।अस्पताल
इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सुनसरीकाे इटहरीमा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु गरेको छ । इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पाेखरेलले आज इटहरी शाखाकाे उद्घाटन गर्नुभए सँगै सेवा सुभारम्भ भएकाे हाे ।उपभोक्ताले नेपाली बजारमा उपलब्ध अन्य इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सीजीले जनाएको छ । कम्पनीले १ हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपी टीभी प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरू
बर्जु / सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिका स्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
इटहरी / इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटल तथा लज व्यवसायी समिति इटहरीको संयुक्त आयोजनामा चैत २९ देखि वैशाख १० गतेसम्म महोत्सव आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।पर्यटन बोर्डको सहयोग हुन लागेको महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने जनाइएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ दर्शकले चाहेको खानाका परिकारहरु रोजेर खान पाउने सुबिधा मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी महासचिव सफल पौडेलले बताउनु भयो। परापूर्वकालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जीवनका लाग
केराबारी / झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था लिमिटेडले आफ्नो २८ औ बार्सिक उत्सब सप्ताह ब्यापि रुपमा बिबिध सामाजिक क्रियाकलाप गरि मनाई रहेकाे छ। सहारा नेपाल साकोसको २७ औ वार्षिक उत्सवको अवसरमा केराबारी सेवाकेन्द्र नं. ७६ अन्तर्गत पनि कार्यक्रम आयोजना गरिएको छ । १ बर्ष अघी अर्थात २०७८ चैत्र २१ गते ७६ औ सेवाकेन्द्रको रुपमा सेवाकेन्द्र केराबारी स्थापना भएको सहाराले केराबारी स्थीत के यु एकाडेमि एक कार्यक्रम गरी अहिले सम्मको उपलब्धीहरु सार्वजनीक गरेकोछ । केराबारि सेवा केन्द्र प्रमुख सागर अधिकारीको अध्यक्ष
धरान / नेकपा एमाले निकट उद्योगी व्यवसायीहरू सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिको प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।धरान स्थित होटेल पूर्वी स्टारमा शनिवार भएको प्रथम नगर अधिवेशनले महासङ्घको धरान नगर अधिवेशन भएको हो ।नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा टङ्ककुमारी गुरुङ र राजेश अग्रवाल रहेका छन् । सचिव दीपेन्द्र निरौला, कोषाध्यक्ष मिशन लामा, उपसचिवद्वय वैजुप्रसाद साह, जीवन राई, सह-कोषाध्यक्ष लीला शङ्कर रहेका छन् ।सदस्यहरूमा विजेन्द्र श्रेष्ठ, सोम परियार, सुरेन्द्र बज्राचार्य, श्यामकुमार सोनी, मधु स्थापित, म
धरानः भोलि शनिबार धरानमा कोकाहा खानेपानीको लागि सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । ‘पूर्वमै पहिलोपल्ट यस्तो स्टेज बनाउँदैछौं कि जुन कार्यक्रमका लागि पनि भव्य हुनेछ’, उनले भने, ‘अहिले स्टेज निर्माण, सरसफाइ लगायतका कार्यक्रम चलिरहेको छ ।’उनका अनुसार कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका आधा कलाकार आजै धरान आइसकेका छन् भने आधा कलाकार भोलि धरान आउने उनले जानकारी दिए । उनका अनुसार आजै राजेशपायल राई, एकदेव ल
वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की सङ्घीय सरकार र निकायहरूसँग विकासको योजनाकालागी बजेट उपलब्ध गराउन माग गर्दै काठमाडौँका मन्त्रालय र विभागमा दौडधुप गर्दैछन।नगरपालिकाको आन्तरिक साधन र स्रोतले मात्र नगरवासीको आवश्यकता र विकाशका योजनाहरू सञ्चालन गर्ने नसकिने भएकाले मेयर कार्की माथिल्लो तहको सरकारसँग सहकार्यकालागी सक्रिय देखिएका हुन् ।हाल सङ्घीय राजधानी काठमाडौँ पुगेका मेयर कार्की सङ्घीय विभागीय मन्त्री, सङ्घीय प्रतिनिधि सभा सदस्य तथा विभिन्न विभागमा योजनाका लागी बजेट उपलब्ध गराउने कार्यमा लागिपरेका छन् ।कोसी कट्टान नियन्त्रण, सडक पूर्वाधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मोबाइल
सुन्दरहरैँचा। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बलिया शाखाले जेब्राक्रसिङ निर्माण तथा बोर्ड हस्तान्तरण गरेको छ । संस्थाको २८ औँ स्थापना दिवसको अवसर पारेर सुन्दरहरैँचा नगरपालिकाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बलिया तथा बाँसबारी चौकमा जेब्राक्रसिङ निर्माण गर्नुका साथै सुचना बोर्ड हस्तान्तरण गरिएको हो । बलिया शाखाको आयोजनामा सहकारीका सदस्य,स्थानिय उपभोक्ता,नागरिक समाज सहितको उपस्थितीमा सरसफाई पनि गरिएको थियो । बलिया तथा बाँसबारी चौक क्षेत्रमा सरसफाई गरी सुचना बोर्ड गाडिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत व्यस्त हुने दुई चौकहरुमा सडक वारपार गर्न भईरहेको समस्यालाई मध्यनजर गर्दै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.