राजनीति

    Showing २,०३१-२,०४० of २,३०२ items.
  • एमाले केन्द्रीय सदस्य उषा किरण भन्छिन्- मलाई पार्टीले गाँउपालिका अध्यक्ष नदिएर झन राम्रो गर्‍यो!

    गाँउपालिका अध्यक्षमा दावी गरेकी एमाले केन्द्रीय सदस्य उषा किरण तिम्सिनालाई पार्टीले उम्मेदवार नबनाउने भएको छ।नुवाकोटको तारकेश्वर गाँउपालिकाको अध्यक्षमा तिम्सिनाले दावी गरेकी थिइन्।तर पार्टी अध्यक्ष केपी ओलीले नरूचाएका कारण उनले टिकट पाउन सकिनन्। तिम्सिना पार्टीभित्र ओलीको आलोचकको रूपमा चिनिन्छिन्।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई पार्टीले टिकट नदिएको बताएकी छन्।'मैले गाँउपालिका अध्यक्ष दाबी गर्नु सामान्य राजनीतिक प्रक्रिया थियो। र पार्टीले मलाई टिकट दिएको भए राम्रो हुने थियो, नदिएर झन राम्रो गर्‍यो, किनभने मैले आफूलाई अझै सच्याउने समय र अवसर प्राप्त गर्ने छु,' उनले अगाडि भनेकी

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०८ पटक पढिएको
  • भरतपुर माहानगरपालिमा एमालेले राप्रपालाई दिने भयो उपमेयर

    चितवनको भरतपुर महानगरमा नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपमेयर दिएर गठबन्धन गर्ने भएको छ।दुई पार्टीबीच राप्रपालाई उपमेयर, दुई वटा वडाध्यक्ष र केही वडा सदस्य दिने गरी सहमति भएको छ।आइतबार दिनभरको प्रयास असफल भएपछि राप्रपाले भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो।राति केन्द्रीय तहमै सहमति भएपछि भरतपुरमा तालमेल हुने पक्का भएको हो। सहमतिअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत् प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमति भएको

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०४ पटक पढिएको
  • मोरङ : जिल्ला तहमा भएन गठबन्धन, पालिकामा छलफल जारी

    स्थानीय तह निर्वाचनमा भागवण्डाका लागि पटक पटक बसेको बैठक निष्कर्ष बिहिन बनेपछि मोरङमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि सहमति नभएपछि गठबन्धन नहुने अवस्था सृजना भएको हो । यद्धपि स्थानीय तहहरुमा गठबन्धनका लागि नेताहरुले छलफलको प्रयास गरिरहेका छन् ।नेपाली काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरे गठबन्धनका लागि स्थानीय तहबाटै प्रयास भइरहेको बताए । जिल्ला तहबाट गठबन्धन हुने सम्भावना टरेको उनले बताए ।  मोरङको लेटाङ नगरपालिकामा भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेति गठबन्धनका नाममा नेपा

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९८ पटक पढिएको
  • एमालेले पोखरा माहानगरपालिकामा फेर्‍यो मेयरको उम्मेदवार

    काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ ।गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ ।मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको दाबीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमालेले उनको टिकट खोसेर कृष्ण थापालाई दिइएको हो ।गण्डकी प्रदेशका सांसद समेत रहेका थापा पोखराका पूर्व मेयर समेत हुनुहुन्छ । थापा र गुरुङले आज साेमबार १२ बजे मनोनयन गर्ने जनाएका छन् ।सत्ता गठबन्धनले पो

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९५ पटक पढिएको
  • ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार चिरिबाबु महर्जन

    १२ वैशाख, ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ११३ पटक पढिएको
  • ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा एमालेले टुङ्गो लगायो उम्मेद्बार

    ओखलढुंगा : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा एमालेले उम्मेद्बारको टुंगो लगाएको छ ।गाउँपालिका अध्यक्षमा रामबहादुर खत्रीले टिकट पाएका छन् भने उपाध्यक्षमा कमला सुनुवारले टिकट पाएका छन् ।नेकपा एमाले ओखलढुंगाका युवा नेता सन्तोष खड्काका अनुसार यहाँको ९ वटै वडामा उम्मेद्बार टुंगो लगाएको छ ।उनका अनुसार वडाध्यक्षहरूमा १ नं. वडामा टीका श्रेष्ठ, २ मा अखम तामाङ, ३ मा नरेन्द्र सुनुवार, ४ मा पुरन तामाङ, ५ मा सुदर्शन सुनुवार, ६ मा छत्र तामाङ, ७ मा बलिराज गुरुङ, ८ मा टीका गरुङ र ९ मा प्रेमरेन्जी शेर्पालाई उम्मेद्बार बनाउने निर्णय भएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०० पटक पढिएको
  • इटहरीमा गठबन्धनबाट केशव विष्टले पाए उपमेयरको टिकट

