इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आइतबार सेमिफाइनलको खेल हुने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आज सेमिफाइनलको खेल हुने भएको हो । आज हुने पहिलो सेमिफाइनल खेलमा ड्रिम बोइज एफ.सि. धनकुटा र आयोजक सिंवा स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न भएको धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यता आयोजक सिंवा स्पोर्टिङ क्लबले भने बिहीबार भएको उद्घाटन खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफ
इटहरी । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको सङ्ख्या एक सय नाघेको छ ।निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो। यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताउनुभयो। गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको सङ्ख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झा
इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने भएको हो । शनिबारको विजेताले सेमिफाइनलमा वि।सि।एस। मेमोरियल युवा क्लब सावादिनसँग भेट पक्का गर्ने छ । शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पाराजित गर्दै सावादिन सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा ड्रिम बोइज एफ।सि। धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल
भोजपुर । भोजपुरको अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ। माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।अरुण गाउँपालिका वडा नम्बर–७ स्थित सिक्रेटारमा रहेको श्री सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २ गते आयोजित उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तथा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहनु भएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले शिक्षा र खेलकुद क्षेत्रको
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ । धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुने जानकारी दिएको छ । विगतका संस्करणहरूमा ८ टिम मात्र सहभागी हुँदै आएकोमा यस वर्ष २ टिम थप गरी १० टिम सहभागी गराइने भएको क्लबका महासचिव नविन राईले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत र भुटानका क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा अघिल्लो दुई वर्ष लगातार उपाधि जितेको टोली एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब
मिलन अधिकारी-इटहरी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ । गाछिया खेल मैदानमा हुने अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेशका १२ पालिकाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । महिलाहरुमा भलिबल खेललाई प्रोत्साहन गर्न र स्थानीय तहमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख २५ हजार रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता हुने टिमल
इटहरी । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ समूहको सहभागिता रहेको छ । यस्तै, शुक्रबार दोस्रो दिन दुई खेल सञ्चालन हुने आयोजक माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नाम्थोक युवा क्लब पाँचथर र वि।सि।एस। मेमोरियल युवा क्लब सावादिनबिच प्रतिस्प
इटहरी । ताप्लेजुङस्थित पाथीभरा याङ्वरक गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थेचम्बु माध्यमिक विद्यालय प्रथम भएको छ । पालिकाभित्रका अन्य विद्याललाई पछि पार्दै विभिन्न २५ पदक जित्दै थेचम्बु मावि प्रथम भएको हो । प्रतियोगितामा प्रथम बनेको थेचम्बु मावि थेचम्बुले ११ स्वर्ण, आठ रजत र छ काँस्य पदक जितेको छ । यस्तै, दोस्रो बनेको कालिका माध्यमिक विद्यालय तिरिङ्गेले पाँच स्वर्ण, तीन रजत र चार काँस्य पदक जितेको स्थानीय प्रेम क्षेत्रीले जानकारी दिनुभयो । तेस्रो भएको सारदा माध्यमिक विद्यालय थुम्बेदिनले भने चार स्वर्ण, छ रजत र पाँच काँस्य पदक जितेको छ । यसैगरी, क
मिलन अधिकारी-संखुवासभा । संखुवासभा मादी नगरपालिका–३ मुलखर्कमा ४७ औँ हाङथुम कप २०८२ अन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने भएको छ ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद – मादी मुलखर्कको पहिचान फुटबलको अभियान” भन्ने मूल नाराका साथ माघ ५ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ८ टोली सहभागी छन् ।उद्घाटन खेलमा इन्द्रेणी युवा क्लब फुङ्लिङ्ग संखुवासभा र कोशी प्रदेश प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इन्द्रेणी क्लब, बराहक्षेत्र–५ सुनसरी र म्याङलुङ
इटहरी । मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १३ स्वर्ण, ६ रजत र ७ कांश्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो । स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय र ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण, ६ रजत र २ कांश्य पदक जितेर पाँचौँ भएको छ । सुर्के मावि थुकिमाले १ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर छैटौँ भएको छ भने स्वर्णविही
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.