इटहरी । मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट माओवादी केन्द्रका उम्मेदवार गणेश उप्रेती विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गर्दै उप्रेती निर्वाचित भएका हुन् ।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका उप्रेतीले १५ हजार ३३ मत प्राप्त गरे । नेकपा एमाले उम्मेदवार कार्कीले १४ हजार ६७८ मत प्राप्त गरे ।राप्रपा उम्मेदवार श्रीकान्त पोद्दारले २३०४ मत प्राप्त गरेका छन् । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भए ।
इटहरी । मोरङ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुनिल शर्मा इतिहास रच्दै बिजयी हाशिल गरेका छन । उनले सो क्षेत्रबाट अपेक्षषा गरेभन्दा दुइ गुणा मत पाएर प्रतिनिधीसभा सदस्यमा फराकिलो जित निकालेका हुन । शर्माले ४६ हजार ९३५ मत पाएका छन भने एमालेका भानुभक्त ढकालले २५ हजार ७३ मत पाएका छन ।त्यस्तै हिन्दु राष्ट्रको वकालत गर्दै जित निकाल्ने दाबी सहित चुनावमा होमिएकी निर्माता तथा नायिका रेखा थापाले १० हजार २८९ मत प्राप्त गर्दै दुवैजनालाइ पछ्याइरहेकि छिन । १ लाख ४९ हजार मतदाता रहेको मोरङ ३ मा निर्वाचनको दिन ९७ हजार ५ सय ९ मत खसेको थियो ।मत गणनाको सुरूवाति
बेलबारी । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।आज विहान सकिएको मतगणना अनुसार कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरा
बिराटचाैक । मोरङ क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्यमा भीम पराजुली निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका घिमिरेले ९ हजार ६९१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार माधवप्रसाद आचार्यले ६ हजार ९३५ र जसपा उम्मेदवार संजयकुमार सिहंले १ हजार ४६० मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गर्दै माओवादी उम्मेदवार अमनलाल मोदी निर्वाच
झापा । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो ।कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
विराटनगर । प्रदेश १ मा सबैभन्दा बढी प्रदेशसभाको सिटमा विजय हासिल गर्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले हालसम्म ६ वटामा जित निकालेको छ भने अन्य ११ वटा क्षेत्रमा अग्रता लिएको छ ।नेकपा (एमाले)ले भने २ वटा क्षेत्रमा जित निकालेको छ भने अन्य १७ वटा क्षेत्रमा अग्रता लिइरहेको छ । उता, माओवादी केन्द्रले भने ३ वटामा जित निकाल्दै अन्य ५ वटा क्षेत्रमा अग्रता कायम राखेको छ । यस्तै नेकपा एसले ४ र राप्रपाले १ स्थानमा विजयी भएको छ भने १ स्थानमा अग्रता कायम गरेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा अझै ६ वटाको भने मतगणना सुरु भएको छैन ।नेकपा एमाले विजयी भएको र अग्रता लिएका क
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठेको झापा क्षेत्र नम्बर ५ को मत गणना जारी छ । ७१ हजार ४१ मत गन्दा ओली निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।प्राप्त विवरणअनुसार अहिलेसम्म ओली पक्षमा ३६ हजार ५२८ आएको छ । प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका ओली मतगणनाको सुरुवातदेखि नै अघि छन् ।उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १८ हजार ४१६ मत ल्याएका छन् । अधिकारी २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग नै हारेका थिए। ५७ हजार १३९ मतसहित ओली प्
सोलुखुम्बु । सोलुखुम्बु निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ ।सोलुखुम्बुको सबैभन्दा विकट मानिएको लिखुपिके गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।सबै क्षेत्रको मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याईएपछि ८ वटा स्थानबाट मतगणना गर्न राजनीतिक दलहरुले प्रस्ताव गरेपछि गणनास्थल निमार्णमा समय लागेको थियो । सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो ।खुम्बु क्षेत्रका मत्रपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । सोलुखुम्बुमा प्रतिनिधिसमा नेपाली काँग
काठमाडौं । काठमाडौंको तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिजयी भएको छ ।काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएपछि स्वतन्त्रको नाम जोडेर रवि लामिछानेले खोलेको पार्टीबाट काठमाडौं क्षेत्र नम्बर–२ मा सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । गौतम सो पार्टीको उपाध्यक्ष हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा परिन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५, राप्रपाका उ
बिराटचाेक । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्य तर्फ ६ सय मत गणना हुँदा काङ्ग्रेसका डा. शेखर कोइरालाले २४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १९६ मत प्राप्त गरेका छन् भने राप्रपाका गोपाल क्षेत्रीले ४४ मत पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार सरोज नेपालले ९ मत प्राप्त गरेका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.