खेलकुद

    Showing ८१-९० of ७७१ items.
  • विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

    इटहरी ।  विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएAको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ५० औँ मिनेटमा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १८९ पटक पढिएको
  • सडन डेथमा मछिन्द्र पराजित, पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

    इटहरी । विभागीय टोली नेपाल पुलिस क्लब ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहीद मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो। निर्णायक क्षणमा पुलिसका सुजन मगरले गोल गर्न सफल हुनुभयो भने मछिन्द्रका श्याम मुर्मुको प्रहार नेपाल पुलिसका गोलरक्षक शत्रुधन चौधरीले रोक

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १७० पटक पढिएको
  • भोजपुरमा “नवौं मेयर भोजपुर गोल्डकप” फुटबल प्रतियोगिता आयोजना हुने

    इटहरी । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा “नवौं मेयर भोजपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ । प्रतियोगिता आगामी वैशाख ६ गतेदेखि १२ गतेसम्म भोजपुर रंगशालामा आयोजना हुने जनाइएको छ । प्रतियोगितामा विजेता टोलीले नगद ५ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपीएफ क्लब (काठमाडौं), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौं), एल.बी.एस सिटी (मोरङ), संखुवासभा ११ (संखुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोरखा फु

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १८१ पटक पढिएको
  • विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश

    इटहरी । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर सो यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि समीर तामाङले २७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आशिष सोनामको क्रसमा उहाँले गोल गर्नुभएको हो । खेलमा एपीएफले पनि केही राम्रा अवसर पाएको थियो । तर फिनिसिङ कमजोर हुँदा गोल गर्न सकेन । खेलको म्यान अफ दि म्याद समीर तामाङ घोषित हुनुभयो । उहाँले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । अब सोमबार नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लबबीच क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १२१ पटक पढिएको
  • ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु ,झापा–आर्मी भिड्दै

    इटहरी। एतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । आजको खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।वि।सं। २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये मानिन्छ । यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विज

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १७४ पटक पढिएको
  • ‘स्व. गोद्रिलाल आङलाबाङ ढाडे स्मृति रनिङ कप’ भलिबल प्रतियोगिता चैत्र ३० गतेदेखि आयोजना हुने

    इटहरी । नयाँ वर्ष २०८३ को अवसर पारेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदापस्थित धार्मिक तथा पर्यटकीय स्थल चाङलुङ गुफामा ‘स्व। गोद्रिलाल आङलाबाङ ढाडे स्मृति रनिङ कप’ भलिबल प्रतियोगिता चैत्र ३० गतेदेखि आयोजना हुने भएको छ। चाङलुङ गुफा मेलाबजार व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताले नयाँ वर्षको उत्साहसँगै खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको समितिका अध्यक्ष शन्तकुबिर लिम्बुले बताउनुभयो। उहाँका अनुसार स्थानीय स्तरमा खेल गतिविधि बढाउँदै चाङलुङ गुफाको प्रचारप्रसारमा टेवा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। स्वर्गीय गोद्रिलाल आङलाबाङको सम्झ

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १२२ पटक पढिएको
  • ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    इटहरी । ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका –६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ। फुङलिङ नगरपालिकाको उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय मेन्स सिङ्गल, प्रदेशस्तरीय खुल्ला मिक्स डबल, ज

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २०४ पटक पढिएको
  • आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने

    इटहरी। आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने भएको छ । ‘एन आरएन ए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलाम स्थित रेडहर्ष फूूटबल क्लब रहेको छ । वैशाख ५ देखि वैशाख १२ सम्म आयोजना हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरि विभिन्न आठ टिमको सहभागीता हुने निश्चित जस्तै भएको आयोजक रेडहर्ष फूूटबल क्लबले  जनाएको छ । यसपटकको इलाम गोल्डकपको विजेता टिमले १० लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै रेफ्री, विधागत पुरस्कारहरु पनि रहेको जनाइएको छ । करिब ७८ लाख भन्दा बढी हुन

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ९८ पटक पढिएको
  • इटहरी गोल्डकप–२०८२ चैत ३० गतेदेखि सुरु हुँदै

    इटहरी / १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप–२०८२ यही चैत ३० गतेदेखि इटहरी रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहनेछ। विजेताले रु. १० लाख र उपविजेताले रु. ५ लाख पुरस्कार पाउनेछन्।राष्ट्रिय जागृति क्लबद्वारा आयोजना गरिने उक्त प्रतियोगिताले पूर्वी नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। 

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २५२ पटक पढिएको
  • फुङलिङमा प्रहरीको आयोजनामा दौड प्रतियोगिता

    इटहरी। जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंसहित जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मी समेतको सहभागितामा पैदल यात्रा(वाकाथन) सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । यो सँगै सुरक्षाकर्मी र सञ्चारकर्मी सहभागी समूहगत दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो। दौडमा महिला प्रहरी र महिला सञ्चारकर्मी, उत्कृष्ट वाकाथनकर्ता त

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]