    इटहरी : इटहरीमा गठबन्धनबाट केशव विष्टले उपमेयरमा टिकट पाएका छन् ।नेकपा एकीकृत समाजवादी पार्टीले विष्टलाई उपमेयरको टिकट दिएको हो । यसअघि गठबन्धनको तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीलाई उम्मेद्बार बनाउने निर्णय गरेको थियो ।कांग्रेसबाट मेयरको टिकट टुङ्गिएको छैन । अहिले कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा मेयरको विषयमा छलफल भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९३ पटक पढिएको
  • एमालेबाट पथरीशनिश्चरेको मेयरमा तुम्बापो, उपमेयरमा काफ्ले

    पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ ।तुम्बापो साबिक पथरी गाबिसको अध्यक्ष समेत हुन् । एमाले स्रोेतले भन्यो तुम्बापो र काफ्लेलाई टिकट दिने निर्णय भएको हो । हिजो अबेरसम्म प्रमुखमा ८ र उपप्रमुखमा ४ भन्दा बढीको दाबी थियो ।नगरमा जनजाति मतदाताको बाहुल्यता बढी भएको कारण जित्ने उमेद्वारलाई उम्मेद्वारी दिइएको स्रोतले जानकारी दियो । गत वर्षको स्थानीय तहको निर्वाचनमा पनि तुम्वापोकै टिकट पाउने चर्चा रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०२ पटक पढिएको
  • काङ्ग्रेसले टुङ्ग्यायो झापामा नगर प्रमुखको उम्मेदवारी

    झापा / झापामा काङ्ग्रेसले सातवटा नगरपालिकाका प्रमुखको उम्मेदवार टुङ्गाे लगाएको छ । काङ्ग्रेस झापाको सिफारिस अनुसार प्रदेश १ समितिले झापाका सबै पालिकाको उम्मेदवारको टुङ्गो लगाएको हो ।काङ्ग्रेस प्रदेश १ सदस्य उत्तमबहादुर चौँलागाईँका अनुसार गाैरादह नगरपालिका प्रमुखमा राेहितकुमार साह उम्मेदवार बन्ने भएका छन् । उनी यसअघि पनि निर्वाचित नगर प्रमुख हुन् । शिवसताक्षीमा पर्शुराम ढुङ्गाना,कनकाई रूद्र चिमरिया उम्मेदवार बनेका छन् । ढुङ्गाना ०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुन् । चिमरिया कनकाई – ३ का निर्वाचित वडाध्यक्ष हुन् ।बिर्तामाेड भाेजराज सिटाैला, अर्जुनधारा रन्जिता कार्कीले टिकट पाएका छन् । सिटौला

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९५ पटक पढिएको
  • सुन्दरहरैंचाको मेयरमा स्वतन्त्र उम्मेद्वार भट्टराईको पहिलो उम्मेद्वारी दर्ता

    सुन्दरहरैंचा / सुन्दरहरैंचाको मेयर पदको लागि स्वतन्त्र उम्मेद्ववार डा. प्रकाश भट्टराईले पहिलो उम्मेद्ववारी दर्ता गरेका छन् । करिव ३ साता अघि नै आफ्नो उम्मेद्वारी घोषणा गरेर आफ्ना प्रतिबद्धता सहित चुनावी अभियानमा होमिएका उनले आइतवार बिहान मनोनयन दर्ता गराएका हुन् ।भट्टराईले आसन्न निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचामा पहिलो नम्बरमा मनोनयन दर्ता गरेका हुन् । भट्टराईको प्रस्तावकमा कृष्णप्रसाद खतिवडा र समर्थकमा बलबहादुर कार्की रहेका छन् । स्वतन्त्र उम्मेद्वार डा. भट्टराईले निर्वाचन अधिकृत माधव भण्डारीलाई मनोनयन पत्र बुझाएकाे बताए ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]