नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सधैं स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन्। नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैं राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए।नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए। भारत र चीन दुवै छिमेकी देशहरू नेपालसँग रेल लगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उनको भनाइ छ।भारतले भारतीय रेल वीरगञ्ज हुँदै काठमाडौं र चीनल
१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको भागवन्डालाई लिएर सत्तारुढ गठबन्धनमा देखिएको विवाद अझै मत्थर भएको छैन । मेयर एकीकृत समाजवादीलाई छाडेकोमा नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् भने वडा तहसम्म भागवन्डा भन्दै माओवादी केन्द्रले विरोध गरेको छ ।बिहीबार गठबन्धनको साझा घोषणा पत्र सार्वजनिक कार्यक्रममा पनि त्यो असन्तुष्टि पोखिएको छ ।असन्तुष्ट कांग्रेस कार्यकर्ताले घोषणा पत्र सार्वजनिक गर्ने स्थलमा तालबन्दी गर्दै नाराबाजी गरे । जसले गर्दा घोषणा पत्र सार्वजनिक कार्यक्रम ढिलो गरी भयो ।अघिल्लो निर्वाचन नतिजाअनुसार पोखरामा नेकपा एमाले पछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । अघिल्लोनिर्वाचनम
खोटाङ /खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी परेको छ । ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेद्वारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । गठबन्धन दलकोतर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेद्वार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेद्वारी दिएका हुन् । ऐंसेलुखर्कमा खगेन्द्र वनको पनि अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेद्वार गोमादेवी मगरविरुद्ध स्वतन्त्र उम्मेद्वारी परेको छ । पार
झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पनि स्थानीय तहको निर्वाचन सङ्घारमा आईरहँदा चुनावी माहौल तातेको छ । दमकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा बिच गठबन्धन बनेको छ भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको गृह नगर भएका कारण पनि दमकको चुनावी परिणाम बारे विभिन्न आङ्कलन र चासो उत्पन्न हुनु स्वभावीकै पनि देखिन्छ । राप्रपालाई गठबन्धनको पार्टनर बनाएर मेयर पद राप्रपालाई छाडेर काँग्रेसले उपमेयर काँग्रेसले राखेको छ । वडाहरूमा पनि यही अनुसार भागबन्डा मिलाइएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा चौथो भएक
बिर्तामोड । नेपाल कम्युष्टि पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले बिकासका समसामयिक सम्भावना उल्लेख गरेको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै एमालले स्थानीय तह निर्वाचनका लागि तयार पारेको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बनाइएको घोषणा पत्रमा १७ वटा बुँदा समेटिएको छ । प्रविधिको प्रयोगलाई जोड दिइएको घोषणा पत्रमा किशोरीलाई आत्मरक्षाका लागि तालिम दिइनेसम्मका बिषय समेटिएका छन । तर, बढ्दो शहरीकरण र त्यसको ब्यवस्थापनका बारेमा घोषणापत्र मौन छ ।एमालेले साझेदारीमा नगर विकासको अवधारणालाई अगाडि सारेको छ । उसले नगर व
स्थानीय तह निर्वाचनका लागि सुन्दरहरैंचा नगरपालिका वडा ९ मा अध्यक्ष तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठले उमेद्वावारी दिएका छन् । बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका तरुण सभापति समेत रहेका श्रेष्ठले वडाध्यक्ष पदमा सोमवार उमेद्वारी दर्ता गराएका थिए ।खेल जिवनबाट राजनितिमा प्रवेश गरेका विभिन्न जातजाति ,धर्म संस्कृतिको धनी रहेको यो वडालाई नमुना वडाको रुपमा बिकास गर्न, इन्द्रपुर रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउने लक्ष्य बोकेका छन।आफ्नो वडामा सुकुम्बासी समस्या समाधान गर्न ब्यबस्थित बसोबासको निर्माण, कृषि बजारलाई ब्यबस्थित गर्ने, स्वरोजगार बन्न तालिम, भष्ट्राचार रहितको
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर सधैं चर्चित रहने गर्छ। सबभन्दा ठूलो महानगर, त्यसमाथि मुलुकको राजधानी अनि सम्पदा र वैभवको नगरी काठमाडौंको राजनीतिक नेतृत्व कसको हातमा जान्छ भन्ने चर्चा र चासो स्वाभाविक हो।त्यसमाथि दुई प्रमुख दल एमाले र कांग्रेसले मेयरका रूपमा ‘हाइ प्रोफाइल’ उम्मेदवार उठाएपछि काठमाडौंको चुनावमा झनै चासो बढेको छ। एमालेले केशव स्थापित र कांग्रेसले सिर्जना सिंहलाई मेयरमा उठाएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएर एमालेका विद्यासुन्दर शाक्य मेयर विजयी भएका थिए।सिर्जना सि
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामधुनीले बिभिन्न बडामा घरदैलो अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारीको नेतृत्वमा घरदैलो अभियान हिजो देखी सुरु गरेको हो ।घरदैलो अभियानलाई निरन्तरता दिदै मेयर पदका उम्मेदवार अधिकारी सहित उम्मेदवारहरू आसन्न स्थानीय तहको निर्वाचनका सम्म घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारी, उपप्रमुख पदका लागि उम्मेदवार
इटहरी : आसन्न स्थानीय तहको निर्वाचनको चुनावी अभियानको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मङ्गलवार झापा आएका छन् । एमाले झापाका अध्यक्ष दीपक कार्कीका अनुसार आज (बिहीबार) तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनको सङ्घारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
रामधुनी : बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले नगरभित्रको बेथिति सुधार गर्दै समुन्नत रामधुनी बनाउने बताएका छन् ।रामधुनीमा राजनीतिक रुपमा नगर भएपनि आर्थिक विकासका आधारमा अझै नगर जस्तो नभएको बताए । अज सञ्चारकर्मी सँग कुरा गर्दै अधिकारीले नगरभित्रका अनेकौं आर्थिक विसङ्गतिहरू रहेकोले आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गरिने बताए ।मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा संघ र प्रदेशसँग सहकार्य ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.