मनोरञ्जन

    Showing २४१-२५० of ३२१ items.
  • विराटनगरमा कार -याली हुँदै

    आउँदो फागुन २६ गते विराटनगरमा आरटिएन कार -याली आयोजना गरिने भएको छ ।विराटनगर राउण्ड टेबुल नं. ५ ले आयोजना गर्न लागेको सो कार -यालीमा नेपाल र भारतका करिब १ सय वटा मोटर कारहरुको सहभागिता रहने बताइएको छ ।                  पर्यटन प्रवद्र्धनका लागि टिएसडी अर्थात समय, गति र दुरीका आधारमा गराउन लागिएको सो कार ¥यालीले मोरङ, सुनसरी र झापाका विभिन्न भागमा दौड लगाउनेछ । करिब ५० लाख रुपैया खर्च लाग्ने सो कार ¥यालीका विजेताहरु पहिलो, दोश्रो र तेश्रोलाई करिब ८ लाख रुपैयाँका पुरस्कारहरु वितरण गरिने आयोजक विराटनगर राउण्ड टेबुल नं. ५ का अध्यक्ष ऋषभ दाहालले जानकारी द

    • प्रकाशित मितिः माघ ११, २०७९
    • २०३ पटक पढिएको
  • आजबाट धनकुटा महोत्सव शुरु

    धनकुटा । पाँचौँ प्रादेशिक औद्योगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।         गत वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १६७ पटक पढिएको
  • ह्यारीकी प्यारीको प्रमोशनमा कलाकारहरु कस्तुरी एकेडेमीमा

    इटहरी ।  यही माघ २० गते प्रर्दशन हुन लागेको नेपाली चलचित्र ह्यारीकी प्यारीको प्रमोशनका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहित टिम इटहरी आएको छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र ह्यारीकी प्यारीमा रहेका गितहरु गाएर प्रमोशनका लागि आएको कलाकारहरुको टिमले कस्तुरी एकेडेमीका विद्यार्धीलाई मनोरञ्जन प्रदान गरेको हो ।  प्रमोशनका लागि लागि आएका अभिनेता जितु नेपालले कस्तुरी एकेडेमीमा आयोजित कार्यक्रममा हास्य प्रस्तुति गरेका थिए भने  अभिनेत्रि साम्राज्ञीले चलचित्रका विषयमा जानकारी गराइन ।त्यसै गरी गायिका वेनिशा पौडेल लगायतले चलचित्रमा रहेका गितहरुको प्रस्तुति गरेका थिए । कार

    • प्रकाशित मितिः माघ ५, २०७९
    • २१९ पटक पढिएको
  • इटहरीमा साहित्यिक कार्यक्रम कफि र शाश्वत संग

    इटहरी । साहित्यिक कार्यक्रम कफि र शाश्वत संग संगै सुनसरीको इटहरीमा आयोजना गरियो । साहित्यकार शााश्वत ढुंगाना गोविन्दका कविता तथा गजलहरु उनकै मुखबाट सुन्ने र आफना रचना सुनाउने कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो ।                   जाडोको समयमा कफिको चुस्की लिदै साहित्यकारहरु आफना रचना सुनाउदै र शाश्वतका कविता र गजलमा आनन्द लिएका थिए । गितकार किरण टि लिम्बुको अध्यक्षता तथा प्रा.डा बद्रीविशाल पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य र इटहरीका विषयमा लेखक दिनेश पौडेलले चर्चा गरेका थिए भने किशोर कोइराला , जीवी गजल , सुविद गुर

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १७४ पटक पढिएको
  • धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

    धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो ।माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिनुभयो । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल

    • प्रकाशित मितिः माघ १, २०७९
    • १५१ पटक पढिएको
  • माघे संक्रान्तिमा राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना

    इटहरी । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । थारु र मगर समुदायले विशेष रुपमा यो पर्व मनाउछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।पर्वका अवसरमा  विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रि

    • प्रकाशित मितिः माघ १, २०७९
    • १८९ पटक पढिएको
  • थारु विद्यार्थी समाज सुनसरी ,मोरगंको संयुक्त आयोजनामा माघी सास्कृतिक कार्यक्रम

    इटहरी । थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको दुहवीमा माघी सास्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।    थारु विद्यार्थी समाज  सुनसरी ,मोरगंको संयुक्त आयोजनामा नव निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान र प्रथम सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।  थारु जातिको पहिचान संस्कृतिलाई जर्गेना गर्ने कार्यमा युवाहरुलाई जागृत गर्ने तथा थारु समुदायले मनाउने नयाँ वर्ष माघीलाई निरन्तरता दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष राजेशकुमार माझीले जानकारी दिए ।सास्कृतिक कार्यक्रम दुहवी थारु समुदायले नयाँ अन्

    • प्रकाशित मितिः माघ १, २०७९
    • १६९ पटक पढिएको
  • पतञ्जली योग समिति नेपालको आयोजनामा इटहरीमा योग दिवस

    इटहरी । स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ ।   पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो ।योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे ।योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्

    • प्रकाशित मितिः माघ १, २०७९
    • १६६ पटक पढिएको
  • इटहरी नमुना कलेजका विद्यार्थीहरुले क्रिसमस उत्सव मनाए

    इटहरी ।  क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्टमेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन ।   नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२१का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।  कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै गरी क्रिसमसको इभेन्ट कार्यक्रम आयोजना गरिएको विएचएम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिएसो अवसरमा रोनिस केसी ,विशाल मगर लगायतले सांगितिक प्रस्तुति गरेका थिए । 

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १७७ पटक पढिएको
  • इटहरीका अनुप्रास विष्टको गित यात्रा युटुवबाट सार्वजनिक

    इटहरी । मानिसको जीवनको यात्रालाई गीतमा उतारेका इटहरीका अनुप्रास विष्टको गित यात्रा युटुवबाट सार्वजनिक गरेका छन ।    मानिसहरुको जीवन भोगाइका विषयवस्तु वनाएर तयार पारिएको यात्रा गीत आफनै युटुव च्यानल अनुप्रास विष्टबाट सार्वजनिक गरेको गितकार विष्टले जानकारी दिएका हुन । https://www.youtube.com/watch?v=CNXiWlf9Ydg   विष्टले आफैले स्वर दिएको यात्रा सार्वजनिक गरिएको र आगामी दिनमा पनि गीत संगीतका क्षेत्र अन्य गीत लिएर आउने वताउदै सबै मानिसहरुको जीवनको यात्रा समेटेर गीत तयार पारिएको समेत गितकार विष्टले जानकारी दिए । 

    • प्रकाशित मितिः पुस ७, २०७९
    • २३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]