जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन ।आफूले पाएको चुनाव चिह्न नमू
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाउने तयारी गरेको हो ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको निगमको भनाइ छ ।अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ छ । अब कम्तिमा एक सय ६५ रुपैयाँ हुने स्रोतको दाबी छ ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ । त्यसैगरी खाना पकाउन
इटहरी । रामधुनी नगपालिका वडा नम्बर ५ मा नेकपा एमालेको तर्फबाट खेमराज पौडेलले वडाध्यक्षको उम्मेदवारी दिएका छन् ।उनले २०५५ सालमा अखिल नेपालको सदस्यता प्राप्त गरे पश्चात् जनता क्याम्पसमा अध्ययन गर्दैगर्दा २०५७ सालको निर्वाचनमा स्ववियु सदस्यको रुपमा काम गरे । त्यसपछि उनी विद्यार्थी आन्दोलनमा सरिक भईरहेँ । २०६२/६३ को जनआन्दोलनपछि उनले रामधुनी नगरपालिकामा वडा नम्बर ५ को वडा कमिटीको सहसचिव देखि आज सम्म राजनीतिक यात्राको क्रममा नेकपा एमालेको रामधुनी नगरपालिकाको संगठन विभाग प्रमुखको रुपमा काम गरिरहे । ५ नम्बर वडा विशेष गरि राजमार्गसँग जोडिएको छ । करिब २० मिटर देखि १ किलोमिटरको दुरी राजमार्ग सँग जो
इटहरी ः स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा लोकप्रिय व्यक्तित्व युवा नेता माधव कोइरालाको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन । घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटि नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा प
धनकुटा : चालिसको दशकमा तत्कालिन सरकारको विरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँगाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय भएका थिए । तिनै पंक्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी । धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तारगर्दै आफ्नो विचारमा सर्वसाधारालाई समाहित गर्न उनि छिमेकी गाउँ मारेक कटहरे, डाडागाउँ लेगुवालगाएतका टोलटोल पुग्थे । २०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व संहालेका उनि जिल्ला तहका नेताहरुको आँख
स्थानीय तहमा जनप्रतिनिधि आएपछि देखिने के विकास भयो भन्ने आजको समयको साझा प्रश्न हो । नदेखिने, नदेखिएका धेरै विषय होलान् तर प्रष्ट देखिने रुपमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासमा वराहक्षेत्रले उल्लेखीय काम गरेको छ ।पाँच वर्षमा देखिने के काम गरे त जनप्रतिनिधिले ?स्वास्थ्यः चक्रघट्टीमा नगर अस्पतालको निर्माण, चतरा अस्पतालको निर्माण व्यवस्थापन, प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाई, कोभिड संक्रमणमा क्वारेन्टाइन, होल्डिङ सेन्टर, आइसोलेसनदेखि जनताको घरदैलो अभियान शिक्षाः सप्तकोशी बहुमुखी क्याम्पसको व्यवस्थापन, वराह आदर्श क्याम्पसको व्यवस्थापन, जडेज मावि, आदर्श माविमा कृषि, इलेक्ट्रिकल इन्जिनियरिङ
इटहरी / नेकपा एमाले इटहरी वडा नं. २ ले प्रतिवद्धता मार्फत वडाकाे बिकासकाे लागी सक्षम र सवल रहेकाे बताएकाे छ । २०७४ सालमा सम्पन्न निर्वाचनबाट एमालेका उम्मेद्वारहरू निर्वाचित भएर गरेकाे कामबाट त्यसकाे पुष्टि भएकाे उल्लेख गरिएकाे छ ।प्रतिवद्धता पत्रमा ५ बर्षमा गरिएकाे कामकाे फेहरिस्त प्रस्तुत गरिएकाे छ । सकड कालाेपत्रे, तटबन्ध निर्माण लगायतका कुरालाइ प्रथमिकतामा साथ प्रस्तुत गरिएकाे छ । त्यसैगरी वडामा १७ किलाेमिटर कालेपत्रे (ब्लक सहित) र २३ किलाेमिटर प्राेटेक्सनवाल सहितकाे उच्च स्तरीय ग्राभेल सडककाे निर्माणकाे फेहरिस्त पनि प्रस्तुत गरिएकाे छ ।त्यसैगरी अबकाे प्रतिवद्धतामा ३ बर्षभित्र हिलाेमुक्त वड
हेटौंडा / नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो ।एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विशालराज महत, वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा-१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेलसहित उनीहरूको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एक ठाउँमा उभिएको सन्
भैरहवा / रुपन्देहीको चासोको क्षेत्र रहेको भैरहवामा निर्वाचन गतिविधि बढेकाे छ । निर्वाचनमा होमिएका उम्मेदवारहरूले घरदैलोलाई प्राथमिकता दिँदै टोलमा प्रचार अभियान तीब्र पारेका छन् ।सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १५ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दिएका छन् । ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले अन्तिम समयमा तालमेल गरी उम्मेदवारी फिर्ता गराएको छ । एमालेबाट डा. रामप्रसाद बस्याल एक्लै घरदैलो दौडाहामा छन भने काग्रेस, माओवादी केन्द्र सहितको समूह इस्तियाक अहमद खानसँगै घरदैलोमा छन ।यस्तै, राम्रै पकड बनाएका पूर्वमेयर सागर प्रताप राणा राप्रपाबाट प्रतिस्प्रध
काठमाडौं / स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् ।आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भावी नेतृत्वका लागि दाबी गरेका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेको हो ।महानगरपालिकाका मेयरदेखि वडा सदस्यसम्मको खर्चनिर्वाचन आयोगका अनुसार महानगरपालिका मेयर तथा उपमेयरले ७ लाख ५० हजार र वडाअध्यक्ष र सदस्यहरुले ३ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् ।मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार रुपैयाँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.