सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन । कोशी प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको र कोशी प्रदेशको राजनीतिक स्थायीत्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु को विकल्प नभएको भन्दै उनले एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको धारणा राखे । उनले कोशी प्रदेशको राजनीति जटिल मोडमा पु
इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज १९ र २० गते राष्ट्रिय युवा संघ इटहरीले फुटसल आयोजना गर्ने भएको छ । असोज १९ गते पाथिभरा फुटसल काव्यबाटिकामा बिहान सात बजे बाट सुरु हुने " स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन चल्ने र खेलमा इटहरी उपमहानगरपालिका भित्रका २८ ओटा टिमले प्रतिस्पर्धा गर्ने र प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ३१हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ इटहरीका अध्यक्ष कमल जङ्ग दाहाल ले बताए ।स्व.सुवासचन्द्र नेम्वाङ स्मृत
सुनसरी / नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।बुधवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे । उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए । उनले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने धारणा राखे । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउन
सुनसरी / नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सो कार्यक्रममा नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिवहरु जलवर्षा राजवंशी र देवान र्राई तथा २१० जना सदस्यहरुलाई सामुहिक शपथ ग्रहण गराइएको थियो ।नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्र्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य भईरहेको गुनासो गरे ।बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिका
विराटनगर : द्वारिकलाल चौधरी पहिलो पटक एमालेको कार्यक्रममा सहभागी भएका छन् ।शुक्रबारबाट विराटनगरमा सुरु भएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा चौधरी सहभागी बनेका छन् ।चौधरी एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् । चुनावमा पराजित भएपछि उनी माओवादीमा पनि निष्क्रिय बसेका थिए । उनले केही समयअघि एमाले आफ्नो घर भएको बताउँदै आफू एमालेमा फर्किन लागेको बताएका थिए ।
विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।उपाध्यक्ष - टिकाराम चेम्जोङ (निर्विरोध )सचिव - राजकुमार भन्डारीउपसचिव .-जल बर्षा राजवंशी (चौधरी )उपसचिव - देवान राईबिनोद ढकाल ४३९ र घनश्याम खतिवडा ५१२
विराटनगर । नेकपा एमाले कोशी प्रदेशका अध्यक्षका प्रत्याशी विनोद ढकालले प्यानल विना नै निर्वाचनमा होमिएको बताएका छन् । उनले प्यानल बनाएर निर्वाचनमा गयो भन्नु बेकारको कुरा भएको बताए । उनले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभावीका भएको भन्दै आफू प्यानल बनाएर निर्वाचनमा नगएको दाबी गरे । अधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै ढकालले भने, ‘पार्टी भित्र न विचारको समस्या छ न नेतृत्वको । विचार र नेतृत्वमा समस्या नभएकाले गुट र प्यानल बनाएर जानु पर्ने आवश्यकता छैन ।’ उनले आफू अध्यक्षको उम्मेदवार भएको भन्दै खुल्ला र स्वास्थ्य प्रतिस्पर्धा गरेको बताए । नेतृत्वले अहिले कसैलाई यो या त्यो भनेक
विराटनगर । नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान अन्तरगत सङ्खुवासभामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोसी प्रदेशको आयोजनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिका स्थित मुढेशस्चिरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरू सहितको टोली सहित ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको सेवामा पहुँच पुर्याउने उद्देश्यले प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आयोजना र नेकपा माओवादी केन्द्र धर्मदेवी नगर समितिको समन्वयमामा निःशुल्क स्वास्थ्य शिविर गरिएको महासङ्घ कोसी प्रदेशकी फ्याक्सन इन्चार्ज अञ्जना पोखर
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पाटी कोशी प्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताए ।आइतबार राष्ट्रिय प्रजातन्त्र पार्र्टी मोरङको गतिविधि बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले हिक्मत कुमार कार्की नेतृत्वको सरकारले बहुमत प्राप्त गर्ने अवस्थामा मात्रै वर्तमान कोशी प्रदेश सरकारलाई विश्वासको मत दिनसक्ने बताए ।उनले कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठुला दलहरु मिल्नुपर्ने जिकिर समेत गरे । उ
मोरङ । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य सत्यनारायण चौधरीले प्रदेश कमिटी उपसचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । प्रदेश अधिवेशनस्थल विराटनगरबाट नेता चौधरीले कोशी प्रदेशको प्रथम अधिवेशनमा आफ्नो दावी उपसचिव पदमा रहने बताउनु भएको हो ।उहाँले पार्टीमा आफूले गरेको योगदान, सक्रियता र समावेशीताको हिसावले समेत आफु उपसचिव पदका लागि योग्य रहेको उल्लेख गर्नुभयो । हाल कोशी प्रदेश सचिवालय सदस्य तथा मनमोहन प्राविधिक विश्वविद्यालय हात्तीमुढा मोरङका सिनेट सदस्य समेत रहेका चौधरी इमान्दर, निष्ठावान र सादगी नेताको रुपमा चिनिनुहुन्छ। गतवर्ष सम्पन्न निर्वाचनमा मोरङ ६(क) बाट प्रदेशसभा सदस्यमा प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.