इटहरी। पाँचथर गोल्डकपको ‘एन्थम’ सार्वजनिक गरेको छ । फिदिम नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै आयोजक पाँचथर क्लवले एन्थम सार्वजनिक गरेको हो । प्रमुख मित्रप्रसाद काफ्लेले प्रमूख अतिथिको आसनबाट गोल्डकपको एन्थम सार्वजनिक गर्नुभयो । प्रतियोगिता फागुन २४ देखि चैत्र २ गतेसम्म फिदिम माविको खेल मैदानमा आयोजना हुँदैछ । ५ औँ संस्करणको पाँचथर गोल्डकपलाई यो वर्ष ‘वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगिता’ भनिएको छ । गीतलाई ‘पाँचथर गोल्डकपको अफिसियल एन्थम’ भनिएको छ । गीत सार्वजनिक कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र खेलकुद सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि र पत्रकार उपस्थित थिए । भ
हरिनगरा / हरिनगरा गाउँपालिका भुटाहामा पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुदै। हरिनगर स्पोर्ट्स क्लबको आयोजना तथा नेपाल खेलकुद महासङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा मोरङ र सुनसरीका आठवटा पालिकाको टिम सहभागी भएका थिए। हरिनगर स्पोर्ट्स क्लबका अध्यक्ष मेराज अन्सारी को अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामप्रसाद मेहताको प्रमुख आतित्यतामा सुरु भएको थियो।आयोजक हरिनगर गाउँपालिका र बुढीगंगा गाउँपालिका मोरङ बीच भएको रोचक प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हरिनगर गाउँपालिकाले जित हासिल गरेको थियो। २०८१ फागुन ७ गते बाट सुरु भएको प्रतियोगिता को फाइनल खेल फागुन १५ गते बाल
इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार सामाजिक विकास मन्त्रालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ९पर्शुराम० ले बोर्डको २६औँ बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा विभिन्न खेल सम्मिलित खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभएको छ । बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झण्डै १ करोड ७८ लाख रुप
विराटनगर : कोशी प्रदेशमा खेलकुद महोत्सव, २०८१ हुँदैछ। प्रदेश खेलकुद विकास बोर्डले गर्ने ‘प्रथम कोशी खेल महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुने छन्। बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीहरूको व्यक्तित्व विकासका खेल प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक खेल महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार फागुन १३ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने छ। बोर्डका अध्यक्ष एवं प्रदेशका सामाजिक वि
इटहरी । लक्ष्मी उप्रेती ब्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नेपालमा क्रिकेट खेल विकासमा उल्लेख्य योगदान गरेवापत शर्मालाई आइबातर एक लाख एक सय रुपियाँ सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । विराटनगरमा २०३७ सालमा भएको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेटको कीर्तिमानी इतिहास बनाउनुभएका शर्माले लामो समय नेपाली क्रिकेट खेलमा योगदान पुर्याउनुभएको थियो । हाल भेट्रान क्रिकेट एसोसिएसनको अध्यक्ष रहनु भएका शर्मा काठमाडौँ निवासी हुनुहुन्छ । उहाँलाई प्राध्यापक कविराज न्यौपानेले पुर
इटहरी । १३ औँ धरान १०–के रनको खुला उपाधी पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिस प्रथम हुनुभएको छ । “शिक्षाको निम्ति च्यारेटी दौड’’नाराको साथ शनिबार भएको धरान रनको १० किलोमिटर दूरी चेयुलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरेको छ भने जेरोटिचले ३८ मिनेट ४२ सेकेन्डमा दूरी दौड पूरा गर्दै विजेता बन्नुभएको हो । करिब चार हजार सात सय सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाहरूको सहभागीसहित गायकार राजु लामा र नरेन लिम्बुको पनि उपस्थिति रहेको थियो । पुरुषतर्फ केन्याकै जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको छ भने दुर्गाबहादु
संखुवासभा | संखुवासभाको मादी नगरपालिकामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ फागुन २९ देखि चैत्र ३ गतेसम्म मादी नगरपालिकाको कवर्ड हलमा हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा पृथक पहिचान मादी नगरपालिकाको शान" नाराका साथ आयोजना हुन लागेको हो । यस प्रतियोगितामा Men’s Double, Women’s Double, र Men’s Double Veteran’s Open (Age sum 100+, above 35) विधाहरू समावेश गरिएका छन्। प्रतियोगिता Nepal Badminton Association (NBA) तथा Badminton World Federation (BWF) का नियमअनुसार सञ्चालन हुनेछ। खेलाडी दर्ताका लागि अन्तिम यहीँ फागुन २८ गत
सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा -७, पंचायन खेलमैदानमा दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगिता यहीँ फागुन ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता अल्टिट्युड क्लब इटहरी वडा नम्बर २ को आयोजनामा हुन लागेको हो ।प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० उत्कृष्ट फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजेता टिमलाई रु २ लाख २२ हजार २ सय २२/- नगद, १५ तोला चाँदीको सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमले रु १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत
विराटचौक / विराट एक्स्पो ०८१ को अवसर पारेर कोशी प्रदेशको मोरङ स्थित विराट चोकमा फाल्गुण ३ गते देखि ७ गते सम्म कोशी प्रदेश स्तरीय बुद्धिचाल खेलको सञ्चालन भइरहेको छ।विराट चेस क्लबको आयोजनामा पाँच दिन चल्ने स्ट्यान्डर्ड चेस प्रतियोगिताको दोस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन्। क्लासिकल विधा अन्तर्गत प्रतिस्पर्धामा पथरीका निलम बस्नेत, पाँचथरका रिशोन थापा र धरानका राजेन्द्र राई पूर्ण ४ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। सत प्रतिसत जित निकाल्ने क्रममा निलमले इटहरीका नवीन घिमिरे, मोरङका विष्णुलाल लिम्बू, इटहरीका उमेश राई र सुन्दरहराइञ
इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह २०८१ हुने भएको छ। एन प्याब्सन नगर कमिटी इटहरीको आयोजनामा फागुन ५, ६ र ७ गते हुने खेल सप्ताह हुने भएको हो ।खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधाका खेल हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए। पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेस गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए। प्राथम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